पूर्वोत्तरभारतका नेपालीहरु ११
बाबुराम पौड्याल
Tea Garden of Assam |
सन् १८२० तिर भारतस्थित बृटिस अधिकारीहरुले चिनबाट चियाको खेती भारतमा भित्तयाएका थिए । उनिहरुले त्यहांबाट ल्याइएको चियाको बीऊलाई कलकत्ताको बोटानिकल गर्डेनमा परिक्षण गरेपछि पहिला कुमाऊंतिर रोप्न पठाएका थिए । त्यसपछि मात्र दाजिलिङ क्षेत्रमा र आसामतिर विस्तृत खेती गर्न पठाएका थिए ।
आसाम र दाजिलिङमा व्यवसायिकरुपमा चिया खेतीको संभाव्यता अध्ययन गरेपछि सन् १८५४मा युरोपियन व्यवसायीहरुलाई दार्जिलिङमा चिया खेतीको अनुमति दिइएको थियो । सन् १८७० को दशकसम्ममा असाम र दर्जिलिङतिर तीनसय भन्दा बढी चिया बगानहरु बनाइसकिएका थिए ।
बगानमा काम गर्नका लागी दशहजार नेपाली, सिक्कीमी र भुटानीहरुलाई बगान वरपर बसोबास गराइयो । ती चिया बगानहरु र काठ काट्ने, भवन बनाउने जस्ता कार्यहरुमा काम गर्ने नेपालीहरु को संख्या सन् १८६३ तिर ४००० रहेकोे कुरा पूर्वान्चलमा तैनाथ कमाण्डर ईन चिफले मेजर जर्नेल केदारनरसिह कुंवरलाई लेखेको अप्रकाशित पत्रमा उल्लेख गरिएको छ ।
रिचर्ड ईङलिसले हिमालयन स्टेट फर्मेसन मा लेखे अनुशार १८८१ देखि १९३१ बीचको चालिस वर्षमा ३लाख २७ हजार नेपालीहरु यी बगानहरु रअन्यकाम का लागि भारतका विभिन्न ठांऊहरुमा काम गरिरहेकाम थिए ।
— ज्ञानमणि नेपाललाई उदृत गर्दै २०७३ साल फागुन २८ गतेको कान्तिपुर दैनिकमा अर्जुन पंथीको चिया चर्चा नमक लेख बाट ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.