संदेश

फ़रवरी, 2025 की पोस्ट दिखाई जा रही हैं

अमेरिकी विश्वासको पीड़ा भोग्दै युक्रेन, अन्योलमा युरोप

चित्र
            अहिलेसम घटेका घटनाहरु यसरी नै अगाडि बढ्दै जाने हो भने अब युरोप र अमेरिकाको गठबन्धन फ़ुटको संघारमा पुगेको हो कि जस्तो पनि देखिंदैछ। ट्रामले लामो समयदेखि सहयोगीका रूपमा रहेको युरोपलाई छोड़ेर र युक्रेनलाई रुस समक्ष बलि दिएर  किन रुसको सामिप्यता खोजिरहेका छन् भन्ने रहस्य अझै खुलेकाे  छैन।  हालै अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसंगै तीनवर्षदेखि शक्तिशाली छिमेकी रुससंग युद्धरत युक्रेन ठुलो सकासमा परेको छ। युक्रेन विगतमा सोवियतसंघको पतनपछि स्वतन्त्र भएको देश हो। जो बाइडेनको अघिल्लो अमेरिकी सरकारले रूस विरुद्ध  युद्ध लडन युक्रेनलाई आर्थिक र सामरिक सहयोग गर्दै आएको थियो तर ट्रम्पले अब यो सहयोगलाई  बन्द गर्ने घोषणा गरिसकेका छन्। अमेरिकासंगै विदेश मामिलामा उसलाई लामो समयदेखि  साथ दिंदै अएका नाटोका युरोपेली देशहरुले पनि युक्रेनलाई यो युद्धमा हरतरहले सहायता गर्दै आएका छ्न। आऊँदा दिनमा पनि यस्तो सहायता जारी राख्ने उनिहरुको तर्क छ। मुख्य सहयोगी अमेरिका नै त्यो सहयोगबाट पछाडी सरेपछि आफै आर्थिक संकटमा परिरहेका उनिहरुको याे तर्क...