कोरोन भाईरस बारे चीन अमेरीकाबीच घमासान : साम्प्रदायिक तनाव बढ्न सक्ने
वैज्ञानिकहरुले सार्स प्रजातिको ठह¥याऊदै किटान गरेको कोविद—१९ कोरोना भाईरसको अर्को नाम हो । यसका अरु पनि उपनामहरु जस्तै उहान भाईरस, चिनिया भाईरस, कुङफु भाईरस आदि । विशेषगरि शुरुका दिनहरुदेखि नै अमेरीका र युरोपतिर त्यहाँ रहेका चिनिया प्रवासीप्रति स्थानियहरुको आक्रोश बढ्दै गएको छ । चिनिया लगानीमा रहेका व्यापारिक प्रतिष्ठानहरु अधिकाँश बन्द गरिएका छन् । यो आक्रोशलाई केही अमेरीकी अधिकारीहरुले झन् हवा दिएका छन् । स्थानियको आक्रोशमा चिनिया मात्र होईन एशियालिप्रति पनि लक्षित हुँदै गएको छ । एशियाली विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा “भाइरस” “महामारी” भन्दै अवहेलना गर्न थलिएको समाचारहरुले उल्लेख गरेका छन् ।
आजको कोरोना मुख्य अपडेट २०२० मार्च २७
अमेरीका -आजको संक्रमण ३२७ सहित कुल८५७६२, आजको मृत्यु ११ सहित कुल १३०६
चीन -आजको संक्रमण ५५ सहित कुल ८१३४०,आजको मृत्यु ५५ सहित ३२९२
इटाली- कुल संक्रमण ८०५८९ कुल मृत्यु ८२१५
स्पेन -आजको संक्रमण ६२७३ सहित कुल ६४०३९, आजको मृत्यु ४९३ सहित कुल ४८५८
जर्मनी- आजको संक्रमण ३४३५सहित कुल४७३७३, आजको मृत्यु १८सहित कुल२८५
इरान -आजको संक्रमण २९२६ सहित कुल३२३३२, आजको मृत्यु१४४ सहित कुल२३७८
युके- आजको संक्रमण२९२१ सहित कुल१४५७९, आजको मृत्यु १८१ सहित कुल७५९
भारत --आजको संक्रमण१३६ सहित कुल८६३, कुल मृत्यु २०
पाकिस्तान -आजको संक्रमण ९५ सहित कुल १२९६, कुल मृत्यु ९
बंगलादेश- आजको संक्रमण ४ सहित कुल ४८, कुल मृत्यु ५
श्रीलंका- कुल संक्रमण १०६
नेपाल -आजको संक्रमण १ कुल संक्रमण ४
मार्च १७ तरिखमा ह्वाईट हाउसमा भएको पत्रकारहरुसंग भएको भेटमा अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया भाइरस भन्ने कुराको बचाउ गर्दै समाजमा विद्वेष ल्याउने कुरा गर्न नहुने बताएका थिए । चिनले चिनिया भाईरस भन्दा अन्यथा ठान्न नहुने पनि बताएका थिए । त्यसको दुई दिनअघि ट्रम्पले चिनिया भाईरसबाट प्रभावित उद्योगहरुलाई अमेरीकाले भरपर्दो सहयोग गर्ने भन्दै ट्वीट गरेका थिए । तर दुनिया कै समस्या भएको महामारीलाई चीनसंग जोड्ने कुराप्रति भने बेईजिङ क्रुद्ध देखिन्छ । बेइजिङले यस्तो संज्ञा दिनुलाई कलंकित गर्ने मनाशय भनेको छ । चिनिया विदेशमंत्रालयका प्रवक्ता जेङसुआङले अमेरीकाले यस्ता अन्यायपूर्ण आरोप लगाउन बन्द गर्नु पर्छ भन्दै दुनियामा फैलिरहेको महामारी विरुद्ध ध्यान दिन उचित हुने बताए ।

चीनले कोरोना भाईरस बारेका सुचना लुकाएर दुनियालाई घात गरेको आरोप अमेरीकी सचिव माईक पम्पियोले लगाउँदै आएका छन् । शुरुका दिनमा भाइरस देखिंदा चीन त्यसलाई समाधान हुनेमा बढी आत्मविश्वासी भएको पनि देखिंन्छ । यसको सुचना दिने स्वस्थ्याकर्मीलाई कार्यवाही गरेको समाचार पनि आएको हो । अमेरीकाले उहानको मासु बजारबाट यो भाईरस संक्रमित भएको शंका गर्दै आएको छ । चीनले भने यसमा अनुसंधान गरेपछिमात्र केही भन्न सकिने बताऊँदै आएको छ ।
चीनले गत वर्ष उहानमा भएको सैनिक खेलमा भागलिन आएका अमेरीकी सेनाले कोरोना भाईरस छोडेर गएको संभावनाको कुरो निकालेर अमेरिकामाथि दोषरोप गरेको छ । चीनको विदेशमंत्रालयका एक उच्चाधिकारी झाओ लिजियानले त्यसको सुचना अमेरीकाले दिनु पर्ने भन्दै ट्वीट गरेका थिए ।
यसबीच माईक पम्पियोले चीनी विदेश मंत्रालयमा फोन मार्फत् चिनिया टिप्पणीको कडा शब्दमा प्रतिवाद गरेको अमेरीकी संचार माध्यमहरुले जनाएका छन् । वाशिङटन स्थित चिनिया राजदुतलाई बोलाएर आफ्नो असन्तोष अमेरीकाले पोखेको छ ।
विश्व स्वस्थ्य संगठनले कुनै पनि रोग वा महामारीले देश वा जाति नचिन्ने प्रतिकृया दिएको छ । धेरै जसो स्वास्थ्य विषेशज्ञहरुले पनि यो टिप्पणीलाई समर्थन गरेको देखिन्छ ।
चीनमा भाईरसले ताण्डव मच्चाई रहेको बेला चीनले लकडाउनमा कडाई गरेर मानवाधिकारको उल्लंघन गरेको, उहानमाथिको आकाशमा देखिएको धुवाँ लिएर मृत्युलाई लुकाउन ठुलो मात्रामा शवहरुको सामुहिक दाह गरेको आरोप भारतीय लगायत अमेरीकी लवीका संचारमाध्यमहरुले आरोप लगाएका थिए । कोरोनाको संक्रमण इटालीतिर चर्केपछि मात्र पश्चिमा राष्ट्रहरुको सक्रियता बढेको हो । यसअघि कोरोनासंग चीन एक्लै लडिरहेको थियो ।
यो लेख लेखिरहँदा अमेरीकामा कोरोनाबाट मर्नेहरुको संख्या १३ सय नाघिसकेको छ । चीनले अमेरीकालाई लकडाउनको विधि अपनाउन सुझाव दिए पनि अमेरीकाले अस्वीकार गर्दै आएको छ । अरु देशहरु भने धमाधम लकडाउनको चिनिया विधिलाई एकमात्र विकल्पको रुपमा अगाडि बढाउँदै गएका छन् ।
संपन्न र धनी मानिएका विश्वका देशहरु यो संक्रमणका सामु निरिह देखिएको वर्तमानमा चीन र अमेरीकाबीच चलेको जुहारी अस्वभाविक देखिएको छ । यो बेला पारस्परिकतालाई बलियो पार्ने अवसरको रुपमा प्रयोग गर्ने छाँट दुई चीर प्रतिद्वन्दी अमेरीका र चीनबीच देखिंदैन । पश्चिमा राष्ट्रहरु संक्रमणको फन्दामा परिरहेको बेला चीनमा संक्रमण ओराले लागेको छ । चीनले स्थिति नियन्त्रणमा आएको दावी गरे पनि तुलनात्मक रुपमा सानो संख्यामा संक्रमण एक अंकको दैनिक मृत्यु भने अझै जारी नै छ । अहिले नै निको भएका भनिएकाहरुको स्थिति स्थाई हुने नहुने यकिन हुन सकेको छैन ।
चीन पछिल्ला दिनहरुमा प्रभावित अन्य देशहरुमा सरसरमान , प्रविधि र आफ्नो विशेषज्ञताले सहयोग गरीरहेको छ । यसले चीनको यो मानविय जस्तो देखिने सहयोगले भावि दिनमा उसको प्रभाव विस्तार हुने त्रास पनि पश्चिमा मुलुकहरुमा देखिन्छ । कोरोनाको प्रकोपले विश्वमा आर्थिकमन्दीको भविष्यवाणी वित्तीय संस्थाहरुले गरीसकेका छन् । यो मन्दीले अहिलेको शक्ति समीकरणमा पनि ठूलो फेरबदल आउने संभावना छ । यस्तो संभावनाले गरीब राष्ट्रहरु झन् ऋणको बोझमा पर्ने देखिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.