पूर्वोत्तरभारतका नेपालीहरु— १

                                                                                                                 बाबुराम पौड्याल

 पूर्वोत्तर भारत प्रकृतिक रुपले मनोरम छ । यहांको जंगलले ढाकिएको पहाडी  तथा समथर उपजाऊ भूमिमा खनीजतेल र कोइलाको पनि प्राचुर्यता छ । तिब्बतको मानसरोवरबाट हिमालयको उत्तरी काखभएर पूर्वतिर बग्दै आसामतिर मोडिने विशाल ब्रम्हपूत्र नदी अनि त्यसका कैयन शाखा नदीहरुले यो भूमिलाई हराभरा र कृषियोग्य बनाएका छन् । यो क्षेत्र जति सुन्दर देखिन्छ उति नै प्रकृतिक, सामाजिक सांस्कृतिक अन्य धेरै दृष्टिले विविधतायुक्त रहेको छ । यसका यिनै विशेषताहरुले गर्दा पनि लगभग सत्रौंं शताब्दितिरबाट अरु जाति र समूूदायहरु सरह नेपालीहरुको पनि यस क्षेत्रमा स्थाईरुपले बस्ने तर्फ आकषर्ण बढेको देखिन्छ । शुरुका दिनहरुमा घना जंगलले ढाकिएको भएपनि यहां अन्य विकासका प्रचूर संभावनाहरु विद्यमान छन् ।

शुरुका दिनमा यो सम्पूर्ण क्षेत्र एउटै प्रान्त थियो तर अस्सीको दशकतिर आईपुग्दा यो प्रान्त जाति र क्षेत्रका नाममा टुक्रिएर हालं आसाम, मेघालय,नगालैण्ड, अरुणाचलप्रदेश,मिजोरम, त्रिपुरा र मणिपूर गरी सातवटा भारतीय राज्यहरुमा विभाजित भैसकेको छ । त्यसैेले यो क्ष्ोत्रलाई “ल्याण्ड अफ सेभेन सिस्टर्स” पनि भनिन्छ । रैथाने आदिवासी र जनजातीहरुको बाहुल्यता रहेको यो क्षेत्र विकासको दृष्टिले पछाडि परेको हुनाले भारत स्वतन्त्र भएदेखि नै जनअसन्तोषको लामो सिलसिला रहंदै आएको छ । सन् १९४८देखि शुरु भएको नागा विद्रोह र सन् १९८० तिरबाट चलेको उल्फा आन्दोलन जस्ता पृथकतावादी आन्दोलन र त्यसपछिका बडो, कुकी, कामतापुरी आन्दोलन जस्ता जातिय पहिचानवादी आन्दोलनहरु अझै पनि यहां विभिन्न रुपमा अस्तित्वमा छन् ।

                                      Brahmaputra river, Majuli

नेपाली भाषिहरुको पनि संख्यात्मक हिसाबले यहां उल्लेख्य उपस्थिती रहंदै आएको छ । सन् १९७६ देखि आसाममा चलेको विदेशी निकाल्ने आन्दोलनबाट शुरु भएको अप्ठयरो स्थिती पछी लगभग समग्र क्षेत्रमा फैलियो । त्यसपछिका दिनहरुमा यतातिर विशेषगरि प्रवासी नेपालीहरुको आवतजावतमा क्रमशः कमि आएको देखिन्छ । यसो हुनुमा नेपालीहरुमा रोजगारीकालगि खाडीका देशतिर जाने बढ्दो प्रवृती र सुखद भविष्यकालागि पश्चिमी मुलुकतिर जाने प्रवृती पनि कारक रहेको मान्न सकिन्छ । नेपाल, भूटान र बांगलादेश जस्ता तीनवटा देशहरुका बीच पश्चिमबंगाल प्रान्तको सांघुरो भारतीय भूभागले पूर्वोत्तर भारतलाई जोडेको छ । चीन जस्तो प्रतिद्वन्दी देशको सिमाना पनि नजिकै रहेको हुनाले यो सांघुरो भागलाई भारतीय सुरक्षा भाषामा ‘चिकेन नेक’ को नाम दिइएको छ र यसलाई उच्च संवेदनशील क्षेत्र मान्ने गरिएको छ ।


टिप्पणियाँ

  1. there are thousands of Nepali people has been living in North-east India since before the British India. they done good contribution in the development of Region.

    जवाब देंहटाएं

एक टिप्पणी भेजें

Thank you.

इस ब्लॉग से लोकप्रिय पोस्ट

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

भारत—पाक तनाव ः भारतीय मुख्य धारा की मिडिया का छिछोरापन

भारत पाकिस्तान टकराव पर सवाल क्यों उठ रहे हैं ?