छवि सुधार्ने प्रयासपछि फर्के मोदी


मोदीले बिगतमा नेपालमाथि गरेको नाकाबन्दीमाथि केही सकारात्मक कुरा बोलुन् भन्ने धेरै मानिसहरुको चाहना थियो । यस्तो गरिएको भए नाकाबन्दी हामीले गरेका हौं भनेर दवा गर्दै आएका मधेशी राजनीतिक दलहरुको गुनासो रहन सक्ने भएकोले मोदीले त्यसो नगरेको बुझिन्छ ।  नाकाबन्दीको प्रतिवादको यश पाएका प्रधानमंत्री ओलीको मोदीले गरेको प्रसंसा, असहमति राखिएको नेपालको संविधानका आधारमा भएका चुनावहरुप्रति मोदीले गरेको प्रसंसा र प्रदेशहरुको गठन जस्ता कुराहरुले नाकाबन्दीप्रति आत्मालोचनाका रुपमा अथ्र्याउन पनि सकिन्छ । मधेशका मुख्यमंत्रीले सार्वजनिक मंचबाट नै आफुहरुमाथि विभेद भएको कुरा मोदीका अगाडि नै राखेका छन् । यसले उनिहरुको दिल्लीसंग अझै आशा मारिसकेका छैनन् भन्ने बुझिन्छ ।  



पछिल्ला दिनहरुमा नेपालले भारतसंग नयां कुराको आशा भन्दा पुराना प्रतिबद्धताहरुको कार्यान्वयनमा जोड दिएको देखिन्छ । यसले प्रतिबद्धताहरु थाति राखेर नेपालमा गरिदिने भनिएका योजनाहरु ओगट्ने तर काम नगर्ने नीति अंगाल्दै आएको भारतमाथि पनि एकखालको दवाव परेको जस्तो देखिन्छ । नया कुराहरुमा कनेटिविटी


 भारतीय प्रधानमंत्री आफ्नो दुई दिवसिय नेपालको राजकीय भ्रमण सकेर बैशाख २९ गते दिल्ली फर्किसकेका छन् । उनको भ्रमणले सामाजिक संजालदेखि लिएर घर घरमा समेत प्रसस्तै चर्चा पायो । विगत केही वर्षहरुदेखि तनावपूर्ण रहेको दुई छिमेकी देशहरु बीचको सम्बन्धका कारण पनि आममानिसहरुमा यस सम्बन्धमा चासो हुनु स्वभाविक थियो । प्राथमिकतामा परेको छ जुन ओलीको भारत भ्रमणमा नै परेको थियो ।

मोदी धार्मिक प्रवृत्ती भएका मानिस हुन् । प्रचलित धार्मिक प्रवृत्ती आफैमा समतामूलक नभएर विभेदकारी नै रहेको छ । मोदीको धर्मवादको राजनीतिक अनुवाद राष्ट्रिय स्वयं सेवक संघबाट भएको हो । मोदीको धर्मवादले समग्र भारतको प्रतिनिधित्व नगर्ने कुरा भारत मैं उठिरहेको छ । त्यसैले उनले नेपाली हिन्दु मनभित्र प्रभाव पार्न पूजाआजा तीर्थाटन पौराणिक मिथकको गायन गरेर निकटता देखाउन खोजे पनि धर्म उनको व्यक्तिगत आस्थाको विषय मात्र हो भनेर नेपालीहरुले बुझ्दा उचित हुनेछ । मिथकका भरमा वा रोटी बेटी नाममा मात्र अबको कुटनीतिले सम्पूर्णता पाउन सक्दैन भन्ने यथार्थ बिर्सन हुंदैन । किनभने कुटनीति तथ्यबाट मात्र सार्थक बनाउन सकिन्छ । भावनाले यसलाई सुन्दरताको जलप मात्र दिन सक्छ ।   

           
मोदीको नेपाल भ्रमणलाई लिएर नेपालमा विरोध र शंदेहका स्वर पनि सुनियो । नेपाल भारत संबन्धको विगतले नै आधार खडा गरिदिएकोले नै यस्तो भएको हो । आम चर्चाहरुमा कुटनीतिक तौरतरिका अन्तरराष्ट्रिय परिस्थिती र संभावित परिणाम भन्दा पनि तत्काल आफुले भागिरहेको वर्तमानको सरोकार बढी हुने गर्दछ । अझ यसमा धर्म, जाति, क्षेत्र जस्ता तथ्य र परिणामप्रतिको सजगता भन्दा भावनात्मक संवेग बढी परिचालित हुने हुनाले सकारात्मक र नकारात्मक दुवै अभिव्यक्तिहरु प््राकट भएको देखिन्छ । यस्ता अभिव्यक्तिहरुलाई सही र गलत भन्नु भन्दा आम जनमतका रुपमा हेक्का राख्न उपयुक्त हुन्छ ।        


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष