शंदेहको घेराभित्र प्रधानमंत्रीको भारत भ्रमण


प्रधानमंत्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर नेपाल फर्किसक्नुभएको छ । भारत नेपालबीच किनारा लगाउन थाती रहेका धेरै महत्वपूर्ण मुद्धाहरु रहेको अवस्थामा प्रधानमंत्रीको भारत भ्रमण हुनु नेपालीहरुको चासोको विषय थियो । जुन अस्वभाविक थिएन । तर, भ्रमणबाट नेपालले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको देखिएन । नेपालीहरुको अधिक चासो रहेकोे सिमा समस्यामा दुई विषेश मित्रहरुले आपसमा संवाद र दुई देशिय सिमा समस्या शंयन्त्रबाट हल गर्ने भन्ने दिल्लीले दशकौंदेखि सुनाउने गरेको वाक्य देउवाले पनि सुनेर फर्किनुभएको छ । भारतका कारण यो समस्या एकै दिनमा समाधान हुने प्रकृतीको छैन भन्ने सबैलाई थाहा नभएको कुरा होईन । आशा के मात्र गरिएको थियो भने चीनले सीमा मिचेकोमा तदारुकता साथ छानबीन गर्न समिति गठन गर्ने प्रधानमंत्रीबाट अवश्य पनि भारतलाई नेपाली भूमिमा सडक बनाउने काम र महाकाली नदीमा तटबन्धका नाममा नेपालतिर कटानको जोखिम बढाउने काम बन्द गराउन सफता मिल्ने छ । तर, त्यस्तो देखिएन ।


 प्रधानमंत्रीले चारवटा सम्झौतामा हस्ताक्षर गराएर फर्किनुलाई नेपालका नयाँ प्रधानमंत्रीहरुले प्राथमिकतासाथ भारतको भ्रमण गर्ने परम्पराको मात्र पालना गरेको जस्तो देखिए पनि यसलाई दुई छिमेकी देशबीचको संवादका रुपमा लिन सकिन्छ ।

प्रधानमंत्रीको पछिल्लो अनौठो सत्तारोहणले गर्दा पनि उहाँको यो भ्रमणलाई विभिन्न ढंगले अथ्र्याउनेहरुको देशमा कमी छैन । भारतलाई कतिपय मामिलामा औंलो ठड्याउने देउवाको पूर्ववर्ती सरकारको रहस्यमय बहिरगमन र त्यहि सत्तारुढ पार्टीबाट निस्केका टुक्राहरुको सहयोगमा गठबन्धनको नेताका रुपमा सत्ता सम्हाल्न पुग्नुभएका देउवामाथि सत्तामा पुग्न दिल्लीको आशिर्वाद प्राप्त थियो भन्नेहरु पनि धेरै छन् । तत्कालीन बलियो बहुमतमा रहेको नेकपाको सरकारभित्र चलेको बेतुकको विवाद र नेकपाको अवसानपछि बनेका दुई ससाना समुहको साथ तथा सभामुख र निर्वाचन आयोगको रहस्यमय कृयाकलाप जस्ता रहस्यै रहस्यका भर्याङ चढेर सत्तामा पुग्नुभएका देउवाको पद संयोगको उपज मात्र थियो भन्न सकिने देखिन्न । त्यसैले आगामी चुनावमा अपनाईने रणनीतिका बारे सरसल्लाह र सहयोगकालागि यो भ्रमण गरिको अड्कल पनि धेरैको छ । यदि यो सत्य हो भने प्रधानमंत्रीले देशको मानमर्दन गरेको ठहरिने छ । विदेशी स्वार्थहरुको बुई चढेर तहसनहस भएका देशहरु विश्वमा धेरै छन् । भ्रमणका क्रममा उहाँमाथि प्रधानमंत्री भन्दा काँग्रेस अध्यक्षको रुपमा दिल्लीमा प्रस्तुत भएको आरोप पनि लगाइएको छ ।  उहाँमाथि लगाईने गरेका आरोपलाई गलत सावित गर्ने अवसर यो भारत भ्रमणमा थियो तर त्यसमा सफलता हात पार्न सकेको देखिएन ।

भारतीय जनता पार्टीको केन्द्रिय कार्यालयमा नेपाली प्रधानमंत्रीको भेटघाट र बनारसमा उत्तरप्रदेशका मुख्यमंत्री योगी आदित्यनाथको आतिथ्यमा तीर्थयात्रा र पुजाआजाले नजिकै रहेको चुनावमा काँग्रेसमा हिन्दूत्वको रंग चढ्ने हो कि भन्ने शंका पनि बढेको छ । यस्तो भयो भने, संघीयता  धर्मनिरपेक्षता र गणतन्त्रको जस दावी गर्दै राजनीतिक अस्तित्व टिकाउँदै आएका  प्रधानमंत्री देउवाका सत्तासहयात्री दलहरुको सान्दर्भिकता नेपाली राजनीतिमा सकिने प्रबल संभावना देखिन्छ ।
        
भारत, युक्रेन रुसले निम्त्याएको शक्ति समीकरणको चर्को दबावमा छ यतिबेला । उसले रुससंगको पारम्परिक मित्रलाताई पछिल्लो समयतिर निकट सम्बन्ध रहँदै आएको अमेरिकाको स्वार्थकालागि बेवास्ता नगर्ने निष्कर्शमा पुगेको देखिंदैछ । दिल्ली यतिबेला विश्व कुटनीतिक गन्तव्यको गन्तव्य बनेको छ । यो बेला देउबाकालगि भारत भ्रमणको उचित समय पनि थिएन कि जस्तो देखिन्छ । किनभने नेपाल विश्वको शक्ति समीकरणमा कुनै प्रभाव देखाउन सक्ने ल्याकतमा छैन बरु आफुलाई बाहिरी शक्तिहरुले दुरुपयोग गर्लान् कि भन्ने त्रासमा देखिन्छ । यो अवस्थाप्रति सचेत रहनु नै नेपालको परराष्ट्रनीति हो भन्नु अतिशयोक्ति नहोला ।

जाती धर्म वंश जस्ता मुद्दाहरु अती संवेदनशील मुद्दाहरु हुन् । यीनलाई उठाउन जति सजिलो छ निराकरण गर्न त्यो भन्दा धेरै कठीन छ । त्यसैले राजनीतिले यस्ता मुद्दाहरुको चुनावी फाईदाकालागि बजारीकरण गर्दै आएका छन् । नेपालमा जाती जातीबीच भिडन्त गराएर माओवादीहरुले असफल बजारीकरण गरेर विगतमा क्षणिक फाईदा लिईसकेका छन् । धर्म र राजतन्त्रको मुद्द लिएर राजनीति गरिहेको राप्रपा पनि नेपाली राजनीतिमा सफल हुन सकेको छैन । नेपालको राजनीतिमा अब बिकाउ र संवेदनशील मुद्दा भनेको हिन्दुत्व नै हो । नेपाली काँग्रेसभित्र हिन्दुराज्यको पक्षमा पहिल्यैदेखि बलियो धार कायम छ । प्रधानमंत्री देउवाको भारत भ्रमणलाई हेर्दा आउँदो चुनावमा काँग्रेसले हिन्दुत्वको बाटो लियो भने आश्चर्य मान्नु पर्ने अवस्था छैन । भारतबाट आयातित हिन्दु राजनीति भनेको उदार हिन्दुराज्य हुने छैन त्यो असहिष्णु हिन्दुराज्य हुनेछ । त्यसले देशलाई अर्को अशान्तितिर डोर्याउने डरलाग्दो जोखिम ल्याउने छ । यस दिशातिर सबै नेपालीले चनाखो रहन आवश्यक छ ।      
     
                       

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष