संदेश

दिसंबर, 2023 की पोस्ट दिखाई जा रही हैं

अष्ट्रेलिया र साँस्कृतिक रंगमा रंगिदै नेपालीहरु

चित्र
अष्ट्रेलियामा बढ्दो आप्रवासनले यो देश बहुसाँस्कृतिक र बहुधार्मीक स्वरुपमा परिवर्तित भैसकेको छ । कम जनसंख्या र ठुलो अर्थतन्त्रका कारण आप्रवासन अहिले अष्ट्रेलियाकोलागि अपरिहार्य बनेको रहेछ । अन्तरराष्ट्रिय विद्यार्थीहरुबाट आय र श्रमको परिपूर्ति गर्ने नीति सरकारले लिएको देखिन्छ ।         अष्ट्रेलिया पुगेका विभिन्न आप्रवासी समुदायमा आफ्नो सँस्कृतिक पहिचानलाई जोगाउने प्रयास ठाँउठाऊमा भैरहेको देखिन्छ । आफ्नो वैश्विक सरोकारका विषयमा पनि भेला प्रदर्शन गर्ने विषयलाई पनि सबैले सकारेको देखिन्छ । हामीकहाँ भिन्न विचार राख्ने समुहले गरेका प्रयासहरु बिथोल्ने, ढुंगामुढा गर्ने प्रवृति पनि देखिन्छ । तर, त्यहाँ यस्तो प्रवृत्ति कमै देखिन्छ । हामी त्यहाँ रहँदा त्यहाँका प्यालेष्टाईनी समुदाय र तीनका स्थानिय समर्थकहरुले सिड्नी शहरमा विरोध प्रदशर्न गरेका थिए । क्यानाडामा भारतको पृथकतावादी आन्दोलनका खालिस्तानपंथी शिख नेताको हत्यालाई लिएर पनि संकेतिक प्रदर्शन भएको सुनिन्थ्यो । सरकारले नरुचाएपनि ती प्रदर्शनहरु सम्पन्न भए । यो आफैमा एउटा लोकतान्त्रिक प्रचलन हो । विभिन्न समुदायका संघसंस्थाहर...