संदेश

अगस्त, 2025 की पोस्ट दिखाई जा रही हैं

फेरि चीन र भारतले लिपुलेकमा नेपाललाई बेवास्ता गरे

चित्र
भारत र चीनले लिपुलेकबाट व्यापार गर्ने  सहमती गरेको यो पहिलोपटक भने होईन । सन् १९५१ मा चीनले तिब्बतमाथि अधिपत्य कायम गरिसके पछि अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भएको भारत र चीनले यो नाकाबाट व्यापार गर्ने उद्देश्यले सन् १९५४ सम्झौता गरेका थिए । AI credit   अमेरीकाले शुरु गरेको व्यापार युद्धले विश्वको भू र अर्थराजनीतिमा भूकम्प आईरहेको समयमा चीनका विदेशमंत्री वाङ यीले १८ अगस्तदेखि क्रमशः भारत अफगानिस्तान र पाकिस्तानको यात्रा सम्पन्न गरेका छन् । उनको यो यात्राले दक्षिण एशियाको रणनीतिक समीकरणमा महत्वपूर्ण फेरबदलको संकेत गरेको छ । उनि भारतमा रहँदा चीन तर्फका लिपुलेक लगायत हिमाचल प्रदेशको सिप्कीला र सिक्कीमको नाथुला नाकाहरु व्यापारकालागि खुल्ला गर्ने दुईपक्षीय सहमती पनि भएको छ ।  नेपालले सन् १८१६को सुगौली सन्धीका आधारमा आफ्नो दावी गर्दैआएको लिपुलेकबाट आफुलाई सहमतीमा नलिईकन दुईपक्षीय सहमति भएपछि त्यो सहमतिप्रति विरोध जनाएको छ । त्यसको प्रतिवाद गर्दै भारतले त्यो क्षेत्र भारतको भएको भन्दै प्रतिवाद गरेको छ । नेपाल र भारतबीच सिमा विवाद लिपुलेक लिम्पियाधुरामा मात्र सिमित छैन । अन्य धेरै ठ...

ओलास्का वार्ता , ह्वाईटहाउस बैठक र भारतको बदलिंदो कुटनीति

चित्र
 युक्रेनलाई रुस विरुद्ध युद्ध गर्न उक्साएका शक्तिहरु मध्येको प्रमुख अमेरीकाले रुसप्रति नरमी देखाएपछि युक्रेनले युद्ध चलिरहँदा अझै ठुलो क्षतीको सामना गर्नपर्ने अवस्था देखिएको छ । अमेरिकी नेतृत्वको सामरिक गठबन्धन नाटो र रुसको स्वार्थको टकरावमा पिसिएको  युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ । युक्रेन रुसबिच सन् २०२२ देखि चलिरहेको युद्ध रोक्ने उद्देश्यले  अगस्त १५ तारिखमा आयोजित रुसी राष्ट्रपति पुतिन र अमेरीकी राष्ट्रपति ट्रम्पकोे बहुप्रतिक्षित ओलास्का शिखरवार्ता केही दुवैपक्षबीच केही कुरामा समझदारी भएको बताईए भएपनि देखिने गरी कुनै सहमतीविना सकिएको छ । यसरी युद्धविराम तत्काल नहुने भएको छ । युद्धबाट पिडित युक्रेनको सहभागिताविना भएको यो वार्ताबाट सोचे अनुशारको सफलता नदेखिए पनि यसले सहमतीमा पुग्न वार्ताको ढोका खोलेको दुवैपक्षले बताएका छन् । यो अन्यौलताले युक्रेन र युक्रेनलाई रुसलाई रक्षात्मक स्थितिमा पुर्याउन सहयोग दिनपर्ने बताउदै आएका युरोपेली देशहरुमाथि चर्को दबाव परेको छ । राष्ट्रपति ट्रम्पले अलास्काबाट फर्केपछि युरोपेली देशका र युक्रेनी राष्ट्रपति जेलेनेस्कीसंग ह...