संदेश

मार्च, 2021 की पोस्ट दिखाई जा रही हैं

भूराजनीतिक चलखेलका कारण नेकपा विघटन र एमालेमा विद्रोह

चित्र
प्रधानमंत्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली ले बालुवाटारमा आह्वान गरेको चैत्र १३ गतेको एमाले संसदीय दल को बैठकमा पहिलोपल्ट ओली विरोधी खेमा का नेता माधव नेपाल र भीम रावल बाहेकका लगभग सबैजसो सांसदहरुको सहभागिता रहनुलाई उनिहरुले ओलीको नेतृत्व स्वीकार गरेको अर्थमा हेरिएको छ । ओलीले बालुवाटारमा आयोजन गरेका बैठकमा नजाने अड्डी लिंदै आएका उनिहरुको यो सहभागिताले सो पक्ष केही लचिलो भएको भन्न सकिएला तर त्यहाँ दुवैपक्षले आफ्नै पुरानो अडान प्रस्तुत गरेबाट यो सहभागिता रणनीतिक वा स्वभाविक के हो भन्ने कुराको उत्तर प्रष्ट छैन ।      अधिकाँश मानिसहरु खारेजीमा परेको नेकपाको आन्तरिक झगडालाई नेपालका नेताहरुको आफ्नै स्वार्थको उपज मात्रै भनेर अथ्र्याउने गरेको देखिन्छ । यो जस्तो गलत तर्क अर्को हुनै सक्दैन । यस्तो तर्क सम्बन्धित स्वार्थसमूहका समर्थकहरुले गर्नु अलग कुरा हो तर केही अन्यहरु पनि यहि कुराको पछाडि लागेको देखिंदै छ । वास्तवमा नेपालमा लामो समयदेखि चल्दै आएको नीतिगत र राजनीतिक अस्थिरताको मुख्य कारण, नेपालमाथि तीव्र गतिमा बढ्दै गएको भूराजनीतिक दबाव नै हुनेगरेको देखिन्छ  ।  ने...

दृष्टिकोण- ओलीलाई राजनीतिबाटै हटाउने अभियान कमजोर बन्दै

             फाल्गुण २३ गतेको अदालतको फैसलाले सत्तारुढ नेकपाका दुई महत्वकाँक्षी अध्यक्ष र केपी ओली र प्रचण्ड एकअर्कालाई समाप्त पार्ने र एकलौटी सत्ता हत्याउने तल्लोस्तरको पैंठेजोरी खेलिरहेका बेला अचानक नेकपालाई नै खारेज गरिदिएपछि अप्रत्याशित रुपमा राजनीतिक समिकरण फेरिन पुगेको छ । जानकारहरु भन्छन् – यो फैसलालले, तत्कालिन नेकपामा ओली विरुद्ध लागेको त्रिगुट भनिने  प्रचण्ड,माधव र झलनाथ खनालको मोर्चाबाट शिर्ष नेता प्रचण्ड चोइंटिएर एकिकरणपूर्वको पार्टी माओवादी केन्द्रमा फर्कन वाध्य भएका छन् भने बाँकी रहेका माधव झलनाथहरु पेसिडाँडामा प्रचण्डसंगको सल्लाह बमोजिम ओली विरुद्ध संघर्ष जारी राख्ने  एमालेमा नै उही आक्रमक शैलीमा प्रस्तुत हुन खोजिरहेका छन् । उनिहरुको अभिष्ट धुम्बाराहीतिर भन्दा बढी पेरिसडाँडासंग निकट देखिंदैछ । यता, एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका केपी ओलीको अवस्था नेकपामा रहँदा भन्दा शक्तिशाली हुन पुगेको छ । नेकपाको खारेजीसंगै निर्वाचन आयोगले १५ दिनभित्र नयाँ नाम राखेर आउन समय दिएको छ । त्यसकालागि प्रचण्ड र ओली दुवैको संयुक्त पहल आवश्...

एमाले फुट्न सक्ने प्रबल संभावना

                                                            यतिबेला प्रचण्डको साथ लिएर नेकपाका एक अध्यक्ष तथा प्रधानमंत्री ओलीलाई पार्टीभित्रका कमेटीहरुमा रहेको आफ्नो बहुमतको बलमा सरकार र पार्टीबाट निष्काशन गर्ने र उनको राजनीतिक जीवन नै सिद्धाउने प्रयासमा लागेका माधव नेपाल समुहका नेताहरु अदालतको फैसलाले नेकपा खारेजीमा परेपछि केपी नेतृत्वको नेकपा एमालेमा फर्कन वाध्य भएका छन् । नेपाल समूहको यो वापसी वास्तवमै हृदय विदारक जस्तो देखिने मात्र होईन नेकपाको अराजक गुट–संघर्षको रोग एमालेमा सर्ने निश्चित जस्तै देखिंदै छ जसको एकसूत्रिय उद्देश्य ओलीलाई सिद्धाउने नै हुनेछैन भन्न गाह्रो छ । नया परिस्थितिमा ओलि क्यम्पमा आउने एमालेहरुले आफुहरुलाइ परिवर्तित गर्न आवश्यक छ । ओलिले पनि उनिहरुलाइ उदार भयेर अपनाउने मार्ग समात्नु  पर्थ्यो तर ओलिले प्रतिशोध लिने देखिएको छ ।    ओ लीतिर रहेका माओवादीका नेताहरु भने हिम्मतका साथ भनिरहेका छन् – बरु पद जा...