कोरियाली प्रायद्वीपमा खुशीको लहर

  संसारबाट अलगै र रहस्यमय मानिएको बन्द देश उत्तर कोरियाली नेता किमइल जोङ उन र तीव्र आर्थिक विकास गरिरहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन  बीच दुई देशको सिमावर्ती गैरसैनिक क्षेत्रमा वार्ता भएको छ । यही २७ अप्रैलका दिन पानमोनजोममा दुई कोरियाली नेताहरुबीच आधा घण्टासम्म हार्दिकतापूर्वक वार्ता भएको थियो । उत्तर कोरियाली नेता आफ्नी बहिनी किम यो जोङ सहित नौजना अधिकारीहरु र केही सादा पोशाकका सुरक्षाकर्मीहरु लिएर त्यहां पुगेका थिए । त्यहांको अतिथि पुस्तिकामा उनले अब नयां इतिहासको शुरु हुन्छ भनेर लेखेका थिए ।
सन् १९५३ मा दुई देश बीच युद्ध विरामपछि ५५ वर्षमा दुई देशका उच्चस्तरका नेताहरुबीचको यो नै पहिलो भेट हो । अहिलेसम्म लगभग युद्धकै स्थितीको तनावमा रहेका दुई राष्ट्रहरु माझ भएको यो भेटघाट त्यस क्षेत्रको शाान्ति र समुन्नतिका निम्ति निकै महत्वपूर्ण घटना हो ।
यो भेटमा दुई नेताहरुले आणविक होडबाजीको अन्त गर्ने र यसै वर्षभित्र शान्ति सम्झौतामा हस्ताक्षर गरी शान्तीको सुनिश्चितता गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनिहरुले जारी गरेको घोषणापत्रमा भनिएको छ– अब यस प्रायद्वीपमा कहिल्यै युद्ध हुने छैन, अब शान्तिको युग शुरु भयो । निरन्तर परमाणु क्षेप्यास्त्र र हाडा«ेजन बम परिक्षण गरेर सामरिक शक्ति हासिल गरेको भनिएको उत्तर कोरिया यस क्षेत्रको चुनौतिका रुपमा मानिएको थियो । यसले गर्दा पश्चिमका शक्तिहरुबाट उसले नाकाबन्दी खेप्दै आएको छ । अहिलेको प्रतिबद्धता व्यवहारमा आउने हो भने अहिलेसम्म उत्तर कोरियाको आणविक शक्तिलाई टक्कर दिन कोरियाई प्रायद्वीप वरपर मोर्चाबन्दी गरिरहेका अमेरिका, जापान र दक्षिण कोरियाबीचको समिकरणमा केही प्रभाव पर्ने देखिन्छ ।
सन्की तानाशाहका रुपमा प्रचार गरिएको पारम्परिक रुपको साम्यवादी देश उत्तर कोरियाली नेता उनलाई दक्षिण कोरियाली नेता इनले नयां कदमकालागि प्रसंसा गरेका थिए । उनले एक सप्ताह अघि नै धेरैको चिन्ताको विषय मानिएको उत्तरकोरियाको परमाणु परिक्षण कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए ।
यो भेटलाई संसारभर चासोका साथ हेरिएको थियो । अमेरिकाले सतर्कता साथ सकारात्मक प्रतिकृया जनाएको थियो भने किम जोङ उनले दक्षिण कोरियासंग नयां इतिहास रचेको टिप्पणी बी बी सी ले गरेको थियो ।
दोस्रो विश्वयुद्ध ताकाको गृहयुद्धमा उत्तरी कोरिया अलग भएर साम्यवादी देशकारुपमा अस्तित्वमा आएको थियो । त्यसपछि यो निरन्तर बाहिरी संसरबाट अलग रहंदै आएको छ ।
केही समय अगाडि उत्तरकोरियाली नेता उन आकस्मिक यात्रामा बेईजिङ पुगेका थिए । उनको यो नयां कदमलाई बेईजिङको ईशाराका रुपमा पनि बुझिदैछ । पश्चिमाहरु नाकाबन्दी र बढ्दो असुरक्षाको दवाव कारण उनले चालेको कदमको रुपमा पनि हेरेका छन् । आऊदो मईमा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम उत्तरकोरियाली नेता उनबीचको शिखरवार्ता संभव हुने अड्कल काटिंदै छ ।                   


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष