गोर्खा भर्ती र त्यससंग गाँसिएको प्रश्न
भारतले १४जुन २०२२मा सेना भर्तीमा अग्निपथ योजना शुरु गर्ने घोषणा गरेपछि भारतमा त्यसका विरुद्ध ठुलै असंतोष देखियो । अग्निपथ योजना अनुशार शुरुमा युवाहरुलाई सेनामा चारवर्षकालागि भर्ती गरिने र चारवर्ष सेवापछि ती मध्ये २५ प्रतिशतलाई मात्र स्थाई सेनामा छनौट गरिने तथा अरुलाई झण्डै १२ लाख रुपैया एकमुष्ट र प्रमाणपत्र दिएर विदा गरिने छ । यसरी अवकाश पाउनेहरुले पेन्सन पाउने छैनन् । शुरुमा तीव्र विरोधका बावजुद पनि सरकारले योजनालाई लागु गरेको छ । भारतमा यसलाई कतिपयले सोच विचार नगरिकन ल्याईएको र यसले समग्र सैन्य व्यवस्थामा नकारात्मक असर पार्ने भन्दै आलोचना पनि गरेका छन् । सरकारका तर्फबाट यो योजना अपेक्षाकृत सानो संख्याको आधुनिक प्रविधि सज्जित अझ शक्तिशाली सेना बनाउने उद्देश्यले ल्याईएको बताईएको छ । भारत चीनपछि विश्वको दोस्रो ठुलो सैनिक संख्या रहेको देश हो । अग्निपथ योजनाबाट १३ लाख सैनिकहरु रहेको भारतीय सेनालाई आगामि १० वर्षमा ११लाख भन्दा तल झार्ने लक्ष्य भारत सरकारले राखेको छ । यसल...