नेटो कमजोर भएको मान्नेहरुको तर्क सत्य सावित नहुन पनि सक्ने
अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नाटोे सेना दुई दशकपछि थकित भएर फर्किंदा कतिपय कुटनीतिक विष्लेशकहरुले विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नाटो अब कमजोर हुँदै जाने हो कि भन्ने अनुमान लगाउन शुरु गरेका थिए । अप्रत्यशित आर्थिक वृद्धि तथा त्यसको आडमा चीनको विश्वमा फैलिने महत्वकाँक्षी चरित्र र कोविद महामारीले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई मध्यनजर गर्दै यस्तो आँकलन शुरु भएको थियो । पछिल्लो समय रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि नेटोका सदस्य देशहरुका धाकधम्की र विवशता भरिएका कतिपय परस्पर बाझिने अभिव्यक्तिहरुले पनि नेटो साँच्चै कमजोर भएको हो कि जस्तो देखिंदै पनि छ । तर, अहिले नै यो निष्कर्शमा पुगिहाल्नु हतारो हुन सक्ने संभावना भने उतिकै छ । नेटो अर्थात् उत्तर अटलान्टिक सन्धि संगठन अमेरिकाको सुरक्षा रणनीतिमा संलग्न देशहरुको साझ सैनिक गठबन्धन हो । यसको स्थापना शीतयुद्धकालमा अर्को महाशक्ति सोवियतसंघको सैनिक प्रतिकारका लागि समानान्तर रुपमा भएको थियो । यसको स्थापना सन् १९४९ अप्रैल ४मा अमेरिकाको वाशिङटनमा भएको थियो । यसको मुख्यालय बेल्जियमको ब्रसेल्समा छ । हाल यसका म...