नेपाल कम्युनिष्ट पार्टीको गठन ; एक भए केपी प्रचण्ड

बहुप्रतिक्षित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र बीच यहि जेष्ट ३ गते काठमाण्डौ स्थित राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा एकताको घोषण भएको छ । एकिकरणबाट नेपाल कम्युनिष्ट पार्टी नामको नयांं र ठूलो पार्टी गठन भएको छ । निरन्तरतामा रहेका नेपालका दुई ठूला पार्टीहरुको एकिकरणबाट बनेको यो पार्टीलाई पुरानै पनि भनिएको छ । यो एकताले नेपाली राजनीतिलाई नै प्रभावित गर्ने छ । विश्वमा पनि विषेश गरेर संसदीय प्रणालीमा आएका कम्यूनिष्ट पार्टीहरुको कमजोर प्रदर्शनलाई उत्साहित गर्ने विष्लेषण गरिएको ।


कम्युनिष्टहरु बीचमा प्रायजसो एकअर्काबीच भाईचाराको सम्बन्ध राख्ने भन्दा तिक्ततापूर्ण सम्बन्ध रहेको देखिंदै आएको छ । पार्टीभित्र  अन्तरविरोध हुने बित्तिकै विभाजन भएका कैयन घटनाहरु छन् । यस सवालमा उनिहरु बद्नाम नै छन् । त्यसैले यो पार्टीको दिगोपन बारे आशंका नगर्न पर्ने स्थिती भने देखिंदैन ।
वि.सं. २००६ सालमा स्वर्गीय पुष्पलाल श्रेष्टको नेतृत्वमा गठन भएको नेपाल कम्ूयनिष्ट पार्टी उनान्सत्तरी वर्षपछि विभिन्न भंगालाहरुमा फूट्दै र जुट्दै उहि नाममा आईपुगेको हो । यस बाहेक अहिले पनि आधा दर्जन भन्दा बढी साना कम्यूनिष्ट पार्टीहरु नेपालमा छन् । नेकपाका नेताहरुले तिनीहरुलाई पनि एकिकरणमा आउन अपिल गरेका भए पनि त्यसको संभावना तत्काल देखिंदैन ।

चुनावी तालमेलको घोषणाका झण्डै सात महिना भित्र एकिकरणको प्रयासमा धेरै उतार चढावहरु आए । सैद्धांन्तिक भन्दा पनि नेताहरुको व्यवस्थापनमा धेरै कसरत गर्नू परेको थियो । यस दौरानमा एकता प्रकृया समेत् खारेज हुने स्थिती उत्पन्न भएको थियो । दोस्रो तहका केही नेताहरुले भने एकता प्रकृयालाई निरन्तर परिणाममा पु¥याउन भूमिका खेलेका थिए ।

गत संघीय र प्रादेशिक चुनाव अगाडि असौज १६ गते नै दुई पार्टीहरुले अप्रत्यशित रुपले एउटै साझा घोषणापत्र जारी गर्दै चुनावी तालमेल गरेका थिए । त्यसबेला पनि यस घटनालाई अविश्वसनिय यथार्थ मानिएको थियो । त्यसबेला माओवादी केन्द्र एमालेसंगको सहकार्य छोडेर ओलीको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरी नयां बनेको  कांग्रेससंगको गठबन्धनमा सत्तामा थियो । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका थिए । नेपाली राजनीतिमा अक्सर देखिने बाहिरी हस्तक्षेपका कारण पनि एमालेसंगको गठबन्धनबाट माओवादी केन्द्रलाई कांग्रेससंग गठबन्धन बनाउन भारतले भूमिका खेलेको आशंका त्यसबेला गरिएको थियो ।

विगतमा धेरै समय आपसमा तनावपूर्ण सम्बन्ध रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच एक्कासी भएको यो सहकार्यलाई जेसुकै भनिएको भए पनि केवल चुनावी हथकण्डाका रुपमा बुझ्नेहरुको कमि थिएन । स्थानिय चुनावमा एमालेको आशातित सफलता र खुम्चिंदै गएको माओवादी केन्द्रका कारण दबावमा परेका प्रचण्डको आवश्यकता अनुशार उनको कित्ता बदल्ने रणनीति कै एउटा नवीनतम कदमका रुपमा पनि यस गठबन्धनलाई बुझिएको थियो । केपी ओली र प्रचण्डको यो अमिल्दो जस्तो देखिने मिलनलाई चीनको प्रयासमा सफल भएको विष्लेशण पनि गरिएको थियो ।
माओवाद केन्द्र र एमाले बीचको यो गठबन्धनले गर्दा चुनावी नतीजा पनि बामगठबन्धनको पक्षमा गएको थियो । राजनीतिक अस्थिरताले जर्जर भएको देशमा यसरी एउटा शक्तिशाली पार्टीको गठन हुनुलाई एउटा राष्ट्रिय आवश्यकता पनि भएको महसुस आम रुपमा हुनु स्वभाविक थियो । नतिजाले यो गठबन्धनलाई सातवटा प्रदेशहरु मध्ये छवटामा बहुमत र केन्द्रमा बलियो सरकार बन्ने अवसर दियो । यतिबेला सत्तामा रहेका यिनै दुई पार्टीहरुको संयुक्त गठबन्धनको बलियो सरकार बनेको थियो ।  चुनावी गठबन्धनको घोषणाको बेला दुई पार्टीहरुले आगामि दिनहरुमा छिट्टै पार्टी एकताको प्रतिबद्धता समेत गरेका थिए ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष