नेपाल भारत र चीन, नयां सोचको पर्खाईमा
प्रधानमंत्री केपी ओली भारतको तीन दिने औपचारिक भ्रमणबाट चैत्र पच्चीस गते फर्किए भने एक सातामा बैशाख तीन गते परराष्ट्रमंत्री प्रदीप ज्ञवाली चीन भ्रमणमा निस्के । भ्रमणको यो तालमेललाई हेर्दा भारतप्रतिको काउन्टर भ्रमणको तयारीका रुपमा पनि धेरैले बुझे । मंत्री ज्ञवालीको चीन भ्रमणलाई नेपाल र भारतमा पनि उत्सुकता पूर्वक हेंिरनु अस्वभाविक थिएन ।
मंत्री ज्ञवाली चिनिया विदेशमंत्री वाङ यीको निमन्त्रणामा छ दिने भ्रमणमा चीन गएका थिए । उनि नेपाल फर्किसकेका छन् । उनकोे भ्रमण चीनसंग विगतमा भएका संझौताहरुको सन्दर्भमा र निकट भविष्यमा हुने प्रधानमंत्री ओलीको औपचारिक भ्रमणलाई व्यवस्थित र फलदायी बनाउन भएको हो । अझ यो भन्दा बढी बहुप्रतिक्षित चिनिया राष्ट्रपति सी जिम्पीङको नेपाल भ्रमण गराएर कुटनीतिक महत्व हासिल गर्न नेपालले दुई वर्षदेखि प्रयास गर्दै आएको छ । त्यस बारे पनि मंत्री ज्ञावलीले चीनमा प्रयास गरेको बताइन्छ ।
चीनसंगको नेपालको संबन्ध भारतसंगको जस्तो बोझिलो छैन, सहज र सरल छ । यति भएर पनि भारतसंगको सम्बन्ध विविध कारणहरुले गर्दा अहिलेसम्म नेपालकालागि वाध्यकारी रहेको छ । यसको उचित व्यवस्थापन नेपालकोलागि ठुलो चुनौती हो । तर, अहिले भारत पनि नेपालप्रतिको आफ्नो दृष्टिकोणमा केही परिवर्तनको निम्ति पर्ख र हेरको स्थितीमा रहेको देखिन्छ ।
मंत्री ज्ञवाली चीनमा रहंदा नेपालका दुई ठुला साम्यवादीको एकिकरणलाई विषेश चासोका साथ लिइएको थियो । त्यहांका बुद्धिजिवीहरुले ज्ञवालीसंग एकिकरण नहुने हो कि भन्ने जिज्ञासा राखेका थिए । नेपालमा हजारौंको संख्यामा गैरसरकारी संस्थाहरु रहेको र तिनीहरुले नेपालमा विकास नभएर सामाजिक उथलपुथल ल्याउने नकारात्मक प्रभाव पारिरहेकोले त्यसतर्फ ध्यान दिन मत्री ज्ञवालीसंग भनिएको थियो । यस्ता संस्थाहरुले चीनलाई समेत् नकारात्मक असर पारेको भन्दै चिन्ता समेत गरिएको थियो । चिनिया समकक्षी यीले नेपालमा राजनीतिक परिवर्तन सम्पन्न भएको र चीन नयां विषेशता सहितको समाजवादमा अगाडि बढेकोमा दुवैले मिलेर सहकार्य गर्ने बताएका थिए । भारतीय पत्रिका “द हिन्दु’ का अनुशार चीनले भारतसंग नेपाललाई लिएर त्रिदेशिय हितमा काम गर्न ईच्छुक रहेको जनाएको छ । भारत नेपाल र चीन प्रकृतिकरुपले नै जोडिएका छन् र नदी पहाडहरुबाट जोडिएका छन्, यीलाई उदृत गर्दै अतुल जनेजाले पत्रिकामा लेखेका छन् ।
पछिल्ला केही महिनामा भारत र चीनबीच संबन्ध सुधार गर्न कुटनीतिक प्रयासहरु भएका छन् । छिट्टै भारतको मंत्रीस्तरिय टोली चीन जाने बताइएको छ भने आगामि जूनमा प्रधानमंत्री मोदीको चीन भ्रमण हुने बताईएको छ । वाङ यीको भनाईले पनि भारतसंग भैरहेको घनीभूत कुटनीतिक सक्रियतातिर संकेत भनेर भन्न सकिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.