हाम्रो अविस्मरणीय बुटवल यात्रा
यसै अठहत्तर साल कार्तिक महिनाको पहिलो साता संयोगले बुटवल जानु पर्ने साईत जुर्यो । उसो त शुरुमा यो वाध्यता जस्तो पनि लाग्यो । केही दिन बित्दै जाँदा यो उत्सुकतामा परिणत हुन पुग्यो । यो उत्सुकतामा बदलिन पृष्टभूमिका धेरै कुराहरुले भूमिका खेले । भाई लक्ष्मणसंगको संगै जाउन भन्ने रहरले पनि धेरै अर्थमा काम गर्यो । उनीसंगको सहयात्राले झन् रोचकता, अन्तरसंवाद र गम्भिरताले छुट्टै आनन्द थपिनेवाला थियो । किनभने हामीबीच कुनै नीजी सोचाईहरु अहिलेसम्म छैनन् । लाग्छ, उनि मेरा भाई मात्र होईनन् अन्तरंग मित्र पनि हुन् । विगत केही वर्षहरुदेखि सँधै यात्रा गर्न उत्सहित हुने मेरो बानीमा ठुलो परिवर्तन आएको छ । अचेल मलाई यात्रामा निस्कन रहर पटक्कै लाग्दैन । बरु, घरमा एक्लै बसेर समय बिताउन मन पर्छ । आफ्नै मनका तरंग प्रतितरंगहरु संग अन्तर संवाद गर्न मन पर्छ । यसैमा रमाऊँने गर्दछु । आत्मिय भाई कुलप्रसादले गत बैशाख महिनादेखि नै आमाको चौरासी पूजामा खैरेनी आउने आग्रह गरिनै रहेका थिए । उनको आग्रहमा विनम्रता मात्र होईन हठ पनि मिसिएको हुन्थ्यो । जेठमा मिति तोकिएर पनि कोविड महामारीका कारण चौ...