सपनाको वरीपरी सरकारको नीति र कार्यक्रम


         सात गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम संसदमा संबोधन भयो । बलियो वामपंथी सरकारले ल्याएको नीति तथा कार्यक्रम उसको आगामि कार्यदिशा भएको हुदा यसले विषेश चर्चा पाउनु स्वभाविक हो ।
विकास बजेटको बीस तीस प्रतिशत पनि समयमा खर्च हुन नसकेर रकम फ्रीज हुंदै आएको देशमा कार्यक्रम र बजेट जस्ता कुराहरु औपचारिकता मात्र पुर्याउने संस्कृति मौलाउंदै आएको छ ।
सपना नदेख्ने हो भने विकास हुंदैन भन्दै आएका प्रधानमंत्री ओलीको सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि निश्चय पनि सपना अभिमुखी छैन भनेर तर्क गर्नु उचित नहोला । तर पांचवर्ष समेटिएको नीति र कार्यक्रममा यथार्थको वेवास्ता गरियो भने त्यो सपनाकोलागि सपना मात्र हुने छ । नेपालीहरुले अहिलेसम्म विकासको सपनामात्र देख्दै आएका छन्, विकासको यथार्थ होईन ।
सुन्दा आनन्द लाग्ने लक्ष्यहरु नीति र कार्यक्रममा परेका छन् । पांच वर्षभित्र ५००० मेघावाट र दश वर्षभित्र १५००० मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य पनि अहिले हेर्दा सपना मात्रै हो कि जस्तो देखिन्छ । काठमाण्डौ नीजगढ द्रूतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र मदन भण्डारी लोकमार्ग पांच वर्षभित्र पुरागर्ने लक्ष्य राखिएको छ । यी मध्ये धेरैको कार्य जारी रहेकोले असंभव नभए पनि अहिलेसम्मको शैलिले संभव हुने देखिंदैन ।
    पांच वर्षमा दुई अंकको आर्थिक वृद्धिदरको लक्ष्य महत्वकांक्षी छ , यसले लक्ष्य पाउन नसक्ने अर्थविद्हरुले भनेका छन् । यी लगायत रेलमार्ग जलमार्ग अरु धेरै कुरा कार्यक्रममा परेका छन् ।
कति पुरा र कति अपुरो कति राम्रो नराम्रो भन्ने कुराहरुले खासै अर्थ राख्ने देखिन्न किनभने यस संदर्भमा नेपालीले निराशा नै भोग्दै आएका छन् । यो सरकारले पुरा गरेर देखाओस् अनि विश्वास गरौंला ।  


                                       



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष