मालदीपको आन्तरिक द्वन्दमा भारत र चीनको चासो

                                                                                                     

  हिन्दमहासागरमा अवस्थित टापुहरुको देश मालदीप प्राचिन समयमा बौद्ध धर्मावलम्बीहरुको देश थियो । बाह्रोै शताब्दिपछि मात्र त्यहां मुश्लिम सल्तनतको शुरु भएको हो । यो सुन्दर देश र छिमेकी भारतबीच कुटनीतिक सम्बन्धमा विगत केही समयदेखि गतिरोध उत्पन्न भएको छ । विगतमा दक्षिण एशियाका अन्य देशहरु भन्दा भारतसंग विश्वासिलो सम्बन्ध रहेको मानिने मालदीप अब भारतको कट्टर आलोचक बन्न पुगेको छ ।


भारतको एकलौटी प्रभाव रहेका दक्षिण एशियाली देशहरुमध्ये भारतले साढे दुई वर्ष अगाडि नेपालमाथी नाकाबन्दी लगाएर नेपाललाई चीनको शरणमा जानुपर्ने वाध्यात्मक स्थिती उत्पन्न भएपछि नेपालमा चीनको प्रभाव दु्रतगतिमा बढ्दै गएको देखिंदै छ । नेपालपछि भारतको प्रभावबाट बाहिर निस्कन खोज्ने देश मालदीप भएको छ ।


मालदीप अत्यावश्यकिय सामाग्रीकालागि भारतमाथि नै निर्भर रहंदै खाएको छ । सन् १९८८मा त्यहां सशस्त्र समूहहरुले आक्रमण गरेपछि भारतीय सेना केही घण्टामा पुगेपछि आक्रमणकारीहरु भागेका थिए । यसरी भारतले मालदीपलाई अनिष्ट हुनबाट जोगाएको थियो ।
यतिबेलाको गतिरोधको पछाडि आन्तरिक द्वन्द नै रहेको देखिन्छ । सन् २०१५मा भारतीय प्रधानमंत्री नरेन्द्रमोदीको मालदीप भ्रमणको कार्यक्रम तय भएको थियो । त्यतिबेलै पूर्वराष्ट्रपती नासीरलाई गिरफ्तार गरिएपछि भ्रमण रद्द गरिएको थियो । अर्कोवर्ष राष्ट्रपति यमिन भारतको भ्रमणमा आए तर पनि संबन्ध सुधारको कुनै संकेत देखापरेन ।

 राष्ट्रपति अब्दुल्लाह यमिनले गत फेब्रुवरीमा प्रतिपक्षी राजनीतिक नेताहरुमाथि लगाईएको आतंकवादलगायतका आरोपहरुमा अदालतले सफाई दिएपछि अदालतका प्रमुख अब्दुल्ला सईद र प्रतिपक्षी नेताहरुलाई बन्दी बनाएर संकटकालको घोषणा गरेका थिए । भारतले यो कदमको विरोध गरेपछि तिक्तता झनै बढेर गयो ।


भारतले प्रतिपक्षीहरुलाई समर्थन गरेपछि राष्ट्रपति यमिनले आफ्नो सत्ता निष्कण्टक बनाउन यस्तो कदम चालेका थिए । आफ्नो प्रभावलाई दुनियामा विस्तार गर्ने महत्वकांक्षा लिएको चीनको प्रभाव पनि त्यहां बढिरहेको छ । अघिल्लो वर्ष मालदीपले चीनसंग सम्झौता गरेर औपचारिक रुपमा ओबीओआरमा सामेल भएको छ । यमिनले भारतसंग टाढिने हिम्मत गरेको चीनकै कारणले हो भन्ने भारतको बुभाई रहेको छ ।
तनावकोस्तर यती धेरै तल झरेको छ कि भारतीय कामदारहरुलाई रोजगारीमा राख्न छोडिएको छ । भारतले उपहारमा दिएका हेलीकोप्टरहरु पनि फिर्ता लैजान भनिएको छ भने तिनका भारतिय चालकहरुको राहदानी समेत रद्द गरिएको छ । आगामी सेप्टेम्बरमा चुनाव हुने भनिएपनि नासीरले चुनावमा भगलिन नपाउने भएका छन् । यमिनले सत्तामा आफ्नो पकड राख्ने तयारी गरिरहेको बुझिंदै छ । यसरी आन्तरिक द्वन्दमा बाहिरिया शक्तीको मालदीपमा तनातान बढ्ने देखिन्छ ।  
  



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष