भारतमा मोदीको खस्किंदो जनमत

         भारतीय प्रधानमंत्री नरेन्द्र मोदी आफ्नो दक्षिणपूर्वी एशियाकोे इण्डोनेशियाको भ्रमणमा छन् । जाकार्तामा मोदीले इण्डोप्यासिफिक क्षेत्रमा सैन्य मामिलामा सरसहयोग बारेको पन्द्रबुदे सम्झौतामा हस्ताक्षर गरेका छन् । यसैबेला भारतमा भएका विधानसभा चुनावहरुमा उनको पार्टी भारतीय जनता पार्टीले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
  यही जेठ १४ गते दश स्थानमा  भएको चुनावहरुमा वीजेपीले उत्तराखण्ड राज्यमा एक स्थान मात्र जितेको छ । कांग्रेसले महाराष्ट्र, मेघालय र पंजाबमा एकएक सीट हात पार्न सफल भएको छ । झारखण्डमा झारखण्ड मुक्ति मोर्चाले दुई स्थानमा जितेको छ ।
केरलमा कम्युनिष्ट पार्टी माक्र्सवादी, उत्तरप्रदेशमा समाजवादी पार्टी, बिहारमा आरजेडी र बंगालमा तृणमूल कांग्रेसले एकएक स्थानमा जित हासिल गरेका छन् ।
यसअघि सन् २०१८मा भएका लोकसभा सिटमा भएका उपनिर्वाचनमा पनि वीजेपीले संतोषजनक प्रदर्शन गर्न सकेको छैन । केही समय पहिला कर्नाटक राज्यमा भएको विधानसभा चुनावमा वीजेपीलाई जिताएर राज्यमा सरकार बनाउने रणनीति अन्तरगत लोकसभाबाट राजिनामा दिएर बी एस यदियुरप्पा र श्रीरामुलु विधानसभामा चुनाव लड्न पुगेका थिए । वीजेपी राज्यको सबैभन्दा ठूलो दलको नाताले यदियुरप्पाले मुख्यमंत्रीको शपथ लिए तर छत्तिस घंटा बित्न नपाउंदै राजिनामा दिन वाध्य भएका थिए । समग्र विपक्ष एकजुट भएपछि उनको केही चलेन ।
विगत दुई वर्षमा भएका लोकसभा उपनिर्वाचनलाई हेर्ने हो भने वीजेपीले दुई स्थानमा मात्र जित हासिल गरेको छ भने सातवटामा हार बेहोरेको छ । ती मध्ये मुख्यमंत्री योगी आदित्यनाथको उत्तरप्रदेशको गोरखपुर निर्वाचन क्षेत्रमा र उपमुख्यमंत्रीको क्षेत्र फुुलपुर लोकसभा क्षेत्रमा वीजेपीले पाएको असफलता विशेष चर्चित बनेको ।
यतिबेला वीजेपीका विरुद्ध विपक्षी गठबन्धन बलियो हुंदै गएको देखिंदैछ । एकवर्षपछि हुने आमचुनावमा वीजेपीको प्रदर्शन विपक्षी गठबन्धन भन्दा कमजोर हुनसक्ने विष्लेशण गर्न थालिएको छ ।            


टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष