मधेशमा सत्ता परिवतर्नको संकेत

 













संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रधानमंत्री ओलीबीच निकटता बढेपछि ओलीको सरकारमा फोरमको सहभागिता हुने भएको छ । उपेन्द्र यादव र प्रधानमंत्री ओली बीच दुई बुदे सहमति भएपछि यस्तो स्थिती देखिएको हो । यसले मधेश प्रदेशमा फोरम नेतृत्वको सरकार परिवर्तन वा हेरफेर हुनसक्ने देखिएका छन् । उता राजपालाई पनि सरकारमा ल्याउने प्रयासमा प्रधानमंत्री लागेको बताईएको छ । प्राथमिकतामा भने फोरम परेको न्छ । प्रदेशले राम्रोसंग स्वरुप ग्रहण गर्न नपाउंदै यस्तो संकेत देखिनु परिक्षणमा रहेको संघीयताकोलागि शुभ संकेत होईन ।


पूर्वकांग्रेसीहरुको बाहुल्यता रहेको राजपा ओली सरकारमा सहभागी हुने स्थिती नभए राजपाको प्रदेश सरकारबाट बहिरगमन हुनसक्ने पनि देखिंदै छ ।


एमाले र माओवादी केन्द्रको एकिकरण भएर नेकपा बनेपछि प्रदेशमा नेकपा पनि बलियो शक्ति बन्न पुगेको छ । भारतीय प्रधानमंत्री ओलीको जनकपुर भ्रमणकाबेला विवादस्पद अभिव्यक्ति दिएका मुख्यमंत्री मोहम्मद लालबाबु राउतप्रति नेकपाको सरकार असन्तुष्ट रहेको छ । उनको अभिव्यक्तिको प्रदेश सरकारमा रहेका राजपा र फोरम दुबैले बचाउ गरेका थिए । एमाले माओवादी दुवैले बाहिरबाट फोरमको नेतृत्वमा बनेको मधेशवादीहरुको सरकारलाई समर्थन गरेका भए पनि नेकपा भएपछि भने आफ्नो समर्थन फिर्ता लिएको छ । यदि अहिलेको खेलले पूर्णता पायो भने ओली सरकारमा फोरमको सहभागिता र मधेशमा फोरम र नेकपाको संयुक्त सरकार बन्न पनि सक्छ ।   


भेदभावको दुखेसो पोख्ने असल पात्रका रुपमा मोदीको चयन नेपालका मुख्यमंत्रीले गर्नु भने आश्चर्यलाग्दो छ । भारतमा हिन्दुवादीहरुले मुसलमानहरु र भिन्न विचारका मानिसहरुको हत्यासम्म गर्ने गरेको अधिकारवादीहरुले आरोप लगाउने गरेका छन् । 

   

प्रधानमंत्री ओलीले संविधान संशोधन राष्टिय आवश्यकता अनुशार गर्ने वचन दिएपछि फोरम नेकपा सरकारमा शामिल हुन लागेको समाचारहरु बाहिर आएका छन् । संशोधनको साररुप अहिले के छ भन्ने कुरा भने बाहिर आईसकेको छैन । ओलीको यो अभिव्यक्ति नौलो होईन ।


यसभन्दा पहिला पनि फोरम सरकारमा जाने निश्चित भएको समाचार बाहिर नआएका होईनन् । त्यसबेला पनि ओलीले यस्तै भनाई दोहोर्याउने गरेका थिए तर अन्तमा संविधान संशोधनकै कुरा नमिलेपछि फोरम सरकारमा नगएको उपेन्द्रले बताएका थिए । अहिले संविधान संशोधनप्रति उपेन्द्र कसरी विश्वस्त हुन पुगे भन्ने कुरा स्पष्ट छैन । यो परिस्थितीमा मधेशमा ओली र उनको दललाई भने राम्रो अवसर मिल्ने देखिन्छ । 


मधेशमा मधेशवादी दलहरु सरकारमा हुनु अहिलेको आवश्यकता हो । यो कुरा मधेशका जनताको चाहना हो । चुनाव जित्नमात्र जनताको भावनालाई क्यास गर्ने खेलले जनताप्रति इमानदारी गरेको ठहर्दैन भन्ने कुरा राजपा र फोरम दुवैले बुझ्नु जरुरी छ ।          









    


टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष