विकृतिहरुको चाङमाथि ओली सरकार

 

नेपाल कम्युनिष्ट पार्टीको गठनले नेपालमा एउटा  नेपाल कम्युनिष्ट पार्टीको गठनले नेपालमा एउटा बलियो र शक्तिशाली सरकार दिएको छ । यस प्रकृतिको सरकार पाउन नेपाल र नेपालीहरुले झण्डै छ दशक पर्खनुपरेको छ 

  यस बिचमा बनेका लगभग सबै सरकारहरु अस्थिर भएका हुनाले भागबण्डा र मोलतोलको प्रचलन भयो । सरकारमा नै यस्तो चलन चलेपछि समग्र देशलाई नै यो संस्कृतिले विकृत पा¥यो । यो संस्कृतिले निरंकुश भनिएको पंचायती शासनका गंभिर घातहरु पनि विर्संन पर्ने अवस्था भयो ।


यसरी दलहरु नै यो संस्कृतिका मुख्य मतियार बने । ठेक्कापट्टामा कमिशनको चक्कर चल्यो । बढी पैसा दलहरुलाई दिनेलाई सांसद र राजदूत बनाईयो । पदहरु समेत पैसामा किनबेच भए । राजनीति नै जनताका भरमा भन्दा गुण्डाहरुका भरमा चल्न थाले । मिल्ने नमिल्ने सबै जनअसंतोषहरुलाई एकै समयमा आन्दोलनमा अनुवाद गर्न थालियो । यो समाधान एकै पटक गर्न कुनै महाशक्तिकालागि पनि संभव थिएन । नेपाल जस्तो मुलुककालागि संभव हुने कुरै भएन । क्रान्तिका नाममा भएका परिवर्तनहरु पनि यस्ता विकृति रोक्न सफल भएनन् बरु दिशाहीन र अराजक भए ।
समाजलाई जाति ,धर्म क्षेत्रका नाममा खण्ड खण्ड गर्न खोजियो । देशभित्रका सबै अन्तरविरोहरुलाई एकैपटक सतहमा ल्याउन खोजियो । जसको एउटै समाधान संभव थिएन । यो कमजोर अवस्थामा विदेशीहरुले आफ्ना स्वार्थ अनुकुल खेल्न खोजे । यसको दोष अरुलाई होईन नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई नै जान्छ ।
नेकपाको पुनरगठनमा परेका राजनीतिक शक्तिहरु पनि त्यही दुरावस्थाका निम्ति जिम्मेदार अंश हुन् भन्ने कुरामा दुईमत छैन । फरक मात्रामा मात्रै हो । यस्तो स्थितीमा पुरानै शैलि रहने हो भने नेकपा बलियो सत्तासीन पार्टी भएर पनि झन् भयावह स्थिती झेल्नु बाहेक देशका सामु अर्को विकल्प रहने छैन । नेकपाका नेताहरुको ध्यान यसतर्फ पुगेकै होला ।  


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष