नेपाल बन्द : नेपाली जनता कसैका दास होईनन्

 
 आमजनतालाई त्रासमा पारेर गरिने जुनसुकै कार्य अनैतिक र निंदनीय छ।  नेपाळ बंद ले आन्दोलनकारी ले नाक त ठड्याउलान जनताको पीड़ाको कस्ले हेक्का रखने ?


जन्ति सबार बिहेको  गाडी
                      
आज फाल्गुण ३० गते विहिवार नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेपाल बन्दको आह्वान गरेकोले देशको धेरै जसो ठाँऊहरुमा बन्दको प्रभाव परेको छ । देशका विभिन्न स्थानमा आवश्यकिय प्रयोजनले संचालनमा रहेका सावरी साधनहरुमा आगजनी र क्षती पुर्याईएको र सार्वजनिक स्थानहरुमा शंकास्पद वस्तुहरु राखेर मानिसहरुलाई आतंकित बनाएर बन्द गराउने अनुचित कार्य गरेर जनतालाई आफ्नो दैनिकीलाई अवरुद्ध पार्ने र त्रासको साहारा लिएर बन्द सफल पार्ने काम भएको छ ।

साँझपख अब कामरेड विप्लवले एउटा विज्ञप्ती निकाल्ने छन् र भन्ने छन् । जनताले उनको आव्हानलाई मानेर बन्द सफल पारेका छन् । अर्थात् जनता सबै उनको पक्षमा छन् । यतिमात्र होईन उनले बन्द सफल बनाईदिएकोमा जनतालाई धन्यवाद समेत टक्राउने छन् । बन्दका दौरान उनको पक्षबाट भएका सबै अप्रिय घटनाहरुप्रति सरकार नै उत्तरदायी भएको पनि उनले क्रान्तिकारी ढंगले भन्ने छन् । यस्तो अनुचित बोली नेपाली जनताले विगतमा हज्जारौं पटक देख्दै, भन्दै र सुन्दै आएका छन् । नेपाली आन्दोलनमा यस्तो बोली बोल्ने विप्लव नै पहिलो निर्लज्ज व्यक्ति भने होईनन् । अहिले सिंहदरवारमा मस्ती गरिरहेका कतिपयहरुले विगतमा जनताको रोजीरोटीमाथि आघात गर्दै दादागिरी शैलिमा बन्द गदै आएको सबैका मनमा अझै ताजै छ ।


निरिह जनतालाई अप्ठ्यारोमा पारेर गरिने राजनीतिक आवरणको आतंक निरंकुशता हो यो कदापि क्रान्ति हुन सक्दैन । राजनीतिक परिवर्तनले मात्र देशले कुनै उपलब्धि पाउन सक्दैन भन्ने कुरा नेपालबाटै प्रमाणित भैसकेको छ । विकासको हेक्का नराखि गरिने आन्दोलन अराजकता तथा समाजलाई पछाडि धकेल्ने प्रपन्च    बाहेक केही हुनसक्दैन । अब पनि नेपालीको रगतको खोलो बगाउने कार्य सहनिय हुनसक्दैन ।


      

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष