पूर्वोत्तरभारतका नेपालीहरु—५
मध्यकालिन सम्बन्ध (सन् १८१५देखि १९४७)
![]() |
दोस्रो विश्व युद्धमा गोर्खाहरू |
सुगौली सन्धिले गर्दा नेपालको उत्तर बाहेक बांकी तीनतिरको ठुलो भूभाग भारततिर परेपछि त्यहां बसोबास गरिरहेका नेपालीहरु भूमिसंगै भारतीय नेपाली बन्न पुगे । भारतमा आफ्नो सत्ता टिकाउन नेपालीहरुसंग मित्रता कायम गरि उनिहरुको वीरतालाई उपयोग गर्ने नीति अंग्रेजहरुले लिए । नेपालीहरुको बहादुरी र कर्तव्यनिष्ठताको प्रचार चारैतिर फैलियो । यसर्थ भारतका अन्य प्रान्तहरुमा पनि नागरीक प्रशासन, उद्योगहरु र चियाबगानहरुमा नेपालीहरुलाई खोजी खोजी भर्ना गर्नथालियो । कश्मिरको इम्पेरियल सर्विसदेखि लिएर राज्यको नियमित सेनाका तीन कम्पनीमाहरुमा समेत् नेपालीहरुलाई नै भर्ति गर्न थालियो । भारतमा अंग्रेजहरुले नेपाली श्रमिकहरुलाई आकर्षण गरिरहंदा यता नेपालमा भने सरकारले आफ्ना नागरिकहरुलाई अंग्रेजी सेनामा नजान र गएमा कडा दण्ड दिने उर्दी समेत जारी गरेका थिए ।
मलाऊको किल्लामाथि अंग्रेजहरुको जित भएपछि अम्मरसिंह थापालाई आफ्ना अंगरक्षक बाहेक किल्लामा परास्त भई बन्दी भएका गोरखाली सैनिकहरु स्वेच्छाले र कम्पनी सरकारले राख्न चाहेमा जान सक्ने भनी अक्टरलोनीले स्वीकार गर्न लगाएका थिए । अंग्रेजहरुले युद्ध समाप्तीपछि अन्यत्रबाट पनि नेपालीहरुलाई आफुखशी सेनामा भर्ती गर्न थालिसकेका थिए । सन्धिपछि अंग्रेजी साम्राज्यमा गाभिएका नेपाली भूभागका नेपालीहरु र नेपालबाट लुकिछिपी फकाएर ल्याईएका नेपालीहरुलाई लिएर अंगे्रजहरुले आफ्नो उत्तरी फ्रन्टको सेनाको पुनरगठन गरेको देखिन्छ । तर पनि नेपाल सरकारबाट स्वीकृति लिएरै नेपालीहरुलाई भर्र्ति गर्ने प्रयास पनि उनिहरुले जारीराखेका थिए (Asad Husain ,British India's Relation With The Kingdom Of Nepal, Page 240.
वि.सं. १८५९ वैशाख महिनामा कंपनी सरकारका दूत भएर क्याप्टन नक्स नेपाल आए । उनले नेपालको राजनीति र सामाजिक स्थितीको विशद अध्ययन गरे । यतिमात्र होइन नेपालमा चीनको प्रभावको आंकलन समेत् गर्न भ्याए (नेपालको संक्षिप्त वृतान्त, ले. बाब’राम आचार्य प्रकाशक, श्रीकृष्ण आचार्य, पृष्ट २७२) उनले नेपालीहरुलाई कम्पनीको फौजमा भर्ति गर्न आफ्नो सरकार समक्ष प्रस्ताव गरेका थिए । प्रधानमंत्री जंगबहादुरको पालामा अंग्रेजहरुले यस सम्बन्धमा औपचारिक अनुरोध गरे तर उनले नमानेका मात्र होइनन् देशभित्र आन्तरिक रुपले बृटिश सेनामा भर्ति हुन जाने नेपाली नागरिकहरुलाई सर्वस्व हरण गरेर जेल हाल्ने, स्वास्नी पोईल गए जारी नपाउने आदेश समेत जारि गरेका थिए ।
जंगबहादुरको मृत्युपछि रणोद्दीपसंग कर्नेल बर्टलेले पुन यो कुरा उठाए तर विभिन्न कारणहरु देखाऊदै यो प्रस्ताव फेरि अस्वीकार गरियो । यसबाट नेपाली सत्तामा अंगे्रजसंग हारको बदला लिनसकिन्छ कि भन्ने आशा त्यतिबेलासम्म मरिसकेको थिएन कि भन्ने लख काट्न सकिन्छ । यो स्वीकृति पछि वीरसम्शेरको र चन्द्रसम्शेरको पालातिर अंग्रेजले पाए । राणाहरुले यस वापत अंग्र्रेजहरुसंग पैसा पनि लिनेगरेको भनिन्छ । उनिहरुले यो स्वीकृती दिनका पछाडी उनिहरुका अआफ्नै सत्ता स्वार्थहरु रहेका थिए । झलक स’वेदीले आफ्नो पुस्तक “ब्रिटिस साम्राज्यका नेपाली मोहरा”मा उल्लेख गरे अनुशार चन्द्रशमशेरसंग भर्तीको स्वीकृती लिएपछि अंग्रेजी सेनामा सन् १९०८सम्म गोर्खा रेजिमेन्टहरुको संख्या दश पु¥याइएको थियो । प्रत्येक रेजिमेन्टमा दुईवटा बटालियनहरु थिए । सन् १९१४सम्म आईपुग्दा नियमित गोर्खा फौजहरुमा २६ हजार गोर्खाहरु कार्यरत थिए ।
सुगौली सन्धि भएको झण्डै एकवर्षपछि सन् १८१७ को प्रारम्भतिर बर्माका मानहरुले उत्तर असममा प्रवेश गरी भारी लुटपाट मच्चाए र अहोमवंशी चन्द्रकान्तलाई राजा बनाएर छोडे । त्यसको लगतै असमियाहरुले फेरि चन्द्रकान्तलाई हटाई पुरन्दर सिंहलाई असमको राजा बनाए । यो थाहा पाएका रिसाएका मानहरुले पुनः आई चन्द्रकान्तलाई नै राजा बनाएर गए । तर, उनि टिक्न सक्ने अवस्था रहेन र राजगद्दी छोडेर अंग्रेजहरुको शरणमा पुगे । पुरन्दर सिंह पनि भागेर गुवाहाटी आए । यसरी असम बर्माका मानहरुको अधिनमा गयो । मानहरुले जोगेश्वर सिंहलाई नाम मात्रको राजा बनाई बर्मेली मिगीमहा तिलवालाई असमको गवर्नर बनाए । असममा बर्मेलीहरुको प्रभाव अंग्र्जेहरुलाई पाच्य हुने कुरा थिएन । सन् १८२४मा बर्मा विरुद्ध अंग्रेजहरुले युद्ध शुरु गरे । यो युद्धमा अंग्रेजहरुको पक्षमा ठूलो संख्यामा नेपालीहरुले वीरता देखाए । सन् १८२५ जुनसम्ममा अंग्रेजहरुले मानहरुबाट असमलाई मुक्त पारे । मानहरुको आतंकबाट त्रसित असमियाहरुले भने गोर्खाफौजलाई मुक्तिदाताका रुपमा स्वागत गरेका थिए । त्यहांका अविकसित र पछौटे अवस्थामा रहेका जाति जनजातीहरुसंग भने यी फौजहरुले धेरै सघर्ष गर्नु परेको थियो । अंग्रेजी फौजले मान सेनालाई लखेट्दै बर्माको याण्डाबुसम्म पु¥यायो । त्यहींं सन् १८२६ जनवरीमा सन्धी भयो यसरी पूर्वोत्तर भारतको ठूलोे भूभाग अंग्रेजहरुको अधिन भयो ।
क्रमश.....
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.