ट्रम किम वार्ता: कोरियाली प्रायद्विप नयां चरणमा
afa'/fd kf}8\ofn
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच हिजो अर्थात् जुन १२ तारिखका दिन सिंगापूरको सेन्तोसा स्थित क्यापिला होटलमा बहुप्रतिक्षित भेटवार्ता सम्पन्न भएको छ । केही महिना अगाडिसम्म प्राविधिक रुपले एकअर्का विरुद्ध युद्धको स्थितीमा रहेका यी दुई देशबीच यति चांडै यो स्तरको सम्बन्ध शुरुआत हुनु सकारात्मक रहेको धेरैको प्रतिक्रिया छ ।
सम्झौता भएपछि ट्रमले अपेक्षकृत रुपले भन्दा बढी नै खुलेर प्रतितिकृया दिएका छन् । ट्रमले कोरियाली नेता किमको प्रसंशा गर्दै भने — किम बुद्धिमान र देशलाई धेरैमाया गर्ने नेता रहेछन् । उनले कसैले नसोचेको उपलब्धिका रुपमा सम्झौतालाई चित्रण गर्दै अगाडि भने, हामीले राम्रो कामको शुरुआत गरेका छौं र यसलाई हामी छिट्टै काम गरेर देखाउने छौं । थोरै बोलेर रिजर्वमा देखिएका नेता किमले संक्षिप्त प्रतिकृया दिंदै भने — हामीले अब विगतलाई पछाडि छोडेका छौं ।
कट््टर साम्यवादी देश उत्तरकोरियाले परमाणु हातहतियारको विकासले कोरियाली प्रायद्वीपमा मात्र होईन दुनियामाथि नै खतरारहेको बताउने गरिएको थियो । यस्तो विश्वास गर्नेहरुकालागि यो वार्ता ठूलै उपलब्धि रहेको देखिन्छ । दक्षिणकोरियाले आफ्नो औपचारिक प्रतिक्रियामा अब नयां युगको शुरुआत भएको जनाएको छ । जापानले भने अत्यन्तै संयमित प्रतिकृया दिंदै परमाणुकार्यक्रम त्याग्ने कुराको स्वागत गरेको छ । रुसले पनि सम्झौताको स्वागत गरेको छ ।
सम्झौतामा कार्यविधि र समयबारे केही उल्लेख नभएको भन्दै यसको व्यवहारिक पक्षमा शंका पनि गरिएको छ । त्यसमाथि अमेरिकामाथि ईरानसंगको संझौता अचानक रद्द गरेकोले यस संझौतामा पनि उसको प्रतिबद्धतामा कायम रहने नरहनेमा शंका गरिएकोछ ।
दुवैबीच भएको सम्झौताको मुख्य सार भनेको उत्तरकोरियाले आफ्ना सबै खाले परमाणु कार्यक्रमहरु रद्द गर्ने र अमेरिकाले उत्तरकोरियाको सूरक्षाको ग्यारण्टि गर्ने भन्ने नै हो । सनकी तनाशाहका रुपमा प्रचार गरिंदै आएका किमले चालेको यो कूटनीतिक कदमलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।
वार्ता प्रकरण भन्दा केही अगाडिदेखि चीनसंग उत्तरकोरियाली नेताको बाक्लो कुटनीतिक सक्रियताले पनि उत्तरकोरियाली नेतालाई नयां कदमकालागि तयार हुन प्रोत्साहन मिलेको बुझ्न गाहे छैन । उत्तरकोरियामाथि विभिन्नखाले प्रतिबन्धहरु रहंदा रहंदै पनि विगत लामो समयदेखि नै औपचारिक अनौपचारिकरुपमा चीन सहयोगीका रुपमा रहंदै आएको छ ।
यो सम्झौताले संकेत गर्ने महत्वपूर्ण कुरामा उत्तरकोरियाको बन्दढोकाको नीतिमा परिवर्तन आउने, उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आउने भन्ने नै हो । उत्तरकोरिया चीनसंग नजिक र दक्षिणकोरिया अमेरिकासंग अलिक बढी नै नजिक रहिआएको परिप्रेक्षमा यी शक्तिहरुको रवैया कोरियाली प्रायद्वीपको शान्तिकालागि निर्णायक हुनेछ ।
नयां महत्वकांक्षा सहित अगाडि बढिरहेको चीनकालागि त्यसक्षेत्रमा आफ्नो खुल्ला र बलियो सहयोगीको आवश्यक छ भने अमेरिका आफ्नो प्रभावलाई दक्षिणकोरिया मार्फत् अझ बढाउने रणनीतिमा हुने देखिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.