मोदीको नेपाल भ्रमण र नेपाली मनस्थिती



भारतीय प्रधानमंत्री नरेन्द्र मोदी नेपाल आउने मिती नजिकिंदै जांदा विभिन्न कोणहरुबाट नेपालमा विरोधका स्वरहरु सुनिन थालेका छन् । विगतमा भारतसंग नेपाल र नेपालीहरुका नमिठा अनुभवहरु छन् । यसको अर्थ यो किमार्थ होईन कि भारतसंग सुखद र सहयोगी साथ नेपालले पाएको छैन । यसर्थ नेपाल र नेपालीले आवेगात्मक पूर्वाग्रह राख्नु उचित हुदैन भनेर बुझ्नु उपयुक्त हुनेछ । नेपालीहरुले भारतलाई उत्तेजित अनयासै पार्ने अशिष्ट कार्य गर्न हुंदैन ।
भारतले  नेपालमाथि जेसुकै गरेपनि नबोलीकन सहनु पर्छ भन्ने खाटी राष्ट्रवादीहरुको संख्या पनि नेपालमा छ । यो परम्परावादी सोचले नेपालको अस्तित्वमा नै आंच आउने छ भन्ने सत्यताको अनुभूति हुन जरुरी छ । भारतलाई निरपेक्ष गाली गरेर मात्रै नेपाली राष्ट्रवाद प्रमाणित हुन्छ भन्ने सोच पनि गलत नै हो । नेपालका हितमा निर्धक्क, शिष्ट र कुटनीतिक अडान राखेर नेपाल र नेपालीको सिर ऊचो राख्न सकिन्छ भन्ने कुराको हेक्क राख्न जरुरी छ ।
नेपालमा भारत विरोधी मनोभावनाको खेती गर्न सबैभन्दा धेरै हात भारतको नेपालप्रतिको गलत नीतिको रहेको छ । यो कुराको अनुभव भारतले पनि गर्नुको विकल्प छैन । नेपालीहरुले भारतसंग शत्रुता चाहेको होईन, सम्मानजनक मित्रता चाहेको हो । नेपाल र भारत दुई राजनीतिक अस्त्विमात्र होईन् भौगोलिक र सास्कृतिक निकटता पनि छ । यतिबेला भारतीय प्रधानमंत्री मोदी नेपालमा पाहुना भएर आऊंदै छन् । उनको अपमान भनेको सहिष्णुताको प्रतीक जस्तै रहेको नेपाली संस्कार र संस्कतिको पनि अपमान हो ।   


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष