भारतीय संसदमा अविश्वासको प्रस्तावः चुनावी प्रोपोगान्डा
भारतको संसदमा भारतीय प्रधानमंत्री नरेन्द्र मोदी नेतृत्वको सरकारका विरुद्ध विपक्षी तेलगु देशम् पार्टी ( टीडीपी) ले अविश्वासको प्रस्ताव प्रस्तुत गरेको थियो । प्रस्तावको समर्थनमा पछिल्ला केही दिनहरुमा कांग्रेसको नेतृत्वमा बन्दै गएको गठबन्धन रहेको थियो ।
विगतमा भएका उपचुनावहरुमा सत्तारुढ भारतीय जनता पार्टीको सत्तारुढ गठबन्धन विरुद्ध पाएको सफलताबाट उत्साहित रहेका विपक्षीहरुले यो अविश्वासको प्रस्ताव ल्याएका थिए । मुलतः यो प्रस्ताव पारित भएर नरेन्द्र मोदीले सत्ताबाट बाहिरिनु पर्ने संभावना नरहेको भएपनि अर्को वर्ष हुने आमचुनावलाई हेरेर सरकारले चारवर्षसम्म गरेका कामहरुमा रहेका खोटहरुलाई मुद्दाका रुपमा प्रयोग गर्दै जनतामा आफ्नो लोकप्रियता बढाउने विपक्षको योजना थियो ।
सरकार पनि आफूले गरेका कामहरुको बचाउ गर्ने पूरा तयारीमा रहेको देखिन्थ्यो । विपक्षिहरुको आरोपहरुको तर्कपूर्ण खण्डन गरेर आगामी आमचुनावमा आफ्नो साख बचाउने सरकारको पनि उद्देश्य थियो ।
चुनावी प्रोपोगाण्डाका रुपमा विपक्षले ल्याएको यो प्रस्ताव शुक्रवार विश्वास गरिए अनुशार नै विफल भएको छ । विपक्षले दावा गरे अनुशारको मत भने उनिहरुको पक्षमा परेको देखिएन । कांग्रस अध्यक्ष राहुल गान्धीले सरकारलाई आरोपैआरोपको कठघरामा घेर्ने प्रयास गरेका थिए भने प्रधानमंत्री मोदीको प्रत्यूत्तर पनि कम प्रभावकारी थिएन ।
समग्रतामा यो मिशनबाट विपक्षले आशागरे अनुशारको सफलता हात पार्न सकेको जस्तो देखिंदैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.