कसरीे बित्यो नेपालमा गणतन्त्रको पहिलो दशक

       

नेपालमा गणतन्त्र ल्याईएको पनि  एकदशक भएछ । त्यसबेला निरंकुश बनेर टाउको उठाउने दाउमा रहेको राजसंस्था विरुद्ध जनता सडकमा ओर्लिएको गौरवशाली समय स्मरण योग्य छ । त्यसबेला सबैको साझा तारोमा राजतन्त्र नै थियो । देशको बर्बादीको अपयशको ठूलो हिस्सा राजतन्त्र कै थाप्लोमा परेको थियो । कारण, त्यो शासक थियो । शासक र शासित बीचको अन्तरविरोधको चरमोत्कर्षको समय थियो त्यो ।


संवैधानिक राजतन्त्रकोबेला विकृतिहरुका भागिदार दलहरुपनि थिए । उनिहरुको ताण्डव पनि माफी दिन लायक थिएन तर अन्तिम राजा ज्ञानेन्द्र शाहका दुस्साहसले तिनीहरु छायांमा परे । राजाबाट पेलिएका हुनाले सडकको अभिव्यक्तिको संवाहक पनि तीनै बने । अनि विदा भयो राजतन्त्र ।

 त्यसपछिका दश वर्ष पनि निरिह नेपाली जनताको रगतको खोलो बगेको छ ।  राजतन्त्र त बरु झण्डै मखमली क्रान्तिबाट नै विस्थापित भएको थियो । राजाको स्थानमा साइनबोर्ड मात्रै फेरिएको छ । दबदबा उस्तै, बेथिती उस्तै, भ्रष्टाचार अझ बढी । सिंहासनमा छांयां राजतंन्त्र अझै जिवितै रह्यो  । राजतन्त्र गए पनि त्यसका प्रेतहरुले तर्साउन छोडेन् । खोई त गणतन्त्रको अनुभूति ?

सत्तामा बस्नेहरु र यो हत्याउन खोज्ने मीनी शासकहरु बीचको तानातान मै बित्यो दश वर्ष । विपन्नताको र सम्पन्नताको मापदण्ड कुनै जात र क्षेत्र हुंदैन । जात भात र क्षेत्रको चासो तीनै भित्रका संभ्रान्तहरुको थियो जो शाशक खेमाभित्र कै दावेदार हुन् । तीनीहरु सत्तामा पुगे भने ती संबद्ध जात, क्षेत्र, समूहहरु स्वतः सम्पन्न वा शासक भैहाल्छन् भन्ने सोच दिवास्वप्न मात्रै हो । यस्तै गंजागोलमा बित्यो दशक ।
तल्लोवर्गका जनताहरु कहां छन् भन्ने हेकाना कसैले पनि व्यवहारमा राखेको देखिएन । गणतन्त्र र संघीयता जस्ता महान उपलब्धि भए भन्नेहरु पनि होलान् । संघीयताले सिंहदरवारको केन्द्रिकृत शोषणतन्त्र गरीब जनताको दौलोसम्म नै विस्तार गर्यो भनेर डराउनु पर्ने जोखिम बढेको छ । किनभने हाम्रा राजनीतिक अनुहारहरु नयां र नचिनेका होईनन् । हाम्रो राष्ट्रिय समस्या भनेको विवेक सम्मत नेतृत्वको अभाव हो । दशक विवेकहीन नेतृत्वको प्रकोपमा परेर बित्यो ।      

टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष