प्रचण्डलाई सानो सुझाव : अराजकताले आफैलाई बढी क्षति हुनसक्छ

                                                                     


   अचेल नेपालका मूलधारे हूँ भन्ने कम्युनिस्ट गुटहरू एकआपसपसमा यति तल्लाेस्तरका गाली गलाैज गर्नमा तल्लीन छन् कि यिनिहरु नेपाली नै हुन् भन्न लाज लाग्ने अवस्था छ ।     दुई गुट एकले अर्कोकाे अस्तित्व नै समाप्त पार्न सकेसम्म    तल्लोस्तरको कुकार्य गर्ने र दुर्वचन बाेल्ने हिंश्रक मनाेदशाका साथ अगाडि बढेको देखिन्छ । हुनत कम्युनिस्टहरूमा आफुलाई मनपर्दासम्म कामरेड मन नपर्दा गद्दार भन्दै अस्तित्वमाथि नै धावा बाेल्ने चरम उपयाेगितावाद र अवसरबाद हावि देखिन्छ । नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसंग मतभेद हुनेबित्तिकै उनलाई गद्दार भनेर अपमान गर्ने काम भयाे । चुनाव ताका ओली प्रचण्डको हनीमुन र अहिलेकाे गाँडकेराकेर सर्वसाधारणले कल्पना गर्न सक्ने छैन । अन्तरविरोध हुनु अस्वभाविक हाेईन । दलहरू फुट्नु र जुट्नु पनि अस्वभाविक हाेईन । देशका ठूलाठूला नेताहरूले नियम कानुन र मर्यादालाई बेवास्ता गर्दै आराेप प्रत्यारोपमा जुन भाषा शैली प्रयोग गरिरहेका छन  त्यसले  देशको शिर निहुँरिएको छ । त्यस अशिष्टताकाे पछाडि सामाजिक  संजालमा पक्ष र विपक्षमा देखिएको कुरुपताकाे त कुरै नगरौ । वाक् स्वतन्त्रताकाे याे भन्दा निकृष्ट अभ्यास शायदै देखिएला । देशले स्वस्थ्य बहस खाेजिरहेकाे बेला याे अराजकताले देशलाइ झन् अन्याेलतातिर धकेलिरहेकाे छ ।

                                                                                           सत्ताबाहिर रहँदासम्म चर्का सम्भव असम्भव कुरा गर्ने  भयानक आराेप्रत्यारोप गर्ने नेपाली राजनीतिकाे पुरानो राेग हाे । सिद्धान्त र नैतिकताकाे कुनै वास्ता गर्ने कुरा कहीँ  देखिंदैन ।  नेपालकाे राजनीतिमा सैद्धान्तिक बहसको अन्त्य छयालीस सालको आन्दोलनदेखि नै शुरु भएकाे हाे । सिद्धान्तविनाको राजनीति लीकबाहिरकाे रेल जस्तै  हाे जसले अराजकता भन्दा अरु जान्नेे ल्याकत राख्दैन ।  नेपालकाे राजनीति दशकाैंदेखि विदेशी चलखेल र आन्तरिक रुपमा त्यसबाट उत्पन्न अराजकतामा रुमल्लिईरहेकाे छ ।  त्यसका सम्वाहक कुनै अबुझ समूह हाेइन राजनीतिक दलका नेताहरु नै रहेका देखिन्छन् । समकालिन राजनीतिमा त्यसकाे प्रहसन जोडतोडका साथ चलिरहेको छ  ।

                                                                                          सत्तारूढ नेकपाभित्रको  आन्तरिक कलह उत्कर्षमा पुगेर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि खुलेरै शुरु भएको गाली गलाैज पछिल्ला दिनहरूमा झन विकराल बन्दै गएकाे छ । संघर्षबाट मिलेका उपलब्धिहरू गैरसंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरी ओलीले खतरामा पारेकाे भन्दै बन्द हडताल समेत हुन थालेका छन् । ओलीको कदमकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । बाहिर देखिने र देखाइने भन्दा पार्टीभित्रका गुटका स्वार्थजन्य र स्वभावजन्य टकरावहरुकाे लामै फेरिस्त देखिन्छ । याे टकरावका पछाडि विदेशी ‌स्वार्थकाे डरलाग्दाे चलखेल पनि अनुभव भैरहेकाे छ ।

                                                                                           कामरेड  प्रचण्ड अनाैठा र आश्चर्यजनक शब्दावली र वाक्यहरु प्रयोग गरेर झन् मसला छरिरहेका छन । उनी नेपालको   ठूलो जनयुद्ध भनिने रक्तपातपूर्ण आन्दोलन गरेर मुलधारकाे राजनीतिमा आएका हुन । दुई  पटक देशको  प्रधानमन्त्री भैसकेका उनि विगत साढे दुई दशकदेखि सकारात्मक वा नकारात्मक ढंगले नेपालकाे राजनीतिकाे चर्चाको शिखरमा छन् र कुनै समयमा नेपाली जनताले धेरै आशागरिएका व्यक्ति पनि हुन् तर अहिले उनी  सार्थक तर्क भन्दा बाहिर बेलाबखत भड्किने गरेका देखिन्छ ।

                                                                                                                                         प्रचण्ड राजनीतिबाट ओलीको  पत्ता साफ गर्न मासु खाने आन्दोलन गर्ने भनिरहेका छन् । टाउको फाेर्ने कुरा गरिरहेका छन । ओली तिनकै उत्ताउला भनाइहरु माथि  टिप्पणी गर्दै तर्कपूण भन्दा हास्यपूर्ण  खिसीट्युरी गरिरहेका  छन् । शैलीका हिसाबले उनको वाक्पटुताका सामु माओका स्वघाेषित चेला प्रचण्ड लगभग फिक्का देखिन्छन् ।  स्वघाेषित यस अर्थमा कि भारत पिडित नेपालमा क्रान्ति गर्न भारत कै गाेप्य सहयाेग लिईने अनाैठाे माओवाद हाे उनको । जुन प्रमाणित भैसकेको छ । सबैले  जानेको माओवाद भनेको संकटको समयमा देशभित्रका प्रतिपक्षीसंग एकता गरेर भएपनि बाहिरी प्रतिक्रियावादीसंग संघर्ष गर्नु माओवाद हाे । उनले अब  ओलीका विरुद्ध शाकाहारी हाेईन माँसाहारी आन्दोलन गर्ने  अभिव्यक्ति दिएका छन् । विगतकाे उनकाे गैरशाकाहारी जनयुद्धलाई नरुचाउने जनमत देशमा सानाे छैन । अहिले उनि छापामार युद्धमा छैनन् । त्यसलाइ उनले बिट मार्न तदारूकता नदेखाएकाे भएपनि दिल्लीकाे मध्यस्थतामा सम्झाैतामा टुंग्याइसकेका छन् । उतिबेलाका उनलाई साथ दिने लडाकाहरु समेत प्रचण्डबाट निराश छन् । याे प्रतिकुल अवस्थाकोआँकलन उनले गरिरहेकाे देखिदैन । उनि अहिले पहिला दुत्कार्नेृ गरेकाे पूँजीवादी संसदीय व्यवस्थामा अभ्यास गरिरहेकाे उनले किमार्थ बिर्सन मिल्दैन । याे स्थितिमा नेपाललाई मासुखाने आन्दाेलन चाहिएको हाे र अहिले ? ६०१ काे जागिर अदालतले थमौती गराेस् कि चट् पाराेस् जनतालाई मतलबकाे कुरा अब भएन । किनकि त्याे दुवै अवस्था मुलुककाे हितमा हुने देखिदैन । त्याे आन्दोलन राजनीतिक गुटहरुकाे सत्ताकाे लुछाचँडीकाे अभिव्यक्ति मात्र हाे ।  देशमा अशान्ति र अस्थिरता नहाेस भन्ने चाहना हाे जनताको । त्यसमाथि तुषारापात भएको देखिदैैछ । 

                                                                                                                                                               भाषण सुन्न आएका वा ल्याईएका मानिसहरुकाे भीड देखेर हाैसिने कुरा आफुले आफैलाई धाेका दिनु हाे । राजा ज्ञानेन्द्रले मानिसहरुकाे भीड देखेर सुन्ने देख्ने राजा बन्ने महत्वकांक्षाग्रस्त भए र धाेका पाए । रेफ्रीको भूमिकामा रहेको भारतले समेत नयाँ प्रणालीमा कहिँ स्थान दिने आश्वासन दिएर  पछि उनलाई  घात गरेकोे थियोे । यस कुराका साक्षी करण सिह थिए । भीड अराजकतामा रमाउने चरित्रको हुने हुनाले प्रचण्ड भीडका अगाडि रमाउने गर्दछन् । उनका अभिव्यक्तिले लाग्छ उनमाथि कही्बाट चर्को दबाव छ  । सबैलाई थाहा छ, शान्तिप्रकृयामा आउँदा उनले धर्मनिरपेक्षता, जातिय सवायत्तता सहितको संघियता र गणतन्त्रका एजेन्डा बाेकेर आए । घटनाक्रमले प्रष्ट  पर्दछ कि ती एजेन्डाहरु बाहिरी स्वार्थहरुले प्रचण्डलाई बाेकाएर पठाएका थिए । जुन नेपाल जस्तो गरीब देशलाई बाेक्न वाध्य पारियो । जे भएपनि अब याे व्यवस्थालाई राम्रोसँग कृयाशील बनाउदा नै देशमा प्रचण्डलाई स्थापित हुने निश्चितता प्राप्त हुनेछ ।  यदि प्रचण्डले उनले ल्याएका भनिएका एजेन्डा देशमा  स्थापित  गराउन सकेनन् भने उनले गाैरवशाली भन्ने गरेकाे विगतलाई अपराध र देशद्रोहकारुपमा परिभाषित गरिने पक्का छ । त्यस्बेला उनको साथमा न माधव नेपाल हुने छन् न झलनाथ र वामदेव नै । किनभने उनको विगतका भागीदार उनिहरु हाेईनन् । उनको गुटका केही एमालेहरु अहिले प्रचण्डले नै सबै कुरा बनाएको, सबै नेताहरूलाई उनैले बनाएको भनेर फुर्क्याए पनि त्याे दिगो रहने छैन । प्रचण्डको छवि धेरैजसाे मानिसमा  सत्ताका लागि मरिहत्ते गर्ने, सहयात्रीलाई धाेका दिने, अस्थिरताकाे संवाहक र परिवारवादीका रुपमा रहेको छ । त्यसकाे सत्यता बारे उनले जनतालाई भावनात्मक र उत्तेजनाले हाेईन तत्थ्यले आश्वस्त पार्नु पर्दछ ।

                                                                                                                                                    यदि समयमा नै महाधिवेशन भएकाे हुँदाे हाे त सैद्धान्तिक बहसका कारण विभाजन  एमाले र माओवादीकै रुपमा हुने थियो । त्यसले संसदीय गणितमा तलमाथि पर्ने नै थियोे । महाधिवेशन नभएको कारण विभाजन त्यसरी भएन । जसले गर्दा पूर्व एमालेको एउटा हिस्साकाे साथ पाएका प्रचण्ड हाैसिएर उत्ताउलो बाेली  बाेल्दै  हिड्नु उनकालागि महँगो पर्न सक्छ । उनी अरु भन्दा बढी संयमित हुनुपर्ने हाे ।  सभ्य र शिष्ट विराेध गर्न सकिन्छ भनेर बुझ्दा उनैलाई फाईदा हुनेछ ।                                                                   









                                                                                                                                                           

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष