नेपालमा बिमेष्टिक शिखर सम्मेलन हुने
नेपाल यहि भदौ १४ गतेबाट काठमाण्डौमा शुरु हुने Bay of Bengal initiative for Multi-Sectorial Technical and Economic Cooperation बिमेस्टिकको दुई दिवसिय चौथो शिखर सम्मेलनका आयोजनको तयारीमा रहेको परराष्ट्रमंत्रालयले जनाएको छ । प्रधानमंत्री केपी ओलीका त्रर्फबाट सदस्य राष्ट्रहरुलाई शिखर सम्मेलनमा भागलिन निमन्त्रण पत्र पठाउन लागिएको छ ।सम्मेलन सफल पार्न विभिन्न तहका समितिहरुको गठनगरी तयारी थालिएको छ ।

केही समयमा श्रीलंकाको कोलम्बोमा संम्मेलनमा छलफलकालागि पेशहुने बुंदाहरुवारे बैठक बस्नलागेको जानकारी गराईएको छ । यसै विषयलाई लिएर सबै सदस्य देशहरुबीच सम्पर्क रहेको र नेपालले विशेषगरी रेल,हवाई र जल यातायात जस्ता कनेक्टिभिटिको विषय उठान गर्ने— परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले काठमाण्डौमा बताएका छन् ।
बिमेस्टिकको स्थापना भारत, भूटान, बंगलादेश, श्रीलंका,म्यनमार र थाईल्याण्डकाबीच सन् १९९७, ६ जुनमा बैकक घोषणाबाट भएको थियो । नेपाल अगस्त महिनामा आएर यो मंचमा प्रवेश गरेको हो । यो संयन्त्रले आशियान र सार्क बीच सेतुको काम गर्ने आशा गरिएको छ ।
भारत र पाकिस्तानबीचको विवादको छायांमा सार्क परेको छ । भारत सार्कलाई भन्दा बिमेष्टिकलाई प्रोमोट गर्ने प्रयास गर्दै आएको छ भने सार्ककाबारेमा छलफल गर्न केही महिनाअघि पाकिस्तानका प्रधानमंत्री नेपाल आएका थिए ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.