भारत चीन संबन्धमा सकारात्मक संकेत

   



भारतीय प्रधानमंत्री नरेन्द्र मोदी यही अप्रैल सत्ताईस तारीख चीनको हुवेई प्रान्तको राजधानी शहर हुआन पुग्ने छन् । त्यहां उनले चिनिया राष्ट्रपति सि जिम्पीङसंग अनौपचारिक तर महत्वपूर्ण दुईपक्षिय वार्ता गर्ने छन् । यस वार्तालाई शिखरवार्ताको संज्ञा दिईएको छ ।
गत दिसम्बरमा चिनिया विदेशमंत्री वाङ यी दिल्ली भ्रमणमा आएपछि दुई देशबीचमा कुटनीतिक सक्रियताले तीव्र गति लिएको देखिन्छ । त्यसपछि फरवरीमा भारतीय विदेश सचिव विजय गोखले चीन भ्रमणमा गए । उनि चीन बारे विशेष जानकार रहेको बताईन्छ । उनि फर्केपछि भारतीय सूरक्षा सलाहकार अजित डोभल पनि चीन पुगे । यी सबै भ्रमणहरु सी र मोदीको भेटलाई चांजोपांजो मिलाउन भएका थिए । त्यसपछि अप्रैलको बीस तारीखमा भारतीय विदेशमंत्री स्वराजको बेइजिङ भ्रमण भयो । एउटा समारोहमा विदेशमंत्री यीले चीन र भारत प्रकृतिले नै जुराएका सहयोगी भएको र यो सम्बन्धले दुई देशमा मात्र नभएर यस यस क्षेत्रमा नै सकारात्मक पर्ने बताएका थिए । यो भनाईको इशारा पाकिस्तान तर्फ हो कि जस्तो देखिन्छ । चीनले भारतीय अतिथिहरुलाई उच्च महत्व दिएको छ र भारतमा पनि उसको पारम्परिक विदेश नीतिमा फेरबदलको संभावना देखिएको छ ।   एशियाका दुई महत्वकांक्षी स्तम्भका रुपमा विकास गरिरहेका भारत र चीन प्रतिद्वन्दी शक्तिका रुपमा रहंदै आएका छन् । गतवर्ष मात्रै दोक्लाममा दुई देशका सेना लामो समय भिडन्तको तयारीमा रहे तर कुटनीतिक सक्रियताले दुर्घटना हुन पाएन । त्यसयता दुई देशको व्यापारकालागि महत्वपूर्ण रहेकोे सिक्कीमस्थित नथुला नाका पनि बन्दप्रायः थियो तर हालसालै भारतीय विदेशमंत्री सुषमा स्वराजको चीन भ्रमणपछि पुनः सुचारु गर्ने निर्णय भएको छ । दोक्लाम तनावपछि दुई देशबीच कडा आरोपप्रत्यारोप जारी नै रहेको थियो ।
अन्तरराष्ट्रिय हिसावले पनि अमेरिकाले नेतृत्व गरिरहेको चीनको विरोधी खेमामा भारतको समिप्यता बढीरहेको देखिएको थियो । यो आवश्यकता चीनले कार्य गरिरहेको महत्वकांक्षी योजना ओबीओआरको दूनियामा फैलिंदो संजालबाट उसले आफ्नो प्रभूत्व कायम गर्ला भन्ने आशंकाका कारण उत्पन्न भएको थियो । भारतका पारम्परिक प्रभावमा रहेका भनिएका श्रीलंका, मालदीव्स, बंगलादेश र नेपालमा पनि चिनिया लगानी र प्रभाव बढ्दै गएको र हिन्द महासागरमा चीनी मरीनको बढ्दो उपस्थितीले पनि उसको अमेरिकातिर सामिप्यता बढ्दै गएको थियो ।
डोनाल्ड ट्रम सत्तामा आएपछि दुनियामा अमेरिकाको प्रभाव कमजोर बन्दै गैरहेको छ । यस्तो स्थितीमा अमेरिकाको प्रतिनिधिका रुपमा चीनसंग टक्कर लिन भन्दा छिमेकमा रहेको चीनसंग प्रत्यक्ष कुटनीतिक प्रयास गर्न भारतकालगि निश्चय नै उचित हुनेछ । आतंकवादका नाममा अमेरिकाबाट बहिष्करणमा परेको पाकिस्तान यतिबेला चीनसंग नजिक रहेको छ । चीन र भारतको संबन्धमा सुधार आएमा भारत र पाकिस्तानको तनावपुूर्ण सम्बन्धमा पनि सकारात्मक प्रभाव पर्ने संभावना जीवित रहने छ । संभवतः नेपालमा पनि चीनसंग अस्वस्थ प्रतिस्पर्धाको स्थितीबाट भारत जोगिन सक्छ ।
भारतसंग सम्बन्ध सुधार गर्नु चीनको निम्ति पनि उसको रणनीतिका निम्ति दुनियाका धेरै मोर्चाहरुमा सफलता हासिल गर्नु सरह हुनेछ । भारत चीन विरोधी खेमा भन्दा बाहिर आउदा भारत र चीन जस्तो विशाल बजारमा एकअर्काको पहुंचको सम्भावनाको ढोका खुल्ने छ ।    
यस्ता तमाम कारणहरुले तनावको स्थिति भोगिरहेको भारत चीन संबन्धमा विगत केही महिना यता एउटा छरितो कुटनीतिक सक्रियता देखिएको हो । यो सकृयताले विगतको बोझिलो स्थितीप्रति दुवैपक्षमा आत्मसमीक्षा भएको हो कि भन्ने अनुभव गर्न सकिन्छ । कुटनीतिक सकिृयता बढ्दैमा अहिले नै सकारात्मकताको आशा गरिहाल्नु हतारो नै हुनेछ किनभने यस्तो स्थिती विगतमा पनि बन्दै र बिग्रंदै आएको हो ।
             



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष