कस्तो होला भारतीय प्रधानमंत्री मोदीको नेपाल भ्रमण ?


      भारतीय प्रधानमंत्री नरेन्द्र मोदी नेपाली प्रधानमंत्री केपी ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन् । उनि संसारकै केही शक्तिशाली देशहरु मध्येको एक भारतको बलिष्ट प्रधानमंत्री हुन् । त्यसैले उनको महत्व अमरिका, चीन र जापान जस्ता देशहरुले समेत बुझेका छन् । त्यसैले उनको भ्रमण भारतको निकट छिमेकी र भनौं भारत आश्रित नेपालका निम्ति कम महत्वको हुने कुरै भएन । विगतका केही नमिठा अनुभवहरुले गर्दा अब भारतमा मात्रै आश्रित रहंनु हुदैन भनेर सोच्ने पक्षको नेपालमा जनमत यतिबेला ठूलो छ । यो सोचप्रति भारत सन्तुष्ट छैन ।

मोदी नेपाल आऊंने दिन नजिकिदै जांदा सिमानामा अप्रिय घटनाका खबरहरु आईरहेका छन् । सिमानामा नेपालीहरुप्रति भारतीय सिमारक्षकहरुले दुव्र्यवहार तराई मधेशमा नै हुने गरेको छ । त्यहां नेपालीहरु मारिएका उदाहरणहरु समेत छन् । भारतद्वारा बनाईएका संरचनाहरुले नेपालको हज्जारौ बिघा जमिन डुब्दा कयौं नेपाली परिवारको उठीवास भएको पनि तराई मधेशमा नै हो । यस्ता कृयाकलाप नरोकिएसम्म यहांको राजनीति भित्रको एउटा वर्गले भारतको जयजयकार गरे पनि आम जनतामा भारतप्रति सद्भावको विकास हुने छैन भन्ने तथ्य भारतले बुझ्न उपयुक्त हुने छ ।
  मोदीले नेपालको भ्रमणलाई धर्मसंग पनि जोड्न खोजेको देखिन्छ । यो भ्रमणमा जनकपूर उनको पहिलो प्रथामिकतामा परेको छ । उनि भारतबाट पहिला जनकपुरमा आउने कार्यक्रम छ । अघिल्लो पटक नेपाल भ्रमणमा आऊंदा पनि उनको रहर जनकपुर पुग्ने थियो तर घोको पुरा हुन सकेन ।  सीताको जन्मस्थल हिन्दुहरुको पवित्र तीर्थस्थल पनि हो । यो जनकपुर पनि तराई मधेशमा नै छ । मोदीलाई भारतबाट पीडामा पारिएका नेपालीहरुले आत्मैदेखि पुष्पगुच्छा दिएर स्वागत गर्न आउने स्थिती भएमा मात्र भारत नेपाल संबन्धमा सुवास आउने थियो । नेपाल भारतका शासकहरुले दुई देशको विशिष्ट सम्बन्ध नै नागरिक सम्बन्ध हो भन्ने कुरा बुझ्नु उपयुक्त हुने छ ।
मोदीको जनकपुर भ्रमणलाई दोस्रो कोणबाट हेर्नेहरु पनि छन् । पछिल्लो मधेश आन्दोलनको अन्ततिर भारतबाट आन्दोलनको एक्कासी तेजोबध नै गरिएको थियो । पहिला दिल्लीको साथ पाएको त्यस आन्दोलनले पछि अचानक दिशा बदलेर निश्तेज पार्न काठमाण्डौलाई साघाएको थियो । त्यो धोका भएको मान्नेहरु मधेशमा नै छन् । त्यो घाऊमा मलहम पट्टी गर्न पनि मोदीकानिम्ति जनकपुर भ्रमण यसपटक  प्राथमिकतामा परेको हो । दिल्लीबाट टाढिंदै गएको काठमाण्डौलाई चीनको प्रभावबाट अलग गर्न पनि फकाउन पर्ने वाध्यता दिल्लीमाथि आईपरेको छ । पछिल्ला दिनहरुमा सकारात्मक हुंदै गएको जस्तो सतहमा देखिने भारत नेपाल संबन्ध पनि त्यसै बाध्यताको उपज भएको पनि बताईंदै छ । आउने दिनहरुमा नेपालमा आफ्नो भरपर्दौ मित्र शक्तिको खोजीमा यतिबेला भारत रहेको देखिन्छ । नेपालमा उसले उपयोग गर्न सक्ने शक्ति नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेश केन्द्रित दलहरु नै भएको भारतीय विज्ञहरुले नै बताउंदै आएका हुन् । माओवादी केन्द्र एमाले निकट भएपछि र कांग्रेस कमजोर बनेको स्थितीमा मधेश र मधेशका राजनीतिक ताकतहरु पनि दिल्लीको नजरमा परेको विष्लेशण गरिंदै छ ।  
मधेशका नेपालीहरुका भारततिर मावली ससुराली र छोरीका घरहरु छन् । त्यसैले नेपालीहरुले सद्भाव राखेमा त्यसले सिमावर्ती भारतमा आफुलाई राजनीतिक लाभ हुने आशामा मोदी रहेको देखिन्छ ।
नेपालका निकटस्थ छिमेकीहरु भनेका भारत र चीन मात्रै हुन् । त्यसैले यहां दुई देशबीच तुलना हुनु अस्वभाविक होईन । चीनसंग कुनै किसिमको तनावको स्थिती उत्पन्न भएन । एकआध पटक त्यस्तो भए पनि त्यसलाई तुरुन्त समाधान गरिएको छ । भारतसंग भने सरकारी स्तरमा मात्र होईन नागरीकले दुःख पाउने अवस्था पटकपटक दोहोरिईरहेको छ । यस स्थितीमा भारतले गर्दा नै नेपालमा भारत विरोधी जनमत प्रबल हुंदै गैरहेको छ । स्वभाविक रुपले यो जनमत चीनको पक्षमा गैरहेको छ । यो प्रकृया यतिबेला आएर एक्कसी भएको होईन । दशकोैबाट चलिरहेको छ । यसलाई राष्ट्रवादको नाम दिएर हौवा फैलाउने काम पनि हुने गरेका छन् । यसको विरुद्धमा भारतले जे गरेपनि चुप लागेर सहनु पर्ने भन्ने राष्टवादको अनौठो स्कुलिङ्ग पनि यहा देखिन्छ ।
प्रधानमंत्री मोदी केही दिन अगाडि चीनको भ्रमण गरेर फर्किएका छन् । उनको यो भ्रमणले नेपाल चीन संबन्धमा कस्तो असर पर्ला भनेर उत्सुकता साथ हेरिएको थियो । त्यहां भारतसंग मिलेर नेपालको पनि विकास गर्ने चीनको प्रस्ताव मोदीले स्वीकार गरेनन् । त्यसको प्रभाव कस्तो पर्ने हो निकट भविष्यमा देखिने छ । जे भएपनि भारत चीनको संबन्ध सुधार आउनु राम्रो हो । मोदीको नेपाल भ्रमणलाई सफल पार्ने दायित्वमा नेपाल कुटनीतिक हिसावले पनि कहीं चुक्नु हुदैन ।                         


टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष