I Missing You Mom

         
      




         महाप्रस्थानको एघारैं वर्षमा फेरि आमालाई सम्झिने औंसी संघारमा आईपुगेको छ । त्यसबेला मृत्यूलाई अकाट्य सत्यका रुपमा स्वीकार्नु बाहेक मसंग अरु विकल्प थिएन । वास्तवमा त्यो महाप्रस्थानले संघर्षशील, कर्मठ लौह व्यक्तित्वको छहारीबाट मलाई नियतीले च्यूत बनाएको मात्र नभएर भ्रूणदेखि नै रमाउंदै आएको ममतामयी कोख पनि खोसिएको थियो । त्यसबेला न मसंग रुन मेरा आंखामा आंसु नै थिए न मस्तिष्कमा कुनै तर्क । यसपटक फेरि मातृ अमावस्य आईपुगेको छ । त्यस्तै स्मृतिले मेरो सामु आमाको स्मृति गराई रहेछ आज पनि । यहि मेरो सानो घरमा आमा सशरीर देख्न पाऊछु कि भन्ने झझल्को लागिरहेको छ । तर, मलाई थाहा छ यो मेरो भ्रम मात्रै हो । आमाको त्यही व्यक्तित्वलाई स्मरण गर्दै शतशत श्रद्धांजली अर्पण गर्दछु ।    

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष