नेपाली राजनीतिका धुमकेतु प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला भंगालाहरु नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेपछि नेपालमा लौ अब के के होला भन्ने कौतुहलता बढेको छ । त्यसमा केपी ओली त सरकारको र पार्टीको नेतृत्वमा छन् भने क्रमभंग शिरोमणी कामरेड प्रचण्ड पनि पार्टीमा ओली बराबरको हैसियतमा छन् ।  पार्टी एकिकरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएको र विश्वलाई नै उदाहरण प्रस्तुत गरेको भएपनि यो प्रचण्डको घटदो आयतनका कारण उनको वाध्यतामा भएको विष्लेशष गर्नेहरु पनि छन् ।      नेपाली राजनीतिमा नेता प्रचण्डको आरोहअवरोह निकै रोचक र रहस्यमय दुवै छ । राजनीतिमा उनको प्रलयंकारी आगमन र एमालेसंगको एकिकरणसम्मको बिसौनीलाई हेर्दा उनलाई नेपाली राजनीतिक आकाशको धुमकेतु भन्दा पनि फरक नपर्ने देखिन्छ । उनको राजनीतिक जीवनमा अर्को महत्वपूर्ण कुरा हो उनको गतिशीलता । त्यो पनि सिधा र सरल भन्दा बांगोटिंगो र रंगीबिरंगी छ । उनका यी गुणहरुका अगाडी उनका सैद्धांतिक मूल्य र मान्यताहरु समेत् यदाकदा निस्ससिएका भेटिन्छन् । आफ्नो यस्तो प्रवृतिलाई उनि सगौरव क्रमभंगताको संज्ञा दिन्छन् । उनले जेसुकै भने पनि यस्तो क्रमभंगताले गर्दा उनि कसैका पनि विश्वसनिय बन्न सकेन् । दिल्लीमा बाह्रबूदे गरेपछि उनले सिंहदरवारमा अत्यधिक बहुमत साथ सरकार बनाए । पशुपतिका भारतीय पुजारी र सेनापतिको कुर्सीमा आंखा लगाए । भारतको ढाडमा टेकिसकेका उनले टाउको मै प्रहार गर्न खोजेको अर्थ लाग्यो । उनले सरकार छोड्नु पर्यो । गिरीजाप्रसादलाई राष्ट्रपति बनाउंछु भनेर ढाडमा टेके नबनाएर चिल्लो टाउकोमा ठोके । जनजाति मधेशीहरुलाई अधिकारको आन्दोलनमा होमे र पछि एक्कासी सत्तामा बसेकाहरुसंग मिल्न पुगे । यसरी उनले अपनाएको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति आवरणमा केही हदसम्म सफल भएको जस्तो देखिए पनि अन्तत उनैलाई घाटा भएको प्रमाणित भयो । आरोहअवरोहका हिसाबले हेर्ने हो भने भूमिगत कालभरि उनि रहस्यमयी रहे । कसैले प्रचण्ड भनेको ज्ञानेन्द्र नै हुन् भने त कसैले प्रचण्डनामको कुनै मान्छे नभएर हल्लामात्रै रहेको टिप्पण्ीा पनि गरे । यस्तै समयतिर उनले आफ्नो फोटो सार्वजनिक मात्र गरेनन् आफू माओत्सेतुङको अब्बल चेलो घोषणा गर्दै माओवादको विकसितरुप भन्दै प्रचण्डपथको घोषणा गरि सिद्धांन्तकारको रुपमा प्रस्तुत गर्ने जमर्को समेत् गरे ।     बाउन्न सालदेखि रक्तपातपूर्ण संघर्षको नेतृत्व गरेका उनी भारतको खुफिया संजालको सम्पर्कमा रहेको र त्यहीं हतियारको जोहो गरेको बारे धेरैले लेखेका छन् । यो रहस्यको उद्घाटन उनैले गर्लान् भन्ने आशा ईतिहासले गरिरहने छ । नेकपाको नयां छाताले इतिहासको यो अपेक्षालाई ओझेलमा पार्ने छैन भन्ने आशा राख्न अनुचित हुने छैन । उनको क्रान्तिकारी रोमान्सले गर्दा परिवर्तन खोजिरहेका हज्जारौं जनताले ज्यान गुमाउन र दुःख पाउन विवश भए । यसको अर्थ यो कदाचित होईन कि कामरेड प्रचण्ड नेपाली राजनीतिका खलनायक मात्रै हुन् । उनले नेतृत्व गरेको आन्दोलनले अहिलेसम्मका कुनै आन्दोेलन र क्रान्तिका तरंगले नछोएका दुरदराज क्षेत्रका र सबै तहका जनतालाई जागरुक बनाउन सहयोग गर्यो । यो तरंगलाई उसले सदुपयोग गर्न भने सकेनन् । तल्लोतहको विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिनु पर्नेमा दोस्रा वा तेस्रो वरियतातिर पर्ने अन्य अन्तरविरोधहरुलाइ प्रथमिकता राख्ने काम भयो । जुन देशकालागि अहितकर थियो नै प्रचण्डको प्रभाव खुम्चिनुको प्रमुख कारण पनि थियो । जसले सत्ताकांक्षी शासक वर्ग बीचको अन्तरविरोधलाई समन्वयको चरणमा प्रवेश गरायो । फलस्वरुप विपन्न वर्गले परिवर्तनपछि पनि टाउको उठाउन पाउने कुरामा शंदेह थपिदिएको छ ।       समय कति बलवान रहेछ भन्ने कुरा भर्खरै पुराना पार्टीहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु प्रचण्ड र ओली बीच विगतको सम्बन्धलाई हेरे पुग्छ । ओलीको प्रचण्डको शरणगमन भन्दा प्रचण्डको ओली शरणगमन मन कोक्याउने खालको देखिन्छ । युद्धकालका तल्ला योद्धा कामरेडहरु यतिबेलासम्म धेरै पर छुटी सकेका छन् । माओवादी केन्द्र ताका जम्बो संरचनामा थन्क्याईएका सत्ता अनुगामी भ्रूणहरु नयां पार्टीको पोखरीमा जलक्रिडा गर्न नपाउने भएपछि माकुराका भुराहरुले माउलाई घेरेझैं प्रचण्डलाई घेरिरहेका छन् । यो स्थितीमा प्रचण्डले नयां क्रमभंग कस्तो खालको गर्ने हुन् हेर्न धेरै पर्खनु नपर्ला जस्तो देखिन्छ ।                     

टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष