पूर्वोत्तरभारतका नेपालीहरु—३ बाबुराम पौड्याल
प्राचिन सम्बन्धः
कामाख्या मन्दिर |
द्वापरयुगमा राजा वाणासुरले राज्य गरेको शोणीतपुर अचेल तेजपुरका नामले पनि चिनिन्छ । कामरुपका नामले पुराणमा वर्णित यस क्षेत्रको नेपालसंग सम्बन्ध रहेको देखिन्छ । प्राचिन कामरुपको राजधानी प्रागज्योतिषपुर नै आधुनिक गुवाहाटी शहर भएको कुरा इतिहासमा पाईन्छ । यो शहर त्यसबेला विद्याको केन्द्र थियो ।
पुराणहरुमा मिथिलाको राजधानी जनकपुरका भएको उल्लेख पाईन्छ । मिथलाका राजालाई जनक भन्ने चलन थियो । शिरध्वज नामका जनकले बराह क्षेत्रको त्यसबेला कौशिकी भनिने कोशी नदी किनारबाट एउटा बालकलाई ल्याएर पालेको भन्ने उल्लेख पाईन्छ । संभवतः यो किरात क्षेत्र भएको हुंदा त्यो बालक किरात नै हुनसक्ने अनुमान गर्न सकिन्छ । गैर आर्यहरुलाई पुराणहरुमा असुर भनिएको हुंदा र उक्त बालकको नाम पनि नरकासुर राखिनुले यो कुरालाई पुष्टि गर्छ ।
![]() |
परशुराम कुण्ड |
हिमालयतिर बस्ने महादेवले आफ्नी पत्नी सतीदेवीको शव लिएर कामरुप पुग्दा अंगपतन भएर कामाक्ष शक्तिपीठको उत्पती भएको स्कन्दपुराणमा उल्लेख छ । नेपालमा पशुपतिनाथको मंदिर नजिक रहेको गुह्येश्रीको उत्पती पनि यसै गरी भएको भनिएकोले पनि नेपाल र कामरुपबीच प्रचिनकालमा सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । छैटांै शताब्दिमा कामरुप राज्यको पश्चिमी सिमाना कोशी नदीसम्म पैलिएको भन्ने पनि इतिहासमा उल्लेख गरिएको पाईन्छ (A History of Assam, By Kanaklal Baruwah )।
ई.५२२ तिर कामरुपका तांन्त्रिक गुरु मच्छिन्द्रनाथलाई नेपालमा ूठलो खडेरी परेपछि लिच्छवी राजा नरेन्द्रदेवले साधुको वेशमा आफै कामरुप गई उपत्यकामा लिएर आएका थिए । उनले आफ्नो तन्त्र साधनाद्वारा वर्षा गराएर नेपाल उपत्यकावासीको कल्याण गरेका थिए । मच्छिन्द्रनाथलाई बौद्धधर्मावलम्बिहरु पनि अवलोकितेश्वरका रुपमा पुजा गर्ने गर्दछन् । बौद्ध धर्ममा तन्त्रको प्रभाव गुरु पद्मसंभवपछि परेको मान्ने गरिन्छ । संभवत त्यसबेला मच्छिन्द्रनाथ शाक्तपंथका तान्त्रिक थिए कि जस्तो देखिन्छ । जुन नाथसम्प्रदायरुपमा पनि पछि चिनिन आएको हो । नेपाल उपत्यकामा उनलाई त्यसपछि सहकालका देवताको रुपमा आदर गर्न थालियो । (असमीया नेपाली समाज
Ruins of Dimasa kachhari kings palace, Dimapur
आरु सांस्कृतिक रुपरेखा, लेंखक श्री मनबहाद’र छेत्री, प्रकाशक डा नगेन शईकिया असम साहित्य सभा सन् १९८३)
त्यस समयमा कामरुपको तन्त्रविद्याको ठूलो ख्याति रहेको थियो मीननाथ,मच्छिन्द्रनाथ जस्ता तन्त्रगुरु कामरुपकै थिए र उनिहरुको यहां ख्याति थियो । भनिन्छ उनको नेपाल आगमनले कालन्तरमा तन्त्रगामी शाक्तपंथ र बुद्ध धर्मको महायानको एउटा सम्प्रदाय बज्रयानले फैलिने आधार पायो । नेपाल पनि तन्त्रसाधनाको केन्द्रका रुपमा परिचित भयो । आठौ शताब्दीमा बौद्धधर्मको यस तांन्त्रिक सम्प्रदाय बज्रयानका गुरु रेम्पोछे भनिने पद्मसंभवले नेपालको फर्पिङमा साधना गरेका थिए । खोटाङको अचेल हलेसी महादेवको गूफा भनेर मानिएको स्थलमा पद्मसंभवले साधना गरेको विश्वास गरिन्छ । यस स्थानलाई बौद्ध र सनातन धर्म दूवैका अनूयायीहरुले पूण्यस्थलका रुपमा मान्दछन् ।
पद्मसंभव आसामको हाजो भन्ने स्थानमा पुगेको भन्ने मत पनि छ । त्यस स्थानमा हाल हयग्रीव माधवको प्रसिद्ध मन्दिर छ । उक्त मन्दिर सन् १५८१ मा त्यहांका राजा रघुदेवले बनाउन भन्दा अगाडी त्यस स्थलमा बौद्ध चैत्य रहेको भन्ने भनाई रहेको छ । कतिपय इतिहासकारहरु पालवंशी राजाले छैटौं शताब्दि तिरै त्यहा मन्दीर बनाईएको उल्लेख गरेको पाईन्छ । तिब्बतका राजाले पद्मसंभवको ख्याति सुनेको हूंदा उनलाई तिब्बतमा बोलाएपछि उनि नेपालको बाटो हुंदै सन् ७४९ मा तिब्बत पुगेका थिए । त्यहां उनि छ वर्षसम्म धर्म प्रचार गरे भन्ने वर्णन पाईन्छ । तिब्बतमा उनलाई रिम्पोछेका नामले सम्मान गरिन्छ । बज्रयान हिमालय वरपर तिब्बत,नेपाल,भूटान र उत्तरी भारतमा लोकप्रिय छ ।
![]() |
कुचबिहार दरबार |
एघारौ शताब्दितिरका कतिपय पुराना बज्रयान अथवा तांत्रिक हस्तलिखित ग्रन्थहरु न्ोपालमा पाईएको छ । गोरखनाथले रचना गरिएको भनिएको सिद्धिहरुको पुस्तक पनि भेटाइएको छ । पंडित गोस्वामीले शुभांकरकविको हस्तलिखित ग्रन्थ “हस्तमुक्तावली” को खोजी गरेका छन् । यो ग्रन्थको संस्कृतबाट पहिले नै असमिया अनुवाद पनि भेटिएको छ । त्यस मध्ये संस्कृत प्रतिं हरिप्रसाद शास्त्रीले नेपालको दरवार पुस्तकालयमा भटे भने असमिया चाहीं तत्कालिन मिथलाको दरभंगामा भेटिएको हो (Studies in the Early history of Assam, Editor-Maheswar Neog, Assam sahitya sabha.) ।
प्राचिनकालमा कामरुप भनिने अहिलेको पूर्वोत्तर भारतसंग वर्तमानको नेपाल भूखण्डबाट प्राचिनकालदेखि नै मानिसहरुको एकअर्का ठांऊमा आवजावत र बसोवास रहिआएको पुष्टि हुन्छ । इतिहासकार डिल्लीरमण रेग्मी Modern Nepalमा लेख्छन्, अरु जातिहरु सरह कोचबिहार हुदै नेपालीहरु पनि कामरुप पसे । आसामका इतिहासकार कनकलाल बरुवाले आफ्नो कृति MyReminisence मा उल्लेख गरे अनुशार प्राचिनकालदेखिनै आसामको स्थानिय समाजमा बाहिरबाट आउने आप्रवासीहरुको घुलमिल हुने प्रकृया तीव्र रहंदै आएको छ । यहि प्रकृयाबाट असमिया हिन्दु समाज बनेको हो । यो समाज, विषेश गरेर आगन्तु’क गौडिय, उत्कल, द्रावीडी, कामरुपी, मैथिली, कन्नौजी, मारवाडी र नेपाली ब्राम्हणहरुको सम्मिश्रणबाट बनेको वा बनिरहेको छ ।
करिब ७२० ईस्वीतिर नेपाल खाल्डोमा राज गर्ने लिच्छवी राजा जयदेव द्वितियले कामरुपका राजा हर्षदेवकी छोरी राज्यमतिसंग विवाह गरेका थिए । कोच राजा विश्वसिंहले पनि नेपालका राजा रत्नमल्ल (ई.१४८२—१५२०)की छोरी रत्नकांन्तीसंग र काठमाण्डौका अर्का राजा प्रतापमल्ल(ई.१६४१—१६७४)ले पनि कोचविहारकी राजकुमारीहरु रुपमति र अनन्तप्रियासंग विवाह गरेका थिए । यसरी भएका वैवाहिक लगायतका अरु धेरैे सम्बन्धका कारणले नेपाल र भारतको पूर्वोत्तर क्षेत्रबीच परापूर्वकालदेखि नै नागरीकस्तरको घनिष्टता र आवतजावत रहेको प्रष्टिन्छ ।
नेपालीहरु मुलतः हिन्दु धर्मावलम्बी भएकोले असमको उपल्लो क्षेत्रमा पर्ने परशुराम कुण्ड, महाभारतकालिन हिडीम्बासुरको राजधानी रहेको डिमापुर जुन पछि कुनै समय डिमासा कछारी वा बडो राजाहरुको पनि राजधानी रहेको लागेको छ । हुनसक्छ बडोहरु नै महाभारतकालिन हिडिम्बासुरका वंशज हुन् । गुवाहाटीको कामाक्षा देवीको मन्दिर, ब्रम्हपुत्रनदीको बीचमा रहेको उमानन्द, बशिष्ठ ऋषिको आश्रम र हाजोको हायग्रीव माधवको मन्दिर जस्ता धार्मिक स्थलहरुका कारण पनि नेपालीहरुकालागि सांस्कृतिक रुपले पनि यसक्षेत्रतिर अपनत्व स्थापित हुन गएको देखिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.