नवउदारवादले शिक्षामा पारेको असर

गतवर्ष पोखराको सडकमा हिंड्दै गर्दा भेटिनुभएका एकजना प्राध्यापकसंग प्रसंगवश नेपालको शिक्षाक्षेत्रमा नवउदारवादले कस्तो प्रभाव पारेको छ भन्ने जिज्ञाषा राखेको थिएँ । यस सम्बन्धमा शैक्षिक प्रणालीसंग नै जोडिएका विज्ञ व्यक्तित्वको अनुभव जान्ने मेरो इच्छा थियो । उहाँले नवउदारवाद मुख्यत वैश्विकरणको प्रभाव बढ्दै गएको परिप्रेक्षमा त्यसलाई सहजिकरण गर्न अपनाईएको अर्थनीति हो र अहिलेको समयमा नेपालकालागि यो आवश्यक जस्तै भएर आएको छ भनेर मलाई बुझाउने प्रयास गर्नुभयो । मैले अर्थनीतिले समग्र क्षेत्रमा प्रभाव पार्छ भन्ने कुरा गर्दै शिक्षामा पनि त्यसको प्रभाव परेको होला भन्ने थप कुरा जान्न खोजें तर उहाँले यसलाई गौण विषय भनेर बीट मार्न खोज्नुभयो । मैले आफुलाई उहाँको उत्तरमा सन्तुष्ट पार्न सकिन । त्यतिकैमा भिन्न गन्तव्यका कारण हामी छुट्टियौं । लगभग बीस मिनेटको छोटो हाम्रो बातचितले नीचोडमा पुग्न त्यतिबेला संभव भएन । त्यसपछि आज पर्यन्त हाम्रा कतैे देखभेट हुन पाएको छैन । नेपालको शिक्षामा बेथिती पुरानो रोग नै हो । निकायगत हेलचक्रयाई तलदेखि माथिसम्म नै व्याप्त पहिल्यैदेखि थियो । अहिले पनि यो बेथितीको नि...