कवितारामका स्वीकृति र अस्वीकृतिहरूबीच घोत्लिँदा
साहित्य समकालीन साहित्यमा प्रकाशित मेरो लेख साभार गरेको छु - बाबुराम पाैड्याल पूर्वोत्तर भारतको लामो बसाईंमा मैले विभिन्न ठाउँहरूमा हुने गरेका साहित्यिक चर्चापरिचर्चाहरूमा तरलवाद, स्वभाववाद बुट पालिसबारे सुन्दै आएको हुँ । सन् १९९३ को जाडोमा मेघालयको जयन्तिया पहाडको मेरो ६ महिने बसाईमा पनि युवा साहित्यिक सहयोद्धा वीरेन्द्र तुम्बापो ‘प्रतीक’ र प्रकाश शर्मा ‘सङ्गम’ बीच लामा लामा, साहित्यिक र दार्शनिक छलफलहरू हुने गर्दथे । स्वभावले उहाँहरू म भन्दा बढी भावूक हुनुहुन्थ्यो र कविता लेख्नमा खप्पीस । तर म अलिक कठोर जस्तो एकोहोरो छिट्टो भावुक नबन्ने । स्वभावका दृष्टिले उहाँहरू तरल र म ठोस मानिन्थ्यौँ । यस्तै ठोस र तरलका कुराहरू चल्दाचल्दै घनवादी तेस्रो आयाम र फणिन्द्रजीहरूको तरलताको कुरा खुब चल्थ्यो । यसैक्रममा कवितारामका प्रस्तावनाहरूमा पनि पुग्थ्यौँ हामी । त्यही रहँदा हामीले साहित्यमा यथार्थ नैतिकता र सौन्दर्यको सामाजिक र द्वन्द्वात्मक वस्तुवादी अक्षुण्य अन्तरसम्बन्ध हुनुपर्छ भन्ने सोचमा पुगेका थियौँ र यसको प्रसारलाई परिष्कार अभियान भनेका थियौँ । जीवनलाई पदार्थको कुनै ए...