लोकतन्त्र घोषणा गरेर पुरा हुँदैन दैनिक स्याहार्नु र बनाउनु पर्छ
अचेल सामाजिक संजालमा आउने तयारी सुचनाहरुका पछाडि दौडिन धेरैलाई सजिलो छ । सुचनाको सत्यता र सान्दर्भिकता जाँच्न अचेल आममानिसलाई झन् गाह्रो भएको छ । उत्तेजना फैलाएर पैसा र लोकप्रियता कमाउने एउटा खतरनाक वर्ग संजालमा सक्रिय देखिन्छ । यस प्रवृतीले जनताको सुचनाको हकमाथि ज्यादती गरिरहेको छ । नेपालमा अहिले राजनीतिक अस्थिरताका डरलाग्दा संकेतहरु देखा परिरहेका छन् । सबै भन्दा लज्जाजनक कुरा यो अस्थिरताको कारक गत चुनावमा शान्ति सम्वृद्धिकालागि मत मागेर लगभग दुईतिहाईको बहुमत साथ सरकार बनाउने अवसर पाएको हालको नेकपामा भएका गुटहरुको आन्तरिक संघर्ष हो । त्यही संघर्षका कारण संसद विघटन हुनपुगेको कुरा सबैले जानेको कुरा हो । यो विवादलाई अहिलेको पछिल्लो स्थितिबाट उभिएर हेर्नेहरुकालागि सबै दोष प्रधानमंत्री ओलीमाथि नै जाने देखिन्छ भने पार्टी एकताको समयतिरबाट क्रमश हेर्ने हो भने प्रचण्ड माधवहरु पनि कम दोषी देखिंदैनन् । कारण नभई घटना घट्दैन भन्ने कुरा शाश्वत सत्य हो । त्यसैले परिणाम र कारणको अवलोकन नगरी निकालिने निष्र्कष गलत हुन्छ भन्ने कुरा अकाट्य नै हो । सबैले हेक्का राख्नै पर्ने विषय के हो भने नेपाल धेरै ...