वामदेवको सत्ता भोक र नेकपा
विस्तारै जनतामा सेलाऊँदै गएको नेकपाको लोकप्रियताप्रति सजग हुनु पर्नेमा नेकपाभित्रका गुटहरुबीच चलिरहेको खुट्टा तान्ने ओलम्पिक खेलले राम्रो परिणाम दिने छैन ।
नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आमनिर्वाचनमा चुनाव जितेर संसदमा पुग्न सकेनन् । तर, उनि जसोतसो उनि आफु संसदमा पुग्नै पर्ने त्यतिमात्र होईन प्रधानमंत्री बन्नै पर्ने अड्डी लिएका खबरहरु बेलाबखत विगतमा आउने गरेका थिए र यसपटक पनि यो खबरले मिडियाहरु भरिए ।
यसअघि उनिले उपत्यकाका एक सांसदलाई राजिनामा गराएर सो स्थानमा फेरि आफुले चुनाव लड्ने प्रयास गरेका थिए तर सफल भएनन् । यसपालि भने नेकपामा उनको महत्वपूर्ण पदमा ठाडो नियूक्ति भैसकेको छ भने उनले अब रिक्त हुने राष्ट्रियसभामा नेकपाको तर्फबाट वा मनोनित कोटाबाट सांसद बन्ने प्रयास गरेका छन् । कुरा यहिं मात्र सकिंदैन प्रत्यक्ष्य चुनाव जितेर आउनेले मात्र प्रधानमंत्री बन्न पाउने संविधानको व्यवस्थालाई समेत् संशोधन गरेर प्रधानमंत्री बन्न पाउने भन्ने कुराले पार्टीभित्र चर्चा पाएको छ ।
पार्टीले संविधान संशोधन बारे कार्यदल बनाउने प्रयास भएको बुझिएको छ तर यो प्रयास विवाद रहित भने छैन । कार्यदलमा प्रस्ताव गरिएका सुभाष नेम्वाङ र खिमलाल देवकोटाले यस्तो अनावश्यक कार्यदलमा आफुहरु नबस्ने भन्दै अस्वीकार गरेको मिडियाहरुले जनाएका छन् । यदि यो सत्य हो भने यसपटक पनि कामरेड गौतमको इच्छा धरापमा परेको जस्तो देखिंदैछ । सतहमा आएका कुराहरुले गर्दा आममानिसहरुमा गौतमको छवि हठी बालकको जस्तो बन्न पुगेको छ । गौतम जस्ता नेकपाका वरिष्ठ नेताले प्रधानमंत्री पदकालागि मरिहत्ये गरेको भन्ने उनकै शुभाकांक्षीहरुलाई पनि बिझाउने कुरा हो । काम गर्न प्रधानमंत्री कै पद मात्र आवश्यक हँुदैन । जसरी भएपनि प्रमको पदको आशा गर्नु भनेको शक्तिको भोक जाग्नु हो । यो किन आवश्यक भयो भन्ने कुरा नेता वामदेवले जनतालाई आश्वस्त पार्दा राम्रो हुनेछ ।
यतिबेला पार्टीभित्र प्रधानमंत्री तथा अध्यक्ष ओली कमजोर भएको अनुमान गरिंदै आएको छ । गोकुल बास्कोटा प्रकरणपछि उनको लोकप्रियता कमजोर भएको लख काटिंदै छ । एमसीसीको वकालत गर्दै आएका प्रम ओली केन्द्रिय कमीटीले गठन गरेको कार्यदलले एमसीसीमा केही खोट देखाएपछि उनि अप्ठ्यारोमा परेका छन् । उनको कमजोर स्वास्थ्यले पनि प्रतिकुल बनेको छ ।
पार्टीभित्रको गुट समीकरणमा ओलीलाई एक्लो पार्ने चलखेल भएको बुझ्न गाह्रो छैन । पार्टीभित्रका उनका प्रतिपक्षी गुटहरु ओलीको ठाँऊँमा बामदेवलाई प्रधानमंत्री बनाउने योजनामा काम गरिरहेका त छैनन् भन्ने पनि आशंका छ । तर, अर्का अध्यक्ष प्रचण्डले प्रधानमंत्रीको पदबाट ओली हट्ने अवस्थामा बामदेवलाई अगाडि बढ्न दिने छैनन् भन्ने अड्कल काटिंदै छ । यस्ता खालका प्रयासले आऊँदा दिनहरुमा कस्तो परिणाम दिने हो हेर्न बाँकी नै छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.