सन्दर्भ मदन आश्रित स्मृति दिवस : भो जनताको बहुदलीय जनवाद छोडौं
सामाजिक संजालमा त यो झन् विद्रुप देखिन्छ । कोही मदन आश्रितको हत्यारा पत्ता लगाऊँ माग गरिहेका छन् । एउटा साधारण मानिसले यतिका वर्षसम्म खोजीनीति नहँुदा यस्तो भन्नु स्वभाविक मान्न सकिन्छ तर अहिले सत्ता मैं रहेकाहरु र यसअघि पटकपटक सत्तामा रहँेकाहरुले पनि यस्तो माग गरिहेको कुरा अलिक व्यांग्यात्मक लाग्छ ।
मदन भण्डारीको समयमा विश्व कम्युनिष्ट आन्दोलन शासनका हिसाबले लगभग उत्कर्षबाट पतनोन्मुख हँुदै गरेको विल्कुलै रक्षात्मक अवस्था थियो । परम्परागत हिसाबको कम्युनिष्ट शासन व्यवस्था टिकाई राख्न असंभव प्रायः देखिंदै थियो । त्यो समयमा शासनको हकदार भएर अगाडि बढ्न पूंजीवादी लोकतन्त्रको फेरो नसमाती संभव देखिंदैनथ्यो । अस्तित्व जोगाएर राख्न मदनले बहुदलीय जनबादको नीति अगाडी सारे । यो प्रयोग भारतमा भाकपा र माकपाले फरक ढंगले गरिनै रहेका थिए तर त्यो बहुदलीय जनवाद जस्तो प्रष्ट भने थिएन । नेपालमा बुर्जुवा शक्तिसंग जनमतबाट पनि प्रतिस्पर्धा गर्न र जित्न सकिन्छ भन्ने आत्मविश्वास कम्युनिष्टहरुको मुख्यधारलाई बहुदलीय जनवादले नै दियो । पार्टीभित्र सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल, रघुजी पन्त लगायत नेताहरु योसंग हसहमत हुँदाहुँदै पनि ठुलो हिस्सालाई मदनले समर्थन पाउन सके र जनताको बहुदलीय जनवाद भनेर महाधिवेशनमा पास गरिएको थियो । जसको लक्ष्य समाजवादी तर्फको भएपनि कार्यनीति मुलत पूंजीवादी लोकतन्त्रको नै थियो । वर्गसंघर्ष र साम्यवादी सिद्धांतले निर्दिष्ट गरेको समाजवादको बाटो लगभग छाँयामा पारिएको थियो ।
यो स्थितिमा पूंजीवादी लोकतन्त्रवादीहरु तथा संसदीय लोकतन्त्रवादीहरु भन्दा अलग देखिन आमजनताको कुरा गर्ने बाहेक बहुदलीय जनवादी अरु के के गर्ने भन्ने स्पष्टता भने थिएन । जनताको माला जप्ने काम त पूजीवादको नवसंस्करणका पक्षधर उदारवादीहरुले नै गर्दै आईरहेका थिए । यस्तोमा एमाले पार्टीका नेता तथ कार्यकर्ताको आचरण बाहेक तत्काललाई अरु केही थिएन । तर, त्यो गुढप्रति कसैले ध्यान दिएको देखिएन । पद, पैसा, गुट, आफन्तको चिन्ता र विदेशी स्वार्थ गोटी बन्ने भन्दा एमालेजनहरुको मति स्खलित हँुदै गएर आजको स्थितिसम्म आईपुगेको हो । यो भनेको कम्युनिष्ट आचरणको कुरा छोडौं पूँजीवादी लोकतन्त्रले समेत उल्लंघन भएको अवस्था हो । प्रकारान्तले भन्ने हो भने जनताको बहुदलीय जनवादले एमालेका लोभी पापीहरुलाई नै अनुकुल पारिदिएको हो कि भन्ने देखियो । यदि यही आचरण रहने हो भने जनताको बहुदलीय जनवादको नाम लिएर वर्षको एकपटक घोक्रो सुकाउन आवश्यकता किन पर्यो ? यो ढोंग आजैका दिनबाट घाषित रुपले छोडौं र पूजीवादको सेवामा जुटौं ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.