पोखरा महानगरको ७६—७७ को बजेट : पर्यटन विकास ओझेलमा
पोखरा नेपालकै प्रमुख पर्यटकीय शहर मध्ये एक भएको हुनाले त्यसलाई छोडेर पोखराको विकास अधुरो रहने छ।
देशको दोस्रो ठुलो पर्यटकीय शहरका रुपमा परिचत पोखरा महानगरपालिकाले आगामी आर्थिकवर्षकालागि ७ अर्ब ५४ लाख रुपैयाँको बजट यहि असार १० गते सार्वजनिक गरेको छ । बजेटमा संघीय सरकारको अनुदान २ अर्ब ८९ करोड ७६ लाख ८० हजार प्राप्त हुने अनुमान गरिए पनि जेठ मशान्तसम्म २ अर्ब २७ करोड १८ लाख २६ हजार प्राप्त भै सकेको जनाईएको छ भने आन्तरिक आम्दानी तर्फ २ अर्ब ९१ करोड ६३ लाख ७८ हजार अनुमान गरिए पनि जेठ मशान्तसम्म १ अर्ब ३५ करोड संकलन भएको उल्लेख छ । राजस्व आमदानीको निश्चितता भने असार मशान्तसम्ममा हुनेछ । हालसम्म ६५ प्रतिशत लक्ष्य हासिल भएको र त्यसबेलासम्म लगभग लगभग ८० प्रतिशत लक्ष्य हासिल हुने महानगरको अनुमान रहेको छ ।
बजेटले सडकसजांल र त्यसको स्तरोन्न्तीलाई उच्चप्राथमिकता दिएको देखिन्छ । तर, पर्यटन क्षेत्रलाई भने उपेक्षा गरिएको छ । महानगरको आन्तरिक व्यवस्थापनमा सुधारमा केही गर्ने प्रयास गरिएको भए पनि त्यतिले मात्र पर्यटनलाई टेवा पुग्ने देखिन्न । बाहिरबाट आउने पर्यटकहरुलाई आकर्षण गर्ने खालको सोच बजेटमा नदेखिनु आश्चर्य लाग्दो नै छ ।
वातावरण र अन्य केही शिर्षकमा पर्यटन विकासमा नै विनियोजन गरिएको देखाउन सकिने भए पनि त्यतिले मात्र पर्यटनको सुधार गर्ने क्षेत्रमा पर्याप्त देखिंदैन । पोखरालाई पर्यटन विकासमा अझै धेरै संभावना रहेको शहरका रुपमा लिईन्छ । पर्यटकहरुलाई धेरैभन्दा धेरै पोखरामा व्यस्त राख्ने लक्ष्य लिएर पूर्वाधार विकास गर्न पर्ने आजको आवश्यकता हो । फेवा बेगनास लगायतका अन्य तालहरुको सम्रक्षण र तिनको शौन्दर्यीकरण, हिमश्रृंखलाहरुको दृश्यावलोकनको उचित प्रबन्धनको आवश्यकता पनि उतिकै छ । पोखरा भन्दा बाहिरका रमणिय स्थानहरुमा पर्यटकहरुलाई रहने बस्नकोलागि सहयोगी स्थानहरुको विकास गर्न सके यसले पर्यटन क्षेत्रलाई बढी उत्पादनमूलक बनाउने छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.