हाम्रो अविस्मरणीय बुटवल यात्रा

यसै अठहत्तर साल कार्तिक महिनाको पहिलो साता संयोगले बुटवल जानु पर्ने साईत जुर्यो । उसो त शुरुमा यो वाध्यता जस्तो पनि लाग्यो । केही दिन बित्दै जाँदा यो उत्सुकतामा परिणत हुन पुग्यो ।  यो उत्सुकतामा बदलिन पृष्टभूमिका धेरै कुराहरुले भूमिका खेले । भाई लक्ष्मणसंगको संगै जाउन भन्ने रहरले पनि धेरै अर्थमा काम गर्यो । उनीसंगको सहयात्राले झन् रोचकता, अन्तरसंवाद र गम्भिरताले छुट्टै आनन्द थपिनेवाला थियो । किनभने हामीबीच कुनै नीजी सोचाईहरु अहिलेसम्म छैनन् । लाग्छ, उनि मेरा भाई मात्र होईनन् अन्तरंग मित्र पनि हुन् । विगत केही वर्षहरुदेखि सँधै यात्रा गर्न उत्सहित हुने मेरो बानीमा ठुलो परिवर्तन आएको छ । अचेल मलाई यात्रामा निस्कन रहर पटक्कै लाग्दैन । बरु, घरमा एक्लै बसेर समय बिताउन मन पर्छ । आफ्नै मनका तरंग प्रतितरंगहरु संग अन्तर संवाद गर्न मन पर्छ । यसैमा रमाऊँने गर्दछु ।
      



आत्मिय भाई कुलप्रसादले गत बैशाख महिनादेखि नै आमाको चौरासी पूजामा खैरेनी आउने आग्रह गरिनै रहेका थिए । उनको आग्रहमा विनम्रता मात्र होईन हठ पनि मिसिएको हुन्थ्यो । जेठमा मिति तोकिएर पनि कोविड महामारीका कारण चौरासी पुजा पछाडि सारिएको थियो । अन्ततः कार्तिक ३ गते जसरी पनि सहभागी हुन उनले कडा खालको निम्तो दशैं अगावै दिईसकेका थिए । भाईकी आमा मेरी काकीसंग फलेवासको कुर्घा गाँऊँमा मेरो बाल्यकालका रमाईला स्मरणहरु सम्मिलित थिए । जीवनको झण्डै उत्तरार्धतिर पुग्दै गरेको मेरानिम्ति पनि वर्तमान भन्दा विगतका स्मृतीहरु सुम्सुम्याउन प्रिय लाग्नु अस्वभाविक थिएन । त्यसमाथि पनि बाल्यकालको स्मरणको मज्जा नै अर्को थियो । खैरेनीको ज्यामिरेमा आफ्नो जीवनको ९७औं वर्षको उत्तरार्ध व्यतित गरिरहनुभएकी मेरी माईली आमालाई पनि एकपटक भेट्ने रहर अन्तर मनमा थियो । संभवत मातृ विहिन म उहाँको मुहारमा उहाँलाई मात्र होईन मेरी विंगत आमाको पनि प्रतिविम्ब हेर्न चाहान्थें । उहाँसंग मेरो पछिल्लो भेट झण्डै एक दशकअघि उहाँको चौरासी पुजाको समयमा कुर्घामा भएको थियो । अहिले आमा कान्छो छोरा बलरामसंग ज्यामिरेमा हुनुहुन्थ्यो । अघिल्लो पुस्ताका यी दुई धरोहरको दर्शन गर्नु मेरोलागि कम महत्वको कुरा थिएन ।  तीन दशकअघिको मेरो वुटवल यात्रा र दशकअघिको कुर्घाको भेटले अहिले मेरो रहरलाई शान्त पार्न सक्ने कुरा थिएन । कुर्घातिर बेलाबखत आउने जाने भएपनि माईली आमा तराईतिर बसाईं सरिसक्नुभएको थियो । यसबीच एकदुई पटक गाडीमा बुटवल भएर गन्तव्यसम्म पुगेको थिएँ तर पहाड र तराईको बीचमा अवस्थित यो उदाउँदो शहर नै मेरो गन्तव्य भने बनेको थिएन । बुटवल वरपर रहेका मेरा धेरै आफन्तहसंग वर्षौदेखि भेटघाट हुन पाएको थिएन । त्यहाँ रहेको मपछिको पीढीसंग त झन् परिचय गर्न समेत पाएको थिईन ।


म भारतमा लामो समय रहँदाका केही साथीहरु पनि अहिले बुटवलमा हुनुहुन्छ । ती मध्येका मेरा अग्रज बाबुराम खनाल जोगीकुटीमा सिद्धार्थ बोर्डिङ स्कुल नामको राम्रो प्रतिष्ठानको माध्यमबाट शिक्षाको क्षेत्रमा योगदान पु¥याईरहनुभएको छ । उहाँसंग भेटेर उहाँहरुको नेतृत्वमा पूर्वोत्तर भारतमा प्रवासी नेपालीहरुबीच संगै सामाजिक र राजनीतिक काम गर्दाका स्मृतीहरुलाई हरियो पार्ने रहर पनि थियो । विभिन्न संचार साधनहरुको माध्यमबाट विगत केही समयदेखि संवाद हँुदै आएको भएपनि भेट गरेर अन्तरंग कुराकानी गर्ने तीव्र ईच्छा थियो । त्यस्तै सत्तरीको दशकतिर मेघालयको शिलाङमा नेपाली साहित्य र प्रवासी नेपालीहरुमा राजनीतिक सामाजिक चेतना फैलाउन सक्रिय रहनुभएका दिल सहानी नेपाल फर्केपछि विगतमा धेरै पटक खानापाडा र बनारसमा भेटघाट गर्ने अवसर मिलेको थियो । मेरो लेखनकार्यको प्रारम्भमा सहानीज्यूको प्रोत्साहन पनि थियो भन्ने मलाई लाग्छ ।  हाल बुटवलमा रहनुभएका उहाँलाई भेट्ने र उहाँको शिलाङ बसाईका पुराना अनुभवहरु सुन्ने तीव्र ईच्छा मभित्र थियो । त्यस्तै खानापाडाको नेपाली सहयोगी स्कुलमा अध्यापन गर्दाका मेरा प्रिय विद्यार्थीहरु मध्येका एक हरि ढकालले पनि फोनमा कुराकानी हुँदा बुटवल आउने निम्तो दिन छुटाउँदैनथे । यहि पृष्ठभूमिमा सँधै खुम्चिएर बस्न अभ्यस्त भएको मेरो मनले बुटवल जाने आँट गरिछाड्यो । यहि कार्तिक २ गते मेरो प्यारो भाई लक्ष्मणसंगै पोखराबाट बुटवलकालागि प्रस्थान ग¥यौं । झण्डै आठ घण्टको यात्रापछि पोखराबाट गएको गाडीलाई बुटवलमा छोडेर अर्को बर्दघाटतर्फ जाने मीनी बसमा चढ्यौं ।


दुई गते साँझ देवदहको खैरनी बजार बजारमा बसबाट ओर्लिएर एकजना सज्जनसंग सोधपुछ गरेपछि उनले पंडाल टाँगिएको घर देखाई दिएपछि भाईको घरको नजिक पुग्यौं र सडक पारीपट्टी रहेको त्यो घरलाई दुवै भाईले केही क्षण उभिएर अवलोकन ग¥यौं । मनमा आफन्तजनहरु संग भेट्ने कौतुहलता थियो । धेरै मानिहरुको त्यहाँ आवतजावत भैरहेको देख्न सकिन्थ्यो । बिहान ८ बजे पोखराबाट खाना खाएर हिंडेका हामीलाई केही खाऊँ झैं लागिरहेको थियो । त्यसैले नजिकैको पसलबाट हामीले बदाम र जुस लिएर पसलको बाहिरपट्टी उभिएर खान थाल्यौं । पसले बाहिर निस्किएर कहाँबाट आउनुभएको भनेर सोधे । पोखराको प्रसंगमा उनले हाँस्दैे भने “पोखरा हवापानी र ठाँऊँका दृष्टिले धेरै राम्रो छ तर त्यहाँ आपूर्ति हुने खानेपानी संस्थानको पानी साह्रै मैलो आउने ।” पसलमा ग्राहाक आएपछि उनि थप कुरा नगरी भित्र पसे । उनको यो भनाईमा असहमत हुनुपर्ने केही थिएन ।




  हामी परैबाट कोही परिचित मानिस देखिन्छ कि भनेर हेर्दै थियौं तर त्यो दूरिबाट पहिचान गर्न सजिलो थिएन । त्यसैले दुवैजना उतैतिर लाग्यौं । कुलप्रसाद भाईको पूजा भैरहेको घर पुग्दा निम्तालुहरुको ठुलो जमघट थियो । ती मध्ये परिचित र परिचत जस्ता लाग्ने अनुहारहरुको संख्या उल्लेखनिय थियो । पूजाको मण्डपमा धोती पहिरेर कर्ताको रुपमा बसिरहेका भाई कुल र दाजु बलरामलाई देखिहाल्यौं । नजिकै बसिरहेकी दुवैकी आमालाई झन् नदेख्ने कुरै थिएन । काकीलाई तीस वर्ष पहिला देखेको मैले अन्यत्र भए चिन्न सक्ने अवस्था थिएन । उहाँको अनुहार चाउरी परेको थियो र शरीर जीर्ण भैसकेको थियो । ठुलो जमघटको छेउतिर कुनै स्त्री आवाज सुनियो– “लौ पोखराबाट बाबुराम र लछुमन पनि आईपुगे ।” जमघटमा दृष्टि घुमाएर हेर्दा हामीलाई चिन्ने ती महिला को थिईन, चिन्न सकिएन । छेउतिर बस्न नपाऊँदै अहिलेसम्म देखभेटै नभएका चितवनबाट आउनुभएका बैनी ज्वाई हामीलाई खोज्दै आउनुभयो । उहाँसंग भलाकुसारी पुरा हुन नपाऊँदै जेठी फुपुदीदीकी बुहारी अर्थात् मेरी भाउजु पनि हामीसंग भेट्न आउनुभयो । संभवतः उहाँसंग मेरो यो पहिलो भेट थियो । उहाँले काममा व्यस्त रहेका आफ्ना श्रीमान अर्थात् मेरा भानिज दाजुलाई पनि बोलाएर हामीलाई भेटाउनुभयो । धार्मिक व्यक्तित्वका श्रद्धेय तुलसीराम दाई पनि देखा पर्नुभयो । पुजाको यज्ञमा बसीरहेका बलराम दाई र कुलप्रसाद भाईका आँखा पनि बेला बखत हामीमाथि परिरहेका थिए । भाई दिलीप पनि हात जोड्दै त्यहीं उपस्थित भयो ।


 भाई कुलप्रसादले मण्डपबाट फुर्सद पाएर होला यतिबेला  आएर क्षेमकुशल सोधे । दाई बलराम पनि  सामााजिक संजालमा भाईका विचारहरु हेर्ने गर्छु भन्दै आउनुभयो । मण्डपमा आजको कार्यक्रम लगभग सकिएको थियो । भजन कृतनको शुरुआत भैसकेको थियो । भाई कुलप्रसादले तल गएर खाना खान आग्रह गरे पछि हामी तल ओर्लियौं । छुट्टै भान्छामा छोरी अनुपमा लगाएतको टीम तैनात थियो । खाना पस्किंदै गरेकी उनलाई “मलाई चिन्यौ कि ?” भनेर सोधें । झण्डैै दुई वर्ष पहिला पोखरामा भेटिएकी उनले खाना पस्किंदै मेरो अनुहारमा हेरेर भनिन् “नमस्ते ठुलबाबा”।  खाना खाईसकेपछि कुलप्रसादले बस्न ज्यामिरे जाने प्रस्ताव गरे । यो मेरोलागि सुखद प्रस्ताव थियो किनभने त्यहाँ ९७ वर्षकी मेरी माईलीआमा हुनुहुन्थ्यो । केही समयपछि उनले म भाई र तुलसी दाईलाई व्यस्तताका बावजुद आफ्नै मोटरमा हामीलाई ज्यामिरे पु¥याईदिए । गाडी चढ्ने बेलाम तुलसी दाईसंग आमाले के खान मन पराउनुहुन्छ भनेर सोधें । दाईले निराशा प्रकट गर्दै भन्नुभयो “ मन पराउनु नपराउनु भन्ने कुराको आमालाई कुनै अर्थ रहेन भाई” । मलाई पनि नरमाईलो लागेर आयो ।

 
ज्यामिरे पुगेर घरभित्र पसेपछि तुलसी दाई वृद्धावस्थाकी आफ्नी आमाको नजिकै गएर बस्नुभयो । हामी पनि उहाँसंगै गयौं । ओच्छ्यानमा सुतिरहेकी माईली आमाका चरण हामी दुवै भाईले स्पर्श गर्यौं । उहाँले हामी दुवैलाई चिन्न सक्नुभएन । उहाँको स्मृति फराकिलो थिएन । आफ्ना जेठा छोरा तुलसी दाईलाई समेत उहाँले चिन्न सकिराख्नु भएको थिएन । समयमा नै उहाँलाई भेट्न नपाएकोमा साह्रै पछुतो लाग्यो । फरासिलो स्वभावका डण्डपाणी दाई पनि आमाको कोठा बहिर बसिरहनुभएको थियो । कहिल्यै नदेखेका बलराम भाईका दुवै श्रीमतीहरु र छोरा पनि उत्सुकतापूर्वक परिचय लिन आए । नजिकका दाजुभाई भएर पनि विरानो जस्तो भएकोमा उनीहरुको गुनासो थियो । छोरी भगवती र ज्वाई पनि त्यही थिए । आमाको कोठा बाहिर निस्केर हामी सबै बस्यौं । धर्मकर्मप्रति निक्कै श्रद्धावान तुलसी दाई र रसीक स्वभावका डण्डपानी दाईका रमाईला गफगाफमा म, भाई लक्ष्मण र भाई बलरामले पनि थपथाप गर्दै धेरै बेरसम्म आनन्द लिईरह्यौं । रातीको दश बजेतिर ओच्छ्यानतिर लाग्यौं । थकान अनुभव गरिरहेको शरीरमा कति बेला निंदले छोप्यो थाहै भएन ।


तीन गते बिहानै स्नानआदि कर्म सकेर चियापान भयो । नयाँ ठाँउमा रमाईलो लागिरहेको थियो । आफुभन्दा कुलका बरिष्ठ सदस्यहरुसंग भेटघाट हुँदा म आफ्नो किशोरवय अनुभव गरिरहेको थिएँ । आज पुजा घरमा चौरासीको कार्यक्रमको दिन थियो । तुलसी दाई चिया खाईसकेर त्यतैतिर लाग्नुभयो । भाई बलरामको यो घर ज्यामिरे चोकबाट उत्तरपट्टी वनले ढाकिएको पहाडको तल रहेको सुन्दर गाँऊमा थियो । बाहिर निस्किएर केही बेर टहलियौं । ईसापूर्वको पाँचौ शताब्दितिर सिद्धार्थ गौतमको यो मावली क्षेत्रमा उनको घुमफिर हुन्थ्यो होला भन्ने मनमा तर्कना चलिरह्यो ।  आज बिहानै देखि दिन खुलेको थियो । बिहानको घामले सबै दृश्य मनमोहक थियो ।  केही दिन पहिले परेको पानीका कारण धानको बाली थन्काउन कठिन भएको भन्दै गाउँलेहरु आपसमा गुनासो गरिरहेको सुनिन्थ्यो । केहीबेर कालोपत्रे गा्रमिण सडकमा टहलिएपछि हामी फर्कियौं । आज हाम्रो पुजाघर भन्दा अन्यत्र जाने कुनै कार्यक्रम थिएन । त्यसैले दश बजेतिर ज्यामिरेबाट खैरेनी बजार तर्फ लाग्यौं ।

 
  पुजाघरमा मानिसहरुको जमघट हिजो भन्दा कम थिएन । मण्डप वरपर कर्ताहरु र अन्य श्रद्धालुहरुको ठुलै भीड थियो । त्यहाँ प्रत्येक मानिसहरुको आफ्नो ज्ञान र विवेकले विश्वास गरेको आस्थाको व्यापकता मैले देखिरहेको थिएँ । अर्कोतिर धेरै समयपछि भेट भएका वा चिनापर्ची गर्दै गरेकाहरुको आपसमा मस्त कुराकानीहरु पनि चलिरहेको थियो । हामीहरु पनि त्यही जमातको छेउतिर गएर बस्यौं । गहतेकी गिता बैनी जसलाई मैले सानैमा देखेको थिएँ उनि पनि “बाबुराम दाई ......” भन्दै नजिकै आएर बसिन् । पहिला मैल उनलाई चिन्नै सकिन, भाई लक्ष्मणले चिनाए । “तपाई ४८ सालको चुनाव प्रचारको बेला भारत प्रवासबाट आउनुभएको थियो हगि ?” भनेर सोधिन् । उनि भारतको हैदराबादतिर बसोबास गर्दै प्रवासीसंघसंग सम्बद्ध भएकोले सोही संघसंग आवद्ध भएर पूर्वोत्तर भारतमा मैले पनि विगतमा लामो समय काम गरेको हुनाले पनि होला झन् बढी आत्मिय बन्न पुगिन् । उनले आफ्नी बहिनीलाई बोलाएर हामीसंग भेट गराईन् । मण्डपमा जयध्वनी चलिरहेको थियो । जयध्वनीकाबीच यसरी कुराकानीमा व्यस्त हुनु मर्यादाको उलंघन पो भयो कि भन्ने लाग्यो । यो सोचले सतर्क बन्न खोज्दा खोज्दै काठमाण्डौबाट आएकी छोरी भगवती देखा परीन् । मलाई चिन्यौ ? प्रश्न सोध्ने बित्तिकै उनले दुई हात जोड्दै कतिबेला आउनुभयो भनेर सोधिन् । उसैगरि बहिनीहरु कोपिला र गौरी आईपुगे । मैले पहिला देखेका फुच्चीहरु दुवै पाका गृहिणीहरुमा परिणत भैसकेका थिए । पर मण्डपमा उभिएकी उनिहरुकी आमा तथा मेरी काकी वृद्ध भैसक्नु भएको थियो । मैले त्यहीं गएर उहाँको चरणस्पर्श गरें । उहाँले सेतै फुलेको मेरो कपाल मुसार्दै भन्नु भयो – हे बरै छोरो पनि बुढो भएछ । त्यो जमघटमा धेरै कुराकानी गर्ने अवस्था थिएन । भाई कुल र दाई बलरामकी बैनी फलेवासकी माया पनि हाँस्दै नजिकै आईन् । अघिल्लो वर्ष उनिसंग फोनमा एकदुई पटक कुराकानी भएको थियो । मैले उनलाई बैनी भएको दावी गरें भने उनले आफु दिदी दावी गरिन् । साँच्चै हामी दुवै अन्यौलमा भयौं । त्यसको छिनोफानो हामीबाट हुनसक्ने कुरा थिएन । यो विषय थाती नै थियो । उनलाई देख्ने बित्तिकै मैले भने “अब आज हाम्रो विवादलाई चौरासी पुगेकी आमासंग सोधेर किनारा लगाउन पर्ला है । अब चाहीं नाता किटान हुनुपर्छ नि ” उनि हाँसिन । चौरासीको पुजाकी मुख्य कत्र्ता काकी पनि आसनमा बसिरहनुभएको थियो । पालैपालो सबैले उहाँलाई माला र खादाले अभिनन्दन गरिरहेका थिए । हामी दुवै भाईले पनि उहाँको अभिनन्दन ग¥यौं । संभवतः उहाँले मानिसहरुको त्यो बाक्लो उपस्थितिमा चिन्न सक्नुभएन । त्यसपछि हामी छेउतिर गएर बस्यौं । गहतेका तिलक दाई पनि चितवनबाट भर्खरै आईपुग्नु भयो । समयको साँगुरोमा पनि सबैलाई भेट्ने अवसर र दुवै वृद्ध आमाहरुलाई भेट्ने अवसर गुमाउन मन लागेन र आएँ – दशकौं भेट नभएका उहाँ भन्दै हुनुहुन्थ्यो ।  रमाईलो दृश्यमा रमाऊँदा रमाउँदै समय बितेको थाहै भएन हामीलाई ।  तेजप्रसाद काका त्यहीं आएर अब खाना खान जाऔं भन्नुभयो । हामी खाना खान तल ओर्लिदै थियौं सीढीमा पोखरीका कृष्णकाका र उहाँका भाई मेरा बालसखा दुर्गा भेटिनु भयो । उहाँहरु संभवत भर्खरै आऊँदै हुनुहुन्थ्यो । भेटेर कुरा गर्ने वाचा लिएर हामी तल झर्यौं र खाना खायौं । बाहिर साँझ पर्न थालिसकेको थियो । हामी टेम्पोमा आज पनि ज्यामिरेतिर लाग्यौं । त्यहाँ पुगेको केही समयमा गहतेका तिलक दाई, पोखरीकी काकी पनि वृद्ध आमालाई भेट्न त्यही पुग्नुभयो । केहीबेर पछि वहाँहरु खैेरेनीतिर फर्किनु भयो । कुर्घा डाँडाका पौडेल कुलका आफन्तहरुको भेटघाटको पहिलो चरण अब लगभग सकिएको थियो । बरै समयले सबैलाई कहाँबाट कहाँ पु¥याएछ भन्ने लाग्यो । त्यो दिनका पनि हाम्रो बास त्यहीं ज्यामिरेमा भयो । यो यात्राका सबै रातहरु बलराम भाईको घर उमेरको उत्तरार्धमा रहेकी माईली आमासंगै बिताउने हामीले निश्चय गरेका थियौं । आमाको सेवामा कुनै कसर बाँकी नराखेका भाई बलराम र बुहारीहरुलाई देखेर भाई लक्ष्मण र मैले आपसमा उनिहरु बारे आपसमा धेरै पटक कुराकानी ग¥यौं ।


चार गते बिहान चिया पिएर हामी ज्यामिरेबाट निस्कियौं र बुटवलतिर लाग्यौं । आजको हाम्रो पहिलो भेटघाट भारत प्रवासमा रहँदाका मेरा आदरणीय अग्रजहरुसंग थियो । दोस्रोमा बुद्धको समकालमा अहिलेको नेपाली भूखण्डमा के कस्तो अवस्था थियो भन्ने लामो समयको जिज्ञासा मेटाउन भेटघाट वा अध्ययन गर्ने थियो । पहिलो गन्तव्य योगीकुटीमा बाबुराम खनालज्यूलाई भेट्ने थियो । बसबाट झर्ने बितिकै पूर्व योजना अनुशार उहाँ हामीलाई लिन आईपुग्नुभयो । हामी टेम्पोबाट उहाँको स्कुल सिद्धार्थ बोर्डिङमा पुग्यौं । स्कुलको भव्य संरचना देखेर स्कुलले शैक्षिक क्षेत्रमा दिएको प्रसंसनीय योगदान दिएको रहेछ भन्ने बुझ्न गाह्रो थिएन । मेरो अल्लारे उमेरतिर आसामको गुवाहाटीमा भेटभएका अग्रज खनालज्यु अखिल भारत प्रवासी नेपाली संघको नेतृत्व तहमा सक्रिय हुनुहुन्थ्यो । म पनि त्यसबेला भर्खरै सोही संगठनमा संलग्न भएको थिएँ । पूर्वोत्तर भारतमा नेपालीहरुमाथि अवैध विदेशीका नाममा डरलाग्दो दमन चलिरहेको समय  थियो त्यो । विदेशी नागरीकहरु विरुद्ध त्यस क्षेत्रमा स्थानिय मनस्थिति भड्किएको र सरकारले पनि दमन चलाएर समग्र नेपाली भाषीहरुलाई आतंकित पारिरहेको बेला प्रवासी नेपालीलाई संगठित गर्ने प्रयासमा निकै कठिनाई भएपनि त्यस क्षेत्रका सात मध्ये चार राज्यहरुमा संघको विस्तार भएको थियो । यो फैलाव कार्यकर्ताहरुको सानो मेहनतले भएको थिएन । खनाल सरसंग तिनै स्मृतीहरु हरियो पार्ने र नेपालको स्थितिबारे उहाँका पछिल्ला अनुभवहरु जान्ने उत्सुकता थियो । स्कुलमा उहाँको च्याम्बरमा बसेर संक्षिप्त विचार विमर्श ग¥यौं । अझै बसेर कुराकानी गर्ने रहर थियो तर समयले साथ दिएन । उहाँले हामीलाई स्कुल परिसर देखाउनु भयो । स्कुलका प्रिंसिपल राना सर र अन्य सरहरुसंग पनि भेट गराउनुभयो । त्यसपछि स्कुलकै गाडीमा हामी तीनैजना सरको निवास तर्फ लाग्यौं । भान्छामा मधु म्याडम खाना पकाऊँदै हुनुहुन्थ्यो । समयको अभाव थियो । हामी यो भेटघाट सकेर बुद्ध सम्बन्धमा केही परामर्शकालागि त्यस सम्बन्धमा अध्यन गर्दै आउनुभएका युवराज कंडेलसग भेट्घाट गर्ने र  लुम्बिनी तर्फ लाग्ने विचारमा थियौं । हतार हतार खाना खाएर उहाँले हामीलाई दिल सहानीज्युसंग भेटाउन जेसिज चोक स्थित उहाँको घुम्टे कानुनी सेवा नामक ल च्याम्बरमा लिएर जानुभयो । त्यसपछि केही समयमा खनालसर हामीलाई त्यही छोडेर फर्किनुभयो । त्यहाँ पूर्वोत्तर भारतमा लामो समयसम्म रहनुभएका दीपक विश्वकर्मा पनि भेटिनुभयो । उहाँसंग मेरो यो पहिलो भेट थियो । एउटै समयमा एउटै क्षेत्रमा रहेको मैले यी मुद्र्धन्य व्यक्त्विसंग कसरी भेटने सुअवसर पाईन भन्ने लाग्यो । नेपालको राजनीतिको वर्तमान अवस्था र प्रवृती बारे केही कुराकानी भए । सत्तरी दशकको वरपर शिलाङ र आसाममा प्रवासी नेपालीहरुको राजनीतिक चेतनाका बारेमा सहानी सरबाट धेरै कुरा जान्ने रहर भएर पनि सानो बसाईमा त्यो संभव भएन । यसरी सहानी सर, म्याडम ज्ञानु केसी  र दिपकज्यूसंग विदा भएर भाई लक्ष्मण र म दुवैजना खैरेनीतिर लाग्यौं । समय कम भएको हुनाले कंडेल ज्युसंग भेट्ने र लुम्बिनी जाने हाम्रो योजना आजकोलागि रद्द भएको थियो ।


हिजो पुजा सकिएको घरमा आज शान्त थियो तर पारिवारिक चहलपहल भने देखिन्थ्यो । आमाका वरीपरी छोरी नाती नातिनीहरु बसेर गफगाफ गरिरहेका थिए । हामीलाई देख्ने बितिकै मायाले हाँस्दै भनिन् “ल तपाई नै दाई हुनुँहुँदोरहेछ । आमाले पनि हो हो केही दिनको मात्र फरक छ भने पछि हामी दाजु बहिनी बीचको अन्यौलता हटेको थियो ।  अब हामीले जेठी फुपु स्व. विष्णुमतिका परिवार  र बलराम दाईको घर पुग्नु थियो । भाई कुलप्रसाद भन्दै थिए “मलाई आजै छोरालाई लिएर काठमाण्डौ जानुपर्ने भयो दाजुहरुसंग बसेर कुराकानी गर्न र घुमघाम गर्न सकिएन” । उनैले हामीलाई बलराम दाईकोमा पु¥याई दिए । भाउजु घरमा हुनुुहुन्थ्यो । दाई खेततिर झरिसक्नुभएको थियो । धानबाली स्याहार्ने चटारो थियो । मौसमको भर नभएकोले पनि यो चटारोले सबैलाई गाँजेको थियो ।  भाउजुलाई फर्किंदा आउँछौं भन्दै हामी कुल प्रसाद भाईसंग पनि त्यही विदा भएर फुपुका छोराहरुका परिवारसंग भेटघाट गर्न गयौं । काँहिंला दाई भाउजु र छोराहरुसंग रमाइलो भेट भयो । नजिकका नातेदार भएर पनि पराइ जस्तै भएकोमा हामी रमाईलो भेटघाटकाबीच पनि कताकता दुखित पनि थियौं । हामीले कहिल्यै नभेटेका जेठी फुपुका दुई छोरीहरुलाई पनि आज भेट्ने अवसर मिल्यो । फुपुका एक बाहेक अरु छोरीहरु पनि छन् भन्ने हामीलाई आजसम्म थाहा थिएन । हामी भवविभोर भयौं । हामीलाई चिया दिएर भाउजुले खाना बनाउन शुरु गरिसक्नुभएको थियो । त्यही बस्ने आग्रह उहाँहरुको थियो  तर भाई लक्ष्मणको औषधी ज्यामिरेमा रहेकोले हामीले बास बस्न ज्यामिरे जानै पर्ने थियो । त्यसमाथि हामीले माईली आमासंग यो यात्राका सबै रात बिताउने मन बनाईसकेका थियौं । हाम्रो वाध्यता बुझेर भतिजले भने – भो म तपाईहरु लाई ज्यामिरे पु¥याई दिन्छु चिन्ता नगर्नोस । हामी ढुक्क भयौं । प्रकाश दाई पनि आईपुग्नु भयो । “ल भाईहरु खाना त यतै खाने भयौ, हामी कहाँ हिंड एक एक गिलास दूध पिएर आउला ।” हामी उहाँसंगै गयौं । एकछिन बसेर अंतरंग कुराकानी भए । भाउजूसंग पनि भेट भयो । बुहारीले गिलास भरेर ल्याएको मीठो दूध पिएर हामी फेरी माथिल्लो घर फर्कियौं । खाना खाईसक्दा साँझ पर्न थालिसकेको थियो । कार लिएर हामीलाई ज्यामिरे पु¥याउन छोराले प्रतिक्षा गरिरहेका थिए । फेरि छिट्टै भेट्ने र भेटघाटलाई निरन्तरता दिने वाचा गर्दै हामी कारमा बस्यौ । बलराम दाईको घर फर्किंदा पसौला भन्ने भाउजुसंग गरेको वाचा हामीले पुरा गर्न पाएनौ । किनभने हामीलाई बलराम दाईको घर पस्ने सम्झना आँउँदा कार धेरै अगाडि पुगिसकेको थियो । हामीलाई पछुतो लाग्यो । तर, पनि भोली आउने विचार भयो । यसरी चार गतेको रात पनि ज्यामिरेमा माईली आमा र बलराम भाईको परिवारसंगै बित्यो ।


कार्तिक पाँच गतेका दिन बिहान केहीबेर कृषकहरुको सुन्दर गाऊँ ज्यमिरे घुम्यौं र खाना खाएर खैरेनी तर्फ निस्कियौं । अब हामीसंग आजको मात्र भेटघाटको समय थियो । भोलि हामीलाई पोखरा फर्किनु थियो । उसो त बौद्धस्थलमा भ्रमण गर्ने र पुस्तकालयमा तत्सम्बन्धि केही अध्ययन गर्ने रहर मेट्न  समयको अभावका कारण अब संभव थिएन । बौद्ध र अन्य विविध विधामा अध्ययन अनुसन्धानमा सक्रिय रहँदै आउनुभएका युवराज कंडेलज्यू बारे भाई कुलप्रसादले यसअघि नै बताई सकेका थिए । उहाँ बलराम दाईका छोरीज्वाईं पनि भएकाले परिचय गर्ने उत्सुकता थियो । उहाँसंग आजै कालिका कलेजमा १२ बजेपछि भेट्ने समय लिएका थियौं । खैरेनीमा भाई कुलप्रसादको घर एकछिन बस्यौं । लामो समय असमको गुवाहाटी शहरमा संगै बसेका चौडिलाका हरि काका, काकीका परिवारसंग भेट नगरी हाम्रो यो यात्रा कुनै अर्थमा पूर्ण हुन सक्दैनथ्यो । किनभने उहाँसंग मेरो किशोरावस्थाका स्मरणहरु थिए । हामीले उहाँ लगायत परिवारसंग भेट्यौं । काकी बेलुकी यतै बस्ने भन्दै हुनुहुन्थ्यो । समय मिलेमा फोन गर्ने वचन दिदै हामी चिया पिएर निस्कियौं  र बुटवलतिर लाग्यौं ।


कालिका कलेजको द्धारमा पुगेर युवराजसरलाई फोन गरेपछि सोझै पारीपट्टी देखिएको भवनको द्धारमा उभिएर उहाँले हात हल्लाएर संकेत गर्नु भयो  र त्यतै गयौं । कलेजमा उहाँले व्यस्तताकाबीच हामीलाई समय दिनुभएको हामीलाई लागिरहेको थियो । बुद्धकाल र अहिलेको बौद्ध जनमानसका वारे उहाँसंग महत्वपूर्ण अनुभवहरु थिए । चमेना गृहमा बसेर चिया पिऊँदै कुराकानी भए । मैले उहाँका अनुभवहरुबाट धेरै प्रेरणा लिन सकिने अनुभव गरें तर समयाभावले सामान्य प्रारम्भिक कुराहरु मात्र भए । कतिपय विषयमा उहाँका आफ्नै धारणाहरु थिए । यो यात्रको संक्षिप्त भएपनि निकै सम्झन योग्य क्षण बन्यो कंडेलसर संगको भेट पनि । लगभग आधा घण्टाको बसाईपछि हामी विदा भयौं र कलेज परिसरको पछाडिको द्धारबाट शान्त सडकको बाटो हुदै निस्कियौं । पोखरा फर्किने बसबारे बुझ्न बसपार्कतिर गयौ । बुटवल शहर महामारीको चपेटाबाट तंग्रिदै थियो । सवारी साधनहरु र मानिसहरुको निक्कै चहलपहल थियो । घाम पश्चिमी क्षितिज नजिक पुग्दै थियो । आज सुनवलका हरि ढकालसंग पनि भेट्ने कुरा थियो । उनका दाजु तथा मेरा चिरपरिचित शिव ढकाल पनि वैदेशिक रोजगारीबाट यतिखेरै भैरहवा हवाईअड्डामा आईपुगेको र उनलाई लिन हरि त्यतै गएको खबर हामीले हरिबाटै पाएका थियौं । गुवाहाटी शहरको नजिकै रहेको खानापाडा गाऊँमा आज भन्दा झण्डै तीन दशकअघि उनिहरुको घरमा कामरेड बाशुशाक्य पनि बस्नु हुन्थ्यो । शिव र हरिका बुवाआमा दुवैजना उदार मन र सरल व्यक्तित्वका हुनुहुन्थ्यो । उहाँहरुसंग भेट्ने ईच्छा समयको पाबन्दीका कारण यसपटक पुरा हुन पाएन । शिव र हरिकी एउटी दुर्गा नाम गरेकी सानी बैनी पनि थिईन । उनि विवाहपछि  अहिले पोखरामा नै छिन् । पाँचजना सदस्य भएको त्यो घर हाम्रालागि आराम गृह जस्तै थियो । हवाईअड्डाबाट फर्कर्दै गर्दा ज्यामिरे चोकमा छोटो भएपनि भेटघाट गर्ने हाम्रो सल्लाह थियो । हामी बुटवलबाट बर्दघाट जाने यात्रुले खचाखच भरिएको गाडी चढेर खैरेनी बजार कटेर ज्यामिरे गएर झ¥यौं । हरि र शिव त्यहाँ आईपुगेका थिएनन् । सडकमा बुटवलतिर जाने र आउने सवारी साधनहरु हुँईकिंदै थिए । केही बेरको प्रतिक्षापछि उहिरुको कार अगाडि आएर रोकियो । दुवैजनासंग सामान्य कुराकानी भयो । उनिहरुसंग एकजना आमा पनि हुनुहुन्थ्यो । संभवतः उहाँ अस्वस्थ्य हुनुहुन्थ्यो । त्यसैले पनि सडकमा उभिएरै भएपनि बातचित जति लम्बिन सक्थ्यो त्यति भएन । भन्न र सुन्न घेरै भएपनि छिटो विदा हुनै प¥यो । फेरि भेट्ने वाचा गर्दै हामी विदा भयौं । उनिहरु सुनवलतिर लागे हामी भाई बलरामको घरतिर लाग्यौं । यो यात्राको हाम्रो आज अन्तिम दिन थियो । ज्यामिरे पुग्दा त्यहाँ सबैजना व्यस्त थिए । कोही भान्छातिरको तरखरमा थिए । कोही गोठतिर थिए । भागवती छोरी र ज्वाईं पनि त्यहीं नै थिए । आमा विच्छ्यौनामा सुत्नुभएको थियो । उहाँ छोरा बलरामलाई खोजिरहनुहुन्थ्यो । उहाँको स्मृतीमा कान्छो छोरा बलराम बाहेक केही थिएन । उहाँका मलिन आँखामा जराकालको पीडा देखिन्थ्यो । बेलुकी खाना खाईसकेर ओच्छ्यानमा यात्राको पुनरावलोकन गरें । मेरो बाल्यकाल किशोरवय र युवाकाल सम्झाउने यो यात्राले मलाई सुक्ष्मस्मृतीमा रहेका सबै कुराहरुलाई हरियो बनाईदिएको थियो ।

 
भोलीपल्ट बिहान उठेर चिया खाईवरी हामी हिंड्ने तरखरमा लाग्यौं । बुहारीहरु खाना खाएर जाने आग्रह गर्दै थिए । छिटो गए छिटो पुगिएला भन्ने सोचले हामी सवैसंग विदा भएर निस्कियौं बुटवल आएर पोखराको बसमा चढ्यौं । बसमा बितेका चार दिनहरुका सबै घटनाहरु सम्झँदै साँझ पोखरा घर पुग्यौं ।       
               
           

                                                             


            
















 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष