अझै अनिश्चित एमाले माओवादी एकिकरण

          
    
     लेनिन जयन्ती तथा पार्टी एकता दिवसको दिन पारेर यही बैशाख नौ गते गरिने भनिएको नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण एकपटक फेरि प्रतिबद्धतामा नै सिमित रहन पुगेको छ । राष्ट्रिय सभागृहमा आयोजित संयुक्त कार्यक्रममा दुई पक्षबाट एकता हुन्छ भनेर नेताहरुले आश्वस्त पार्ने प्रयास गरे ।  हल्लाको समूद्रमा तैरिने बानी परेको नेपाली राजनीतिमा आईरहेको सुनामीमा यी दुई नाऊहरु मध्ये कुन चाहीं उत्तरी किनारा र कुन चाहीं दक्षिणी किनारामा पुग्ने हुन् वा दुवै एकै किनारामा पुग्ने हुन् , अझै टुंगो लाग्न सकेको छैन ।
     पार्टीहरु बीचको भागबण्डाको तानातानी आम जनताको खासै सरोकारको विषय रहेन । उनिहरुको चाहना, अस्थिर देश स्थिर भै समुन्नतितिर जान सकोस् भन्ने हो । नेपालका खोलानाला र पाखापखेरामा आफ्नो मात्र स्वार्थमा लागेका छिमेकीहरुले रेल र पानीजहाज दौडाउलान् र नेपालको विकास होला भनेर सपना देख्ने बानी परेकाहरुले जनताको तर्फबाट उधारो विश्वास त पाएका छन् तर त्यसको सदुपयोगको निश्चितता देखिएको छैन ।
     हामी ठुला हौं भन्ने एमालेको दम्भ र हामी साना भएपनि हाम्रा मुद्दाहरुले जितेका छन् भन्ने माओवादीहरुको दम्भको निष्कर्ष हार र जितमा नपुग्ला भन्न अझै सकिने स्थिति देखिएको छैन । उता छयालिस सालपछि दिल्लीको नेपाल आउने राजमार्ग बनेको नेपाली कांग्रेसका ताजा सभापती शेरवहादुर देउवा वामगठबन्धनको आन्तरिक कचिङ्गल नमिलेर माओवादी त्यहांबाट आफुतिर झर्ला कि भनेर अझै डोको थापेर बसेका छन् । यसरी हेर्दा नेपालमा अस्थिरताका दिन अझै सकिएका छैनन कि भन्ने शंका बांकी नै छ ।
     एकता भयो भने विस्थापनमा परिएला र राजनीतिक बेरोजगार भईएला भनेर दौडधुप गरिरहेका दुवै पक्षका दोस्रो तेस्रो तहका नेताहरु एकता हुन पहिल्यै आफ्नो स्थान सुरक्षित गर्ने भनेर दवाव सृजना गरिरहेका छन् । यो वर्गले पनि विभिन्न तरिकाले एकता प्रकृयालाई प्रभावित गरिरहेको देखिन्छ ।

     नेपालको कम्युनिष्ट आन्दोलनका केही संदेहास्पद पाटाहरु अझै जनतासामु खुलिसकेका छैनन् । यही अंध्यारोले गर्दा उसको चरीत्र नेपाली राजनीतिमा अस्थिर रहंदै आएको छ । जसलाई क्रमभंगताका नाममा सरलिकृत गरिंदै छ । यो धारको नेतृत्व माओवादीले गरिरहेको छ । नेपालमा कम्युनिष्ट मार्फत् वर्गवाद नभएर जातीवादको खेती भएको छ । जाति धर्मका आधारमा शोषक र शोषित पहिचान गर्ने दुषित दृष्टिकोणको शुरुआत पनि कम्युनिष्टहरुले नै गरे । अब कम्युनिष्ट शब्दको सान्दभिर्कता व्यवहारत एमाले र माओवादीका निम्ति सकिए झै देखिएको छ । फेरि पनि पार्टी एकिकरण आजको आवश्यकता हो ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष