ढुंगेलको रिहाई, राजनीतिक खोट


तत्कालिन माओवादी नेता, प्रथम संविधानसभाका सांसद तथा सन् १९९८ मा ओखलढुंगाका उज्जन कुमार श्रेष्टको हत्याका दोषी बालकृष्ण ढुंगेललाई गणतन्त्रको अवसर पारेर सरकारले थुनामा रहंदा राम्रो आचरण गरेको भन्दै बांकी कैद मिनाहा गरी रिहा गरेको छ ।
रिहा भएपछि उनले अदालत, मिडिया र मानवाधिकारवादीहरुप्रति गरेको विषवमनले उनको आचरण राम्रो भएको भन्ने सरकारी दावीको खिल्ली उडाएका छ । उनले आफ्नो अपराधप्रति पश्चात्ताप समेत गरेका छैनन् । उनको यो रिहाईले पिडितले न्याय पाउने अधिकारको उल्लंघन गरेको र अख्तियारीको दूरुपयोग गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ । 
सर्वोच्च अदालतबाट प्रमाणित भए अनुशार उनि र उनको समूहले उज्जन श्रेष्टको हत्या गरेको थियो । सन् २००४मा ओखलढुगा जिल्ला अदालतले उनलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो । राजविराज पुनरावेदन अदालतले सन् २००६मा उक्त फैसला उल्टाएर ढुंगेल कै पक्षमा फैसला गरेको थियो । पछि फेरी सन् २०१०मा सर्वोच्चले ओखलढुंगा जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । 
त्यसपछिका दिनहरुमा ढुंगेल राजनीतिक संम्रक्षणमा घुमिरहे । उता प्रशासनले उनलाई फरार रहेको भन्दै आंखा चिम्लिरह्यो । उनले मानिसहरु जम्मा पारेर न्यायधिशका खुट्टा भांच्ने जस्ता अतिव्यक्ति पनि दिंदै हिंडे । अदालतले कांग्रेस माओवादी गठबन्धनताका प्रधानमंत्री बनेका प्रचण्डलाई सात दिनभित्र अदालतका सामु हाजिर गराउन आदेश दिएर पटक पटक ताकेता पनि गरेको थियो ।
स्थानिय चुनावपछि एक्कासी एमाले र माओवादी गठबन्धन बन्ने भएपछि तत्कालिन प्रधानमंत्री देउवाको पालामा अक्टोबर ३१, २०१७ मा ढुंगेललाई गिरफ्तार गरिएको थियो । माओवादी कांग्रेससंगैको गठबन्धनमा रहेको भए यो गिरफ्तारी नहुने कुरा बुझ्न गाह्रो छैन । त्यसबेला देउवाको तारोमा परेका नवराज सिल्वाललाई पक्रन भने प्रहरी सफल भएन । यस परिप्रेक्षमा हेर्ने हो भने कांग्रेसको अहिलेको प्रतिक्रया नौटंकी जस्तो देखिन्छ ।
हालका प्रधानमंत्री ओली पनि ढुगेललाई जेलहाल्न नसकेको भनेर त्यसबेलाका सरकारहरुमाथि चर्को आरोप लगाउथे । माओवादीसंग मिलेपछि दण्डहीनतालाई सघाउ पुर्याउने कार्यमा उनि कारक बनेका छन् । उनले त्यसबेला गरेका प्रतिक्रियाहरु पनि नौटंकी नै थिए भन्न सकिन्छ ।
जनताका आधारभूत कुरालाई पनि आफ्नो राजनीतिक स्वार्थका वेदीमा बलि चढाउने प्रथाबाट मुक्त नहुने हो भने नेताहरुले संवृद्धिका गफ न हांके कै राम्रो हुने छ ।
जनयुद्धकालका व्यक्तिगत रिसईबी र निरिह निशस्त्रहरुमाथि भएका अत्याचारलाई पनि राजनीतिक उन्मुक्ति दिनुपर्ने सोचले महान भनिने जनयुद्ध लुटेरा र हत्याराहरुको बिगबिगी भएको समयका रुपमा परिभाषित हुनेछ ।
 कैयन माओवादीहरु पनि त्यसबेला राज्यपक्षबाट पीडामा परेका छन् । तीनलाई बिर्सेर दोषीलाई मात्र उम्काउने छिद्र खोज्नुले राजनीतिक नियतमा खोट देखाउंछ ।         

टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष