भारत चीन बीच सिमामा झडप को स्थितिले भारत पनि अमेरिकाले झैं तिब्बत लाई औपचारिक रुपमा स्वतन्त्र मान्ने रणनीतिमा लागेको हो कि भन्ने संकेतहरु देखिएका छन् । संभवतः भारत धेरै पहिलेदेखि तिब्बती शरणार्थीहरुको गोप्य सुरक्षा दस्ता बनाएर यसको अनौपचारिक तयारी गर्दै थियो जुन अहिले सार्र्वजनिक भएको छ । भारतले तिब्बती शरणार्थीहरुलाई आफ्नो सुरक्षा निकायमा भर्ना गरेर उत्तरी सिमानामा खटाउने गरेको सुनिंदै आएको भएपनि यसपटकको भारत चीन सीमा तनावको बेला एसएफएफका एकजना तिब्बती शरणार्थी जवानको सन् १९६२को युद्ध ताका बिछ्याईएकोे पुरानो बारुदी सुरुङको विस्फोटमा परेर मृत्यु भएपछि भने यो सार्वजनिक नै भएको छ । यसबाट तिब्बती शरणार्थीहरुलाई प्रयोग गरेर चीनमा गृहयुद्ध मच्चाउने योजनामा पहिल्यैदेखि भारतले काम गरिरहेको देखिएको छ । विभिन्न छिमेकी देशमा रहेका अल्पसंख्यकहरुलाई प्रयोग गरी त्यहाँको सत्तालाई दबाव दिएर आफ्नो पक्षमा घुँडा टेकाउने नीति भारतले विगतदेखि नै लिंदै आएको छ । सिक्कीमको गैरभूटियाहरु, श्रीलंकाको तमील, पूर्वी पाकिस्तानका बंगलाभाषी समूदायमाथि यो नीति प्रयोग भैसकेको छ भने अब पाकिस्तानको बलुच समूदाय बारे ...