नरेन्द्र मोदी र भ्लादिमिर पुटिन सोचीमा


               

भारतिय प्रधानमंत्री नरेन्द्र मोदी सोमवार अर्थात् बैशाख सात गते बिहान रुसको राजधानी मस्को भन्दा बाहिर सोची शहर तर्फ उडेका छन् । सोची रुसको समूद्रको किनारमा अवस्थित सुन्दर शहर हो । सोचीमा उनले रुसी राष्ट्रपति पुटिनसंग भोलि भेट्ने छन् । यो भेटलाई पनि अनौपचारिक शिखर सम्मेलनको संज्ञा दिईने छ । पुरानो सम्बन्ध रहेका यी दुई देशका प्रमुख नेताहरु बीचको भेट निश्चय नै महत्वपूर्ण छ ।

यो भेटको तरतम्य मिलाउन अप्रेलमा भारतीय रक्षामंत्री निर्मला सितारमन र मईमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभल मस्को पुगेका थिए । मोदी र पुटिनबीच बद्लिंदो अन्तरराष्ट्रिय सन्दर्भमा वातचित हुने छ । यसबाहेक भारतीय प्रतिरक्षा प्रणालीलाई विकसित गर्ने बारे दुई नेताबीच कुराकानी हुने बताईएको छ ।    


मोदीले अघिल्लो महिना बेईजिङ भन्दा बाहिर युवान शहरमा चिनिया राष्ट्रपति सी जिम्पिङसंग यसैगरी अनौपचारिक भेट गरेका थिए जसलाई शिखर सम्मेलनको संज्ञा दिइएको थियो । मुद्दाहरु फरक भएपनि यसपटको उनको रुस भ्रमण र पुटिनसंगको भेटको तौर तरीका मिल्दोजुल्दो देखिन्छ । उनको नेपाल भ्रमणको शुरुआत पनि राजधानी काठमाण्डौ भन्दा बाहिर हिन्दुहरुको पवित्रस्थल जनकपुर शहरबाट भएको थियो तर यो भ्रमण भने राजकिय थियो ।


पछिल्लो केही समयदेखि मोदीको कुटनीतिक सक्रियता नयां ढंगले अगाडी बढेको देखिन्छ । यसको दीर्घकालिक राणनीति अहिल्यै यकिन गर्न नसकिए पनि तात्कालिक परिस्थिती भने कम महत्वको देंिखदैन ।


यतिबेला अमेरिका र अरु पश्चिमा शक्तिहरु सिरियामा विद्रोही माथि रुस समर्थित असद सरकारले रासायनिक अस्त्र प्रयोग गरेको भन्दै रुसमाथि नै प्रतिबन्ध लगाएको स्थितीमा छन् । अर्कोतिर छ देशहरु सहित ईरानसंग गरिएको परमाणु सन्धिबाट अचानक अमेरीका पछाडी हटेपछिको स्थितीमा पनि पुटिन र मोदीको भेटले अमेरिका र पश्चिमाप्रतिको भारतीय दृष्टिकोणमा परिवतर्नको शंका गर्न थालिएको छ ।


रुससंग पाकिस्तान र चीन दुवैसंग राम्रो संबन्ध रहेकोले मोदी र पुटीनबीचको वातचितले केहि प्रभाव पर्ला कि भन्ने सोचिएको छ । भारतले पाकिस्तानलाई आतंकवादी भन्दै आएकोमा यो सवाल यो वार्तामा पनि उठाउला कि भन्ने आशंका पनि गरिएको छ ।
   


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष