
वर्तमान नेपालको सिमाना भित्रको कपिलवस्तु गणराज्यको लुम्बिनीमा शाक्य राजकुलमा आज भन्दा २५ सय ६२ वर्ष अघि गौतम बुद्ध जन्मेका थिए । बालकालमा उनको नाम सिद्धार्थ थियो । उनका पिता शुद्धोदन कपिलवस्तुका राजा र मामायादेवी छिमेकी कोल राज्यकी राजकुमारी भएको र रोगी, मानिसको अन्तिम शवयात्रा जस्ता दृश्यहरु देखेर संसारबाट विरक्त भई ज्ञानको खोजीमा दरवार छोडेर निस्किए । कठीन प्रयासपछि उनले भारतको गयामा बुद्धत्व प्राप्त गरेका, भारतको सारनाथबाट ज्ञान प्रचारको काम आरम्भ गरेका र भारतको कुशीननगरमा अस्सी वर्षको उमेरमा निर्वाण प्राप्त गरेका भन्ने बाहेक खासै जानकारी आम मान्छेमा देखिंदैन ।
बुद्धको सरोकार उनको कालजयी विचारहरुका कारणले पुर्वीय दार्शनिक वाङमयको एउटा धार्मिक सम्प्रदायमा मात्र सिमित छैन । उनि एउटा सम्प्रदायका गरुभन्दा पनि त्यस यूगका महान दार्शनिक हून् । उनको समकालिक रुढीवाद, अन्धविश्वासका विरुद्धको सक्रियताले उनलाई समाज सूधारकका रुपमा पनि आदर गरिन्छ । नेपाली समाजका हरेक सांस्कृतिक मोडहरुमा दार्शनिक, सामाजिक अभियान्ता र सम्प्रदायका गूरुका रुपमा परापूर्वकालदेखि नै बुद्धलाई स्मरण गरिन्छ । हिन्दू सनातनीहरुका धेरै जसो देवी देवताका मन्दिरहरुमा बुद्धका मूर्तिहरु पनि स्थापित गरिएको देखिन्छ । कतिपय तीर्थस्थल र देवीदेवताहरु हिन्दू बौद्ध दुवै धर्मका साझा रहिआएका छन् । यसले नेपाली समाज दुवै धर्महरुको पास्परिक समन्वयबाट निर्देशित रहंदै आएको छ ।
वि.सं ९०० तिर तिब्बती बौद्ध संप्रदायमा नराम्रा दिनहरु आए । त्यहांका राजा ग्लालदर्माले बुूद्धधर्मको चर्को विराध गरी चैत्य र गूम्बाहरु तोडफाड गर्ने र भिक्षुहरु लाई दूःख दिने काम गरेका थिए । उनको हत्या भएपछि चारैतिर अराजकता फैलियो र तिब्बतमा ससाना राज्यहरु अस्तित्वमा आए । यस्तो स्थितीमा कूमाऊतिरबाट गएका खसहरुले नै तिब्बतभित्र सम्म राज्य फैलाएका हुन् भन्ने कुरा बढी प्रमाणिक हो कि जस्तो देखिन्छ । त्यहां गए पछि नागराज र उनका भाई देवराज भिक्षु भएका थिए ।
वि.सं.११६७ तिर कूमाऊ राज्यका राजा विनाचन्दको मृत्यूपछि संभवतः कूमाऊको चन्द राजदरवारमा भारदार रहेका नागराजको नेतृत्वमा उक्त राज्य कब्जा भयो । त्यसपछि उनिहरुले नागराज भन्ने खस नायकको नेतृत्वमा तिब्बतमाथि विजय पा्रप्त गरे भन्ने पाईन्छ भने अर्कोतिर खारी प्रदेश (तिब्बत) तिरबाट आएर नागराजले सिंजानगरमा आई राज्य गरेको भन्ने पनि देखिन्छ । यसरी नगराज खस वा भोटे के थिए भन्ने कुरामा अन्योलता जस्तो पनि देखिन्छ । जे भएपनि नागराज शासकिय हिसावले खस साम््रााज्यका सूत्रधार भएको कुरा निर्धक्क भन्न सकिन्छ । नागराजकम नाति चापले पनि तिब्बतसम्म नै राज्य गरेको र तिब्बती वंशावलीमा उनको नाम वचन फयूगल्दे उल्लेख गरिएको पाईएको छ । उनका उत्तराधिकारी क्राशिचल्ललाई पनि तिब्बती वंशावलीमा वक्रशिसल्दे उल्लेख भएबाट पनि खसहरुको तिब्बतसंग आत्मिक संबन्ध रहेको र उनिहरु अहिले हिन्दू हुनु भन्दा पहिला बूद्धमार्गी रहेको तथ्यमा दूविधा राख्न पर्ने देखिन्न । यिनै खसहरुले पछि हिन्दू धर्म मान्नथालेकोले र उनिहरुका पूर्खाहरुले मानिआएको हुनाले बौद्धधर्मप्रति पनि उनिहरुको अनादर रहेन । नेपालका मंगोल र अन्य केही समूहहरु पनि बौद्धधर्मावलम्बी भएर पनि हिन्दू धर्मप्रति अनादर रहेको देखिंदैन । यसरी नेपालमा यि दूई सम्प्रदाय बीच राम्रो समन्वय देखिन्छ ।
बुद्ध र उनको समकालबारे संसार भरिका धेरै विद्वानहरुबाट प्रसस्तै अनुसन्धान
र विचार विमर्शहरु भएका छन् र तिनका आधारमा लेखिएका विभिन्न दृष्टिकोणका
कृतिहरु विश्वस्तरमा पाईन्छन् । नेपाली वाङमयमा त्यसको समूचित प्रभाव अझै परेको देखिंदैन । स्वभाविकरुपले ती ज्ञानका प्रकाशपूंजहरुबाट आम नेपाली मुमुक्षुहरुले सूसूचित हुने सौभाग्य पाउन सकेका छैनन् ।
हिन्दू कालगणना अथवा पौराणिक ग्रन्थहरुका अनुशार, प्राचिन कालमा आर्यहरुको एउटा शाखा हिन्दकुश पर्वत पार गरेर सिन्धु र यसका सहायक नदीहरुको क्षेत्रमाबसोवास गर्न थाल्यो । अनुमान गर्न सकिन्छ, आर्यहरु पशुपंछी जस्ता सामूहिक सम्पत्ति लिएर यहां आउंदा उनिहरुको सामना यहां वसोवास भएका द्रावीड, पणी जस्ता सभ्य र उन्नत र किरातहरु जस्ता असभ्य जातीहरुसंग भयो । घोडामा चढेर हिड्ने आर्यहरु उनिहरु बाहेकका असुरहरु बीच युद्धहरु भए । जसलाई देवता र असुर बीचको लडाई भनिन्छ । वेदको पुरानो अंशको सृजना त्यही समयतिर भएको हो । आर्यहरु यहां आउदा नै पनि केही सृजना आफुहरुसंगै लिएर आएको अनुमान गर्न सकिन्छ । पक्कै पनि यस्ता सृजनाहरु पनि वेदमा सम्मिलित गरिए । त्यस काललाई सत्ययूग भन्ने गरिएको छ । वैदिक सभ्यता पछिको त्रेतायूगमा गंगानदी वरपरको समथर र मलिलो विस्तृत भूमिमा पनि आर्य सभ्यताको फैलाव भईसकेको थियो । मानिसहरुको व्यवस्थित वसोवास भएको मात्र होईन कैयन शक्तिशाली राज्यहरुको स्थापना भैसकेको देखिन्छ । त्यस समयमा नै वैदिक सभ्यताको यो फैलाव भारतीय पा्रयःद्वीपभरि नै विस्तृत भैसकेका प्रमाणहरु विभिन्न श्रोतहरुमा पाईन्छन् । त्रेतायूग वा भनौ उत्तरवैदिक कालदेखि लिंगपुजक अनार्यहरु र अग्निपूजक आर्यहरुबीच रहिआएको शत्रुताको आगो पछिल्लो समयमा सेलाउंदै गएर एउटा साझा हिन्दू संस्कृतिको विकास भएको देखिन्छ ।
कलियूगको प्रारम्भतिरको बुद्धको समयमा कोशल, मगध जस्ता राजतन्त्रवादी
शक्तिशाली राज्यहरु र गणतन्त्र भएका गरी सोह्रवटा महाजनपदहरु जम्बूद्वीपमा रहेको तथ्य बौद्ध साहित्यहरुमा पाईन्छ । इतिहासकारहरुका अनुशार भारतीय प्रायद्वीपको सिलसिलेवार इतिहासको शुरुआत पनि बौद्धकालबाट भएको हो । संभवतः बुद्धभन्दा अगाडिको यस भूखण्डको इतिहासबारे हिन्दूहरुका पौराणिक ग्रन्थहरुको भरपर्नू बाहेक अन्य विकल्प अहिले हामीसंग छैन । प्रमाणिकता भन्दा पनि कथनात्मक भएका यस्ता ग्रन्थहरुलाई प्रमाणतिर डो¥याउने अनुसन्धानका सूत्रका रुपमा मान्ने गरिएको छ । बुद्धको शिक्षाले प्रारम्भिक समयमा हिमालयदेखि दक्षिणको पहाडी भाग भन्दा पनि दक्षिणको गंगानदी वरपरको समथर खण्डमा निकै ठूलो प्रभाव पार्न सफल भएको थियो । जुन त्यसबेला जम्बूद्वीपको सबैभन्दा संवृद्ध र सुसंस्कृत क्षेत्र थियो ।
वैदीककालदेखि यस समयसम्म विभिन्न सांस्कृतिक समूहहरु बीच विभिन्न खाले द्वन्दहरु भए । अब आर्य अनार्यहरुको भिन्नता मात्र होईन दुवै बीच समताको विकास समेत हुंदै गैरहेको थियो । महाभारत युद्ध जस्ता आन्तरिक द्वन्दहरुमा समेत यस्तै समुहहरुको सहभागिता देखिनुले दैत्य देव नाग यक्ष गन्धर्व खस किरात मंगोलहरु जस्तै अन्य धेरै समुहहरु बीच पारस्परिकताको विकास पनि भैसकेको थियो भन्ने आधारहरु देखिन्छन् । यसले एउटा नयां संस्कृतिको विकास भएको अनुमान गर्न सकिन्छ ।
बुद्धको जीवनका महत्वपूर्ण परिघटनाहरु तल्लो समथर भागका राजगृह,पाटलीपुत्र,
गया, सारनाथ, वैशाली र कुशीनगर जस्ता स्थानहरुमा भएका कारणले पनि हिमालय भन्दा दक्षिणको पहाडी क्षेत्रको भन्दा त्यस क्षेत्रको चर्चा हुनु असम्भव होइन तर कपिलवस्तु गणराज्यको समयमा उत्तरतिर नेपाल उपत्यकामा किरातहरुले राज्य
गरिरहेको देखिन्छ भने पूर्वतिर प्राचिन समय देखिको मिथिला वा विदेह जुनसुकै
अवस्थामा भएपनि अस्तित्वमा रहेको कुरा किटेर भन्न सकिन्छ । कतै यो विदेह
वैशाली गणराज्य अन्तरगतको एउटा गण रहेको भन्ने पनि देखिन आउंछ ।
बुद्धकालमा मगध नरेश बिम्बिसारले विदेहकी राजकुमारी वैदेहीसंग विवाह गरेको र अजातशत्रु यिनै वैदेहीबाट जन्मेको भन्ने पनि देखिन्छ । उत्तरापथ भनिने सडक संजालसंग विदेह जोडिनु स्वभाविक थियो । यसले विदेहसंग कपिलवस्तुको सम्बन्ध कुनस्तरको थियो र बौद्ध धर्मको प्रभाव निकट दक्षिणका वैशाली,मगध र कुशीनारा ओतप्रोत भएको समयमा विदेहको हालखबर के थियो भन्ने कुरा इतिहास कै गर्भमा छ ।
समकालिन इतिहासमा नेपाल सभ्यताको कपिलवस्तुसंगको संबन्धवारे भेटे पढेका इतिहासका किताबहरुमा पनि समूचित अनुसन्धान भएको देखिंदैन । परापूर्वकालदेखि नै भारतीय प्रायद्वीपको हिमालय भन्दा उत्तरतिर पनि संबन्ध रहेको अनौपचारिक इतिहास भनेर मानिएका पुराणहरुमा उल्लेख भएको पाईन्छ । पुरामानवहरुको अस्तित्व रहेको अड्कल गरिएको हिमालयको दक्षिणी भागमा पछिल्लो समयका मानवहरुको भौगोलिक विकटताका वावजूद पनि उत्तरतिर सम्बन्ध थिएन भन्न सकिन्न । यो संबन्धको विकास नेपाल उपत्यका वा हिमालयमा नेपालतिर बनेका नाकाहरुबाट पनि भएको हुनसक्ने संभावना छ । यस्तो परिस्थितीमा बुद्धकालमा नेपाल उपत्यकासंग समथर भागको सम्बन्ध थिएन भन्न सकिन्न ।
(बाबुराम पौड्यालको कृति रोहिणीको तिरमाको पाण्डुलीपीबाट साभार)
buddham saranam gachhami
जवाब देंहटाएं