संदीप लामिछाने दिल्लीबाट नेपाल फर्के

संदीप लामिछाने दिल्लीको क्रिकेटक्लब डेयरडेभिल्ससंग इंडियन प्रिमियर लिगकालागि अनुबंधित खेल सकेर नेपाल फर्किएका छन् । दिल्लीले यो सिजनको प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न भने सकेन ।

आई.पि.यल.का खेलाडीहरुको चयनकालागि भएको अक्सनमा सहभागि ५ सय ७८ खेलाडीहरुबाट ७६ नम्वरमा रहेका संदीपसंग २० लाख  रुपियांमा दिल्लीले अनुबन्ध गरेको थियो ।

संदीपको विश्वकै चर्चित मानिने इंडियन प्रिमियर लिगमा प्रवेशले उनलाई चर्चाको शिखरमा पुर्यायो । भनिन्छ, उनको प्रतिभालाई पहिचान गर्ने क्रिकेटका विश्वहस्तीहरुकै कारण उनलाई यो सफलता पाउन बाटो सहज भएको हो ।

झण्डै दुई वर्ष पहिला अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कसंग संदीपको भेट एउटा खेलको दौरानमा भएको थियो । क्लार्कले उनलाई आफ्नो क्रिकेट एकेडेमीमा तालीमकालागि अष्ट्रलिया बोलाएका थिए ।
   दिल्लीका प्रशिक्षक अष्ट्रेलियन रिक्की पोण्टिङले पनि संदीपको प्रतिभालाई चिनेका हुनाले पनि उनलाई दिल्ली आउन उत्साहित गरेका थिए । अनुबन्धित भएरै पनि उनले धेरैपछि मात्र खेलमा डेव्युको मौका पाए । यसले दिल्लीलाई ठूलो घाटा भएको भन्नेहरु पनि छन् ।
संदीपलाई दिल्लीले खेल हेर्नकालगि अनुबन्ध गरेको भनेर व्यंग्य समेत गरियो । संदीपको डेव्युपछि भने दिल्लीको खेलमा धरै सुधार देखिनुले पनि दिल्लीलाई पश्चाताप परेको हुन सक्छ । तर यो सुधारले दिल्लीको असफलतालाई सफलतामा बदल्न संभव थिएन । दिल्लीका कप्तान र प्रशिक्षकको विवादले गर्दा खेलमा संदीपको डेव्यू समयमा हुन नसकेको भन्ने चर्चामा आएको छ ।
यहि महिना बेलायतको लर्डस् मैदानमा हुने आईसीसी विश्व ११ को टीममा खेल्न उनि छनौट भैसकेका छन् । यो उनको अर्को सफलता हो । उनको यो सफलतामा पहिलो नेपाली हुनुको गर्व पनि छ ।
   
 
 


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष