बोआओमा नेपाल गएन किन

           
     बोआओ फोरमको गत मंगलवार शुरु भएको यसपटकको वार्षिक सम्मेलनमा नेपालको अनुपस्थितिलाई लिएर अहिले चर्चा चलिरहेको छ । एशियाको “दाभोस”का नामले परिचित यो संम्मेलन वर्षेनी चीनको हेनानमा चीनको आयोजनामा सम्पन्न हुने गरेको छ ।
      चैत्र २५ गते आइतवार भारतको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमंत्री खड्गप्रसाद ओली एक दिनपछि शुरु हुने बोआओमा भागलिन जाने भन्ने कुरा सामान्यतय असम्भव जस्तै देखिन्छ । तर पनि प्रधानमंत्री ओली पहिलो भारत भ्रमण गरेर परम्पराको निर्वाह गरेका हुन् भनेर सोच्नेहरुको कमि थिएन । त्यसैले उनि राष्ट्र वा सरकार प्रमुखहरुले औपचारिक सहभागिता जनाउने बोआओमा ओली आफै जाने अड्कल पनि काटिएको थियो ।

     अघिल्लो पटक नाकाबन्दीपछिको भारत भ्रमणमा दिल्लीले नया संविधानलाई समथर्न नगरेकोले फर्के लगतै कुटनीतिक दिन चीन भ्रमणमा गए जस्तो स्थिति यसपटका थिएन, उ आफ्नो पुरानो अडानबाट एककदम पछाडी हटेको थियो । त्यसैले हतारोमा चीनतिर जानु उचित नहुने सोच सरकारको थियो । बोआओ सम्मेलनको अवसर पारेर चीनको औपचारिक भ्रमण गर्नु पनि भ्रमणको कुटनीतिक वजन कम हुने हुंदा बोआओ प्रथमिकता नपरेको कुरा पनि सरकारीवृत्तमा सुनिन्छ । चीनको भ्रमणलाई कुटनीतिक रुपले उच्च महत्व दिन पनि बोआओमा सहभागिता नजनाइएको एक निकटस्थ सुत्रबाट जानकारी आएको छ ।

     चीनले भने बोआओमा नेपालको सहभागिताप्रति आशावादी रहेको कुरा आफ्ना कुटनीतिक च्यानलबाट अवगत गराऊंदै आएको थियो । संभवतः उ अघिल्लो पटक ओलीले गरेका सम्झौताहरुमा नेपालको क्रमबद्ध सहभागिता बलियो बनाउन चाहान्थ्यो । अर्कोपक्ष यो पनि हुन सक्छ कि ओबीओरलाई लिएर कतिपय कमजोर अर्थव्यवस्था रहेका  सहभागि देशहरुमा समस्याहरु देखा परिरहेका छन् । अन्तराराष्ट्रिय मुद्राकोष लगयतका संस्थाहरु र शुरुदेखि नै ओबीओआरप्रति शंकाको दृष्टिले हेरिरहेका देशहरुले यसमा आबद्ध २३ राष्ट्रहरुले आर्थिक संकटको सामना गर्नु पर्ने भन्दै आएका छन् । त्यसमा दक्षिण एशिया का पाकिस्तान, माल्दीवस र श्रीलंका पनि रहेका छन् । यस अर्थमा पनि ओबीओआर संम्मेलनमा नेपालको सहभागिताले अवश्य पनि चीनकोलागि महत्व राख्दथ्यो ।
     सो सम्मेलनमा नेपाल सरकारका तर्फबाट उच्चस्तरिय नभए पनि प्रतिनिधित्व रहनु उपयुक्त हुन्थ्यो भन्ने कुरामा दुईमत छैन । आगामी बैशाख ३ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञावली चिनिया राष्ट्रपति सीजीम्पीङको आगामी नेपाल भ्रमण बारे आपसी सरसल्लाहकालागि चीन जांदै छन् । त्यहां पनि बोआओमा नेपालको अनुपस्थितीबारे चीनले कुरा उठाउने संभावना छ ।        
                   

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष