म्यानमारमा हिंन्दूहरुको आमहत्याको पुष्टि

म्यानमारको राखिने प्रान्तको उत्तरपश्चिमी दुर्गम क्षेत्रमा रोहिंगिया विद्रोहीहरुले गत वर्ष ९९ जना
हिन्दुहरुको निर्मम हत्या गरेको मानवाधिकारवादी संगठन एम्नेष्टी ईन्टरनेशनलले जनाएको छ ।
यो हत्या रोहिंगिया सशस्त्र विद्रोही संगठन अर्कान रोहिंगिया साल्भेशन फ्रन्टले गरेको जनाइएको छ ।
यसलाई अल यकिन नामक जेहादी संगठनका रुपमा पनि चिनिन्छ ।
संस्थाका अनुशार दुर्गम खा मोङ शेक गाऊंका ५३ जनालाई गत अगस्तमा हत्या भएको थियो ।
सितम्बर महिनामा त्यहांका ४५ जनाका शवहरु चिहानबाट झिकिएको थियो । अरु बांकी हत्याहरु 
ए बक खेर गाऊमा भएको बताईएको छ ।
रोंिहगिया अल्पसंख्यक मुसलमानहरुमाथि सरकारी दमन भएको भनेर गत वर्षभरि म्यानमार
सरकारको तीव्र आलोचना भयो । प्रजातन्त्रवादी नेतृका रुपमा चिनिएकी आङसाङ सुकीको समेत् 
आलोचना भयो । हजारैं रोहिंगियाहरु राखिने प्रान्तबाट डुंगाहरुबाट बंगलादेश आए । त्यहां अहिले 
पनि उनिहरु शरणार्थि शिविरमा रहेका छन् । अन्तराष्ट्रिय दवावपछि शरणार्थिहरु फिर्ता गरी
पुनरस्थापनको सहमति बनेको छ ।
पछिल्लो हिन्दुहरुको हत्या रोहिंगियाहरुबाट भएकोे पुष्टि हुंदै गएपछि रंगुनको सरकारमाथि
अन्तरराष्ट्रिय दवाव कम हुनसक्ने जनाईएको छ ।   


टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष