रुपान्तरित नया शासकहरु र निरिह जनतां

नेता र  जनता बीचको भिन्नता के हो भन्ने वारे गलत बुझाई मानिसहरुमा देखिन्छ । दुवै एउटै भएको भए प्रतिबोधी शब्दको रुपमा प्रयोग हुने थिएनन् । पहिला राणा र राजखलकहरुलाई शासकमात्र होईन शोषक शामन्त भनेर सम्पूर्ण विकृतिहरुको अपयश तीनै र तीनका शंयन्त्रहरुलाई दिने गरिन्थ्यो । तर अब ती दुवै शासक खलकको अवसान सत्ताबाट भै सकेको छ । यी दुईलाई फाल्न सत्ता बाहिरका सबै एकजुट भए । विभिन्न कित्ताका मानिसहरु थोरै धेरै त्यो शासकवृत्तको पार्टपूर्जाहरुका रुपमा रहेका थिए ।  पछि क्रान्तिकारी भ्रान्तिकारी क्षेत्रवादी जाति जनजातिवादी मात्र होईन शोषक जाति भनेर दुत्कारीनेहरु पनि ती प्रणालीहरु फाल्न एकजुट भएर सडकमा आए । त्यहां शासक र शासित बीचको मात्र संघर्ष थियो ।

त्यसपछि को हाम्रो आन्तरिक शत्रु भनेर कित्ता कित्ता विच ठूलै कसरत चल्यो र सबैले अआफ्ना एकदुई थान शत्रु समूहहरुको निर्माण गरे । त्यसैको आधारमा आन्दोलनहरु भए र हुदै छन् । ती आन्दोलनहरुले एउटा नेताहरुको समूह उत्पन्न गर्यो । ती आन्दोलनमा हजारौं तल्लो तहका नेपालीहरुले ज्यानको बाजी लगाएका थिए ।


समाजमा प्रसस्तै अन्तरविरोधहरु थिए । पारम्परिक सत्ताले जर्जर भएको देशमा यो अस्वभाविक थिएन । प्रत्येक नेपालीले राष्टिय हिसावले गर्व साथ जिउन पाउनु पर्ने आवश्यकता थियो । गरिबीबाट उन्मुक्ति पाउनु पर्ने थियो । जाति समूह क्षेत्रका रुपमा समस्याहरुलाई उठान गर्ने गलत दृष्टिकोण अपनाईयो । जसले लक्षित तहलाई जहिले पनि दलनमा पार्ने खतरा देखियो । जाति क्षेत्रका नाममा ती समूहभित्रका पहिलादेिख नै शासकवृत्तको वरपर रहेकाहरुले नै सबै अवसरहरु आफ्नो पोल्टामा पार्ने स्थिती उत्पन्न भएको छ ।


नयां आएको प्रणालीमा ती जातिय क्षेत्रिय लर्डहरु घमाघम प्रमुख वा मीनी शासकका रुपमा स्थापित हुदै गएका छन् । यसैलाई आन्दोलनहरुको उपलब्धिका रुपमा अपव्याख्या गरिंदै छ । मोटाउदै गएको शासक वर्ग सर्वसाधरणमाथि थप बोझ बन्दै गएको छ ।


शासक वर्गमा रुपान्तरित हुदै गएको यो वर्ग अहिलेसम्म आफुलाई महान क्रान्तिकारी, जनताको विशाल आन्दोलनबाट आएको शुद्ध नेताका रुपमा परिभाषित गर्न तल्लिन छ । उ सत्ताको स्वाद आन्दोलनको हुरीको डर देखाएर लिने घृष्टता गरिरहेको छ । 


सत्तामा बस्ने र जनआन्दोलनको धाक बेलाबेला देखाउने प्रवृति अवसरवादी प्रवृति मात्रै हो भनेर बुझ्नुको विकल्प छैन ।


नेपाली नेताहरु आन्दोलनलाई सही निष्कर्षमा पुर्याउन असफल हुंदै आएका छन् । यसैले उनिहरुको चरित्र पनि सम्झौतापरस्त रहेको छ । सत्तामा बसेर जनताको आन्दोलनको छनक दिन खोज्नु तल्लो तहका जनतालाई धोका दिनु हो । यो जोखिमप्रति सबै नेपालीहरु चनाखो रहनु आजको आवश्यकता हो ।               


टिप्पणियाँ

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष