शब्दचित्रको क्यानभासमा खड्गप्रसाद ओली
प्रधानमंत्री खड्गप्रसाद ओली यतिबेला नेपाली राजनीतिको केन्द्रविन्दुमा छन् । नेकपा एमालेको अध्यक्ष भएपछि चाहे संविधान घोषण गर्ने बेलामा होस या अघिल्लो पटक प्रधानमंत्री बन्ने अवसर पाउंदा होस् उनि क्रमशः चर्चामा आउंदै गए । यतिबेला सम्मको उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भयो । त्यस भन्दा अगाडि ओली एमाले भित्र च्यांखे थाप्ने एउटा गुटको पसलेका रुपमा चिनिन्थे । पार्टी भित्र उनलाई चुत्थो नेताका रुपमा खिसीट्युरी गर्नेहरु पनि प्रसस्तै थिए । एमाले भित्रको सदाबहार प्रतिपक्षी नेताको पगरी पनि उनलाई प्राप्त थियो । २०२८ सालको झापा संघर्षबाट उदाएका यी नेता पंचायतकालमा १४ वर्ष जेल जीवन व्यातित गरेका हुन् । छयालिस सालको आन्दोलन पछि एमालेले खुला राजनीतिको बाटो समाते पछि ओली पनि पार्टीको नेतृत्ववर्ग भित्र देखा परे । एमालेको नौ महिने शासनमा उनि गृहमंत्री बने । गृहमंत्रीका रुपमा उनले आफुलाई तार्किक र खरो व्यक्तित्वका रुपमा चिनाए । भारतसंग २०५२ सालमा भएको महाकाली संधीको समर्थन र विरोधमा एमाले भित्रै दुई गुट देखा परयो । उनले पक्षमा चर्को वकालत गर्दै स्याटलाईटबाट बिजुली बेचेर नेपाललाई समुन्नत बनाउने तर्क समेत गरे पछि उनलाई भारतीय दलालको आरोप समेत लाग्यो । यही विवादले गर्दा एमाले विभाजन भयो ।
मधेशमा आन्दोलन चलिरहेका बेला आन्दोलनमा दिल्लीको गन्धको उनले अनवरत चर्को विरोध गरिरहने उनि एकमात्र विरोधी राजनेता बने । उनका मर्मभेदी शब्दवाणले मधेशमा नकारत्मक स्थिती बन्यो । यसलाई त्यहांको विषेश वर्गले जनआक्रोश उराल्न राम्रै उपयोग ग¥यो । वास्तवमा यो गन्धमात्र होईन यथार्थ नै थियो भन्ने भारतले त्यसै विषयलाई लिएर नेपालमाथि नाकाबन्दी नै लगाए पछि सतहमै देखियो । दिल्लीले आफ्नो चाहना विपरीत नेपालमा संविधान जारी भएकोमा मधेशलाई उपयोग गदै नाकाबन्दी गरेको थियो । उसका संयन्त्रहरुले पन्द्र दिन भन्दा बढी नेपालले नाकाबन्दी थेग्न नसक्ने रिर्पोट दिएपछि काठमाण्डौले घुंडा टेक्ने विश्वास गरेको थियो । तर, उसको आंकलन गलत सावित भयो ।
मधेशको आम असन्तोषलाई सबै भन्दा पहिला मधेश कै राजनीति गर्ने हांै भन्ने शक्तिहरुले नै पटकपटक उपयोग र दोहन गरे । त्यस पछि माओवादी र कांग्रेसले भरपुर उपयोग गरे । यतिले मात्र नपुगेर भारतले समेत् मधेशको असन्तोषलाई हतियार बनाएर काठमाण्डौको सत्तालाई तह लगाउने प्रयास गर्दै नेपालमाथि पांच महिना लामो नाकाबन्दी समेत लगायो । नाकाबन्दी कै बीचमा शुुुशील कोईरालापछि ओली माओवादी केन्द्रलाई साथ लिएर प्रधानमंत्री बने । कांग्रेसको नेतृत्वको सरकारले भारतीय कुकृत्यको विरोध गर्न नसकेर इतिहास मै गम्भिर भूल ग¥यो । कांग्रेसले नाकाबन्दी थियो वा थिएन भनेर प्रष्ट हुनै सकेन । यदी कांग्रेसले यसबारे आफुलाई प्रष्ट पार्न नचुकेको भए पनि आजको नियती भोग्नु पर्ने थिएन । ओलीले नाकाबन्दीको विरुद्ध अडान लिए । उनको यो अडानमा माओवादी केन्द्रको कम भरथेग थिएन तर आफुरहेको ओली नेतृत्वको सरकारलाई समेत ढालेर भारतको इशारामा पुन कांग्रेससंग संयुक्त सरकारमा गएकोले यशको जम्मै लाभ ओली कै पोल्टामा पुग्यो । माओवादीले पनि यो गल्ती नगरेका भए अहिले एमालेको छाता खोज्दै हिंड्नु पर्ने अवस्था आउने थिएन । कांग्रेस र माओवादीले नेपालको राजनीतिमा भारतको कृपा बाहेक टिक्न सकिन्छ भनेर सोच्न समेत छोडिसकेका थिए । यस्तो स्पेशमा ओली जनचाहना र भारतप्रतिको जनआका्रेशउचभभतको बिम्ब बने ।
भारतले एकपक्षियरुपमा अन्ततः नाकाबन्दी फिर्ता लियो । फिर्तासंगै नाकामा आन्दोलनका नाममा टांगिएका पण्डालहरु एक्कासी ढले । पण्डालवासीहरुलाई पनि ठूलै धोका भयो दिल्लीबाट । ओली प्रधानमंत्रीकारुपमा दिल्ली गए तर त्यहां उनि संतुष्ट भएनन् । फर्के लगतै उनि चीन गए । त्यहां उनलाई महत्वकांक्षी योजना सहित विश्वमा फैलिने चाहना राख्ने बेईजिङले महत्व दियो । उसको योजनाको रणनीतिक साझेदार बन्न स्वीकार गर्दै दश महत्वपुर्ण सम्झौताहरुमा हस्ताक्षर गरे । दिल्लीले यसलाई एउटा नोकरको मालिकप्रतिको बेईमानीका रुपमा अहिले पनि बुझिरहेको छ भने नेपालका निम्ती भारतले सृजना गरेको वाध्यकारी अवस्थाको एकमात्र विकल्प थियो यो । यो चरण पार गरेपछि ओलीको लोकप्रियता शिखरमा पुग्यो ।
नेपालमा भारतको चाकडी गर्ने उसले जतिसुकै अन्याय गरे पनि बोल्नु हुदैन भन्ने पारम्परावादी राष्टवादकोनिम्ति ओली जनताका उत्तर बने । संघीय चुनावमा बाम गठबन्धन बनाएर उनले गतिलो जनमत पाए । प्रादेशिक र स्थानिय तहको चुनावमा एमाले एक्लैले सबैभन्दा बलियो पार्टी बन्यो । नेपालको इतिहासमा वीपी कोइरालापछि ओली नै नयां सोचका साथ बलियो सरकारको नेतृत्व गरिरहेका छन् । उनी नेपालका निम्ति एउटा नयां प्रयोग हुन् । उनि अझै सफल भैसकेका छैनन् । उनको सफलता नेपालको हितमा देखिन्छ । उनलाई यो उचाई प्राप्त गर्न भारतको नकारात्मक प्रवृत्तीको सबैभन्दा ठूलो हात छ । त्यसपछि विभिन्न समयमा भारतको युज एण्ड थ्रो नीतिका औजारका रुपमा प्रयोग भएका नेपाली राजनीतिक शक्तिहरुका नकारात्मक सकारात्मक कृयाकलापहरुको गहकिलो योगदान छ । यति भएरै पनि उनको सफलताका लागि भारतको व्यवहार नै निर्णयक हुने देखिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.